१.उनीसँगको पहिलो भेटले मलाई जिउडालमा खुम्च्यायो । मलाई छोटो शारीरिक बनोट भएको मान्छे म मात्र होइन रहेछु भनेर चित्त बुझाउन सजिलो भयो । उनको शालीन व्यक्तित्व चिन्न मैले अरू धेरै भेटहरू पर्खनुप¥यो र भेटको क्रम चल्दै जाँदा परिचय पनि फराकिलो हुँदै आयो, अहिले अरू केही बढी चिनारी प्राप्त भएजस्तो लाग्छ ।
२. एकदिनको कुरा हो । उनी मुख्य अतिथि भएको साहित्यिक कार्यक्रममा म पनि परेँ । उनी मञ्चमा आसीन भएको देखेपछि बल्ल मलाई उनी त सानो शरीरका ठूला मान्छे रहेछन् भन्ने लाग्यो । उनीप्रतिको मेरो भ्रम अलिकति घट्यो, केही खुल्दुली थपियो, थोरै भए पनि श्रद्धा पलायो र कार्यक्रम आफ्नै सुरले अघि बढ्यो । वक्ताले वक्तव्य दिँदै गए । श्रोता उपस्थिति राम्रै थियो । अन्त्यमा मैले व्यक्तित्व नापेका मान्छे बोले । श्रोतादीर्घमा बसेका धेरै मुखबाट कार्यक्रमको निष्कर्ष पनि तिनै अन्त्यमा बोल्ने मान्छे हुन् भनी उनैलाई किटे । उनकै अभिव्यक्ति सारपूर्ण रहेको तर्क बलियो सावित भयो । म पनि प्रभावित, श्रद्धाको टुसै निक्ल्यो र कार्यक्रमहरूमा सहभागी हुने मेरो प्रयास पनि अलिक बढ्न थाल्यो । ती मान्छेका कुरा सुन्ने र व्यवहार थाहा पाउने सिलसिला पनि बाक्लियो । मेरो घैँटामा घाम छिरे, ‘मान्छे ठूलो वा सानो हुने शरीरले त हँुदै होइन नि, विचार, विद्वत्ता, सत्कर्म पो ठूलो सानो ।’ यति कुरामा म छर्लंग भएँ ।
३. मैले आफैँभित्र घोत्लिने प्रयास गरेँ, म त्रिविमा स्नातकोत्तर पढ्दा सुनेका गुरुहरूका सारपूर्ण वाणीहरूसम्म पुगेँ । ‘महाकवि देवकोटाले देवकोटा हुन खुर्सानीको माला लगाउनु परेको थिएन, न पारिजात आफ्नो नामको विज्ञापन छपाएर पारिजात भएकी हुन् । दुनियाँलाई छहारी दिने पीपललाई उर्बरा माटो प्राप्त नभएर ढुंगाको काप र रुखको चोक छेडेर निस्कनुपरे पनि शीतलता दिएरै छाड्छ । देवकोटा र पारिजातले पनि जीवनमा खेपेका विषम् परिस्थितिबाट विचलित नभई देश र जनतालाई केही दिइरहने चेष्टा गरे, सफलताका सिँढी उक्ले तर लिने चेष्टा र पाउने आशामा अल्झेनन्, जीवनलाई विलासका निम्ति प्रयोग गरेनन् । आपूm बाँच्नका लागि अरूलाई जोतेनन् । बचाउनका लागि जोतिए । त्यसैले, भौतिक शरीर नेपाली धरतीलाई जिम्मा लगाएर पनि बाँचिरहेका छन् । नेपाली हृदयमा श्रद्घाभरी स्थान पाइरहेका छन् । वास्तवमा मान्छे,मान्छे त रूप, रूपसज्जाले नभई कर्मले ठूलो हँुदोरहेछ, ‘कर्मको फल मान्छे भोको मर्दैन’ त्यसै भनिएको होइन रहेछ है ! उनी पनि यस्तै उच्च पंक्तिमा पुगेका मान्छे रहेछन् ।
