धर्म, अर्थ, काम र मोक्ष नै मानिसका चार लक्ष्य प्राप्ति हुन् । हाम्रो शास्त्रले यी लक्ष्य कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा बताएको छ । यी चार लक्ष्य प्राप्त गर्न शरीर, मन र बुद्घि अनुकुल हुनुपर्दछ । अर्थात शरीर स्वस्थ भएमा मन स्थिर हुन्छ र बुद्घि निर्मल हुन्छ र यिनीहरू प्राप्त गर्न सकिन्छ
प्रथम वास्तुविद्का सम्बन्धमा दक्षिण भारतको लोक प्रचलित समरांगण सूत्रधारमा एउटा कथा लेखिएको छ । जुन कथा पढेपछि प्रथम वास्तु विदको पत्ता लाग्दछ । कथा यस्तो छः ब्रह्माले सृष्टि गरिसकेपछि संसार बनाउने सम्पूर्ण जिम्मा महाराज पृथुलाई दिनु भयो । तर, राजा भएकै कारणले पृथुलाई यो काम गा¥हो भयो । उनले आफ्नो समस्या पितामहसँग राखे । उता वसुन्धरा (पृथ्वी) पनि ब्रह्माकोमा पुगिन् । दुवैको कुरा सुनेपछि ब्रह्माले विश्वकर्मालाई बोलाएर संसार बनाउने जिम्मा दिनुभयो ।
यसभन्दा अगाडि नै विश्वकर्माले देवपुरीको निर्माण गरिसकेका थिए । संसार निर्माण गर्नका लागि उनले वास्तुशास्त्रको सिद्घान्त बनाए । जस अन्तर्गत वास्तु विदलाई सामुन्द्रिक, गणित, ज्योतिष र छन्दको ज्ञान अनिवार्य हुनुपर्दछ भने विश्वकर्माले । विश्वकर्माले बनाएकै वास्तु शास्त्रअनुसार संसारको सृष्टि भयो । यही कारणले गर्दा विश्वकर्मा प्रथम वास्तुविद भएका हुन् ।
वास्तुकला र भवन निर्माण
त्यसो त मय पनि वास्तुविद् हुन् । उनकै सिद्घान्तअनुसार भारतका कतिपय प्रान्तहरूमा भवन निर्माण भएका छन् । मय र विश्वकर्मा दुवै वास्तुविद हुन् । विश्वकर्मालाई देव–वास्तु प्रवर्तक भनेर मानिन्छ । त्यसैगरी, मय असुर–वास्तु प्रवर्तकका
रूपमा जगत प्रसिद्घ छन् ।
तर, समय परिवर्तन हुदैँ जाँदा देव र असुर अर्थात् दुवै वास्तु सिद्घान्तलाई समीश्रण गरेर भवनहरू बन्ने गरेका पनि छन् । वास्तु शास्त्र अपरम्पार छ । वास्तु शास्त्र ग्रन्थलगायत वैदिक साहित्य, रामायण, महाभारत, अष्टाध्यायी, अर्थशास्त्र, जैन तथा बौद्घ ग्रन्थ, आगंम, तन्त्र, पुराण एवं बृह, संहिता आदि ग्रन्थहरूमा वास्तु– विषयक सामग्रीहरू लेखिएका छन् ।
वास्तुशास्त्रमा दुई परम्परा धेरै लोकप्रिय छः
क) उत्तरी वास्तु परम्परा – यस परम्पराको मुख्य वास्तुशास्त्रीय ग्रन्थ सुत्रधार मण्डन, विश्वकर्मा प्रकाश, समरांगण सूत्रधार, वास्तुरत्नावली आदि हुन् ।
ख) दक्षिणी वास्तु परम्परा–यस परम्पराको मुख्य वास्तु शास्त्रीय ग्रन्थ विश्वकर्मीय शिल्प, मय मत, मानसार, काश्यप शिल्प, अत्रस्त्य, सकलाधिकार, शिल्प संग्रह, शिल्परत्न, चित्र लक्ष्ण आदि हुन् । अन्य परिवर्तित समय र आवश्यकता अनुसार वास्तुशास्त्र, माथि धेरै ग्रन्थहरू लेखिएका छन् । वास्तु विषयक यस विशाल साहित्य भण्डार धेरै समृद्घ छ ।
प्रसिद्घ इन्जिनियर शंकरनाथ रिमालका अनुसार वास्तुशास्त्रको व्यापकता एवं महत्व गहन छ । धर्म, अर्थ, काम र मोक्ष नै मानिसका चार लक्ष्य प्राप्ति हुन् । हाम्रो शास्त्रले यी लक्ष्य कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा बताएको छ । यी चार लक्ष्य प्राप्त गर्न शरीर, मन र बुद्घि अनुकुल हुनुपर्दछ । अर्थात्, शरीर स्वस्थ भएमा मन स्थिर हुन्छ र बुद्घि निर्मल हुन्छ र यिनीहरू प्राप्त गर्न सकिन्छ । वास्तु सिद्घान्तलाई स्विकारेर निर्माण गरिएका भवनहरू वास्तु दोषबाट मुक्त हुन्छन् । वास्तुदोषबाट मुक्त भवन भित्र बस्दा सुख–शान्ति र समृद्घि प्राप्त हुन्छ । अतः हामीले वास्तु सिद्घान्तको महत्वलाई ध्यान दिन सक्यौँ भने धेरै फलिफाप हुन्छ ।
वास्तु शास्त्र के हो त ? तर वास्तुकलाको छुट्टै महत्व हुन्छ । त्यसको व्यापकता अपार छ । त्यसको चर्चा अर्को लेखमा गरिने छ । अहिलेलाई वास्तुशास्त्र बारे केही जानकारी राखौँ ।
वास्तु शब्द “वस्तु” शब्दबाट बनेको हो । वस्तुको उत्पतिको अर्थ हुन्छ ‘जे छ या जसको सत्ता हो’ त्यही वस्तु हो । वस्तुसँग सम्बन्धित शास्त्र नै वास्तु शास्त्र हो । वस्तु शब्दले पृथ्वी, भवन, वाहन र पंलग यी चार वस्तुको बोध हुन्छ । वास्तुशास्त्र अन्तर्गत सम्पूर्ण देश र नगर निर्माण योजना देखि लियर स–साना भवन र त्यस भित्र राखिने फर्निचर र वाहन निर्माणसम्म पर्दछ । सामान्यतः यसको मुख्य सम्बन्ध भवन निर्माण कलासँग हुन्छ । (स्रोतः वास्तुकला र भवन निमार्ण पुस्तक)
तर, कैयौँ मानिसलाई वास्तु शास्त्रसम्बन्धी ज्ञान छैन । वास्तु शास्त्रलाई आधार मानेर घर बनाउनुपर्छ भनेर स्वीकृत दिने संस्थाले पनि बताउँदैनन । आफ्नै सुर र धुनबाट सहर र गाउँमा छयापछयाप्ती घरहरू बनाइरहेका छन् । वास्तुशास्त्रको नाम उनीहरूले सुनेका पनि छैनन् । वास्तु शास्त्रबाट घर निर्माण गर्दा हुने फाइदाहरू पनि उनीहरूलाई ज्ञान छैन । अतः यस सम्बन्धमा आम मानिसका लागि सम्बन्धित निकायबाट वास्तुशास्त्र चेतना मुलक कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ ।
नगरपालिका, वडा कार्यालयहरूले यस सम्बन्धमा महत्वपूर्ण भूमिका निभाउन सक्छन् । हामी मानसिक शान्ति चाहन्छौँ । स्वस्थ रहन खोज्दछौँ । समृद्घि प्राप्ती हाम्रो चाहना हो । के थाहा भवन निर्माण क्रममा वास्तु शास्त्रको सिद्घान्त विपरित गएर वास्तु दोषको सिकार भएर मनमा अशान्ति छाउने गरेको हो कि ? वास्तु दोष कै कारण हामी प्रायः अस्वस्थ र समृद्घि नभएकै हो कि ? अतः यस सम्बन्धमा कसरी वास्तुदोषबाट मुक्त हुन सकिन्छ वास्तुविदहरूसँग परामर्श लिनुपर्दछ ।
प्रतिक्रिया