४.मान्छेले आफ्नो प्रकृति र प्रकृतिअनुसार कर्म गरेर कर्मअनुसार स्थान पाउँदोरहेछ । ‘कर्म गर फलको आशा नगर’ अवैज्ञानिक भनाइ होइन रहेछ । सामाजिक कार्य मोलतोलमा गरिँदैन रहेछ । मैले सुन्ने गरेको ‘ए ! फलाना उसले त मेराबारे धेरै कुरा लेखिदियो, तँ पनि लेखिदे न, बरु म आपैmँ सामग्री जुुटाउने र छपाउने चाँजो मिलाउला’ जस्तो अनुनय त आपैmँ मपाईं भन्ने भनाउने चाल मात्र रहेछ । यस्तो चर्चाले क्षणिक आनन्द देला, दीर्घजीवी भई मन छुनु र जनहृदयमा अडिन त उनीजस्तै सरलतामा गाँठी कुरा अटाउन सक्नुपर्ने रहेछ । कस्तुरीले म यहाँ छु भनेर सूचना कसलाई दिएनछ र ! लालीगुराँसले आफ्नो परिचय आफँै बताएको समाचार सुनिएको छैन र कागकै गँुडमा बचेरा कोरले पनि कर्णप्रिय स्वर सुसेल्ने कोइलीको अनिकाल परेको छैन । शिलापत्र र ताम्रपत्रका कति नाम मेटिए, तर दिव्योपदेश, रामायण, मुनामदन, आमाको सपना, घुम्ने मेचमाथि अन्धो मान्छे, अनिदो पहाडमा लेखिएका नामले झन्–झन् गाढा रूप लिएका छन् । गाढिँदै छन् । यसैबाट व्यक्तिको चर्चा होइन स्थायित्व पाउन सक्षम कामको चर्चा हुने तथ्य खुल्छ ।
५.व्यक्तिको परिचय नामले दिन्छ, व्यक्तित्व परिचय व्यवहारले बताउँछ, व्यवहार कर्मले सिकाउँछ । यही प्रक्रियामा अडिएर नियालिँदा मान्छे हो कि रूपसज्जामा हुर्किएको ‘अहम्’ भन्ने पर्दा खुल्छ र व्यवहारिक परिचय आपैmँ बोल्छ पनि । यसरी बोल्ने परिचयमा सरलता, शालीनता, गतिशीलता, समानताजस्ता मानवीय गुणकै गहना चट्ट मिलाएर लगाउन जान्ने मान्छे अनुशरण योग्य हँुदा रहेछन् । थोरै बोल, मीठो बोल, काम लाग्ने बोली बोल, मुस्कानसित बोलजस्ता व्यवहारिक आदर्श–पुञ्ज हुँदा रहेछन् भन्ने ज्ञान मलाई तिनै सानो शरीरका असल मान्छेबाट प्राप्त भयो । गतिशील विचारका धनी ती मान्छे बोलेजस्तो गर्ने र गरे जस्तो बोल्ने स्वभावका रहेछन् । सस्तो बोली उनीसँग रहेनछ ।
६.उनी त प्रकृतिजस्तै स्वच्छ हृदयका परिवर्तनकामी कर्मशील प्रतिभा रहेछन् । सानाठूला गरी झन्डै ६० वटा पुस्तकका रचनाकार रहेछन् उनी । जीवन नै कर्म हो, कर्म नै जीवन हो भन्ने संघर्षको पर्याय जीवन हो भन्ने जीवनदर्शन पारखी व्यक्तिका रूपमा परिचित रहेछन् । कर्मले नै जीवनमर्म बुझाउँछ । मर्मले धर्म र धर्मले मानवीय संवेदना बिउँझाउँछ भन्ने निक्र्यौलमा पुगेका कर्मयोगी व्यक्ति रहेछन् उनी । हुन पनि हो, लरतरो मान्छे क्षमतावान् मानिसको पंक्तिमा सुरक्षित स्थायित्व पाउन सक्दैन । त्यसैले कागका पछि दौडनुभन्दा कानकै जतनमा समर्पित हुनु बुद्घिमानी हुन्छ । जीवन मानवका लागि भइदिए कति जाती हुन्थ्यो भन्ने ती व्यक्ति त सरल व्यवहार र उच्च विचारका पर्याय पो रहेछन् ! उनी त उक्त विशेषताका भरपर्दा भरिया रहेछन् नि ।
७. अँ, समय प्रवाहसँगै उनको व्यवहार देख्ने र विचार सुन्ने अवसर जुर्दै आए, व्यक्तिगत रूपमा उनले मलाई चिन्दैनन् म जस्ताहरूको नाम सम्झेर उनलाई साध्य पनि लाग्दैन । यो स्वाभाविक हो । मलाई भने उनको व्यक्तित्वबारे जानकारी बटल्नु प्रेरक कर्म हुने नै भयो । यो क्रमले गति लिदै जाँदा थाहा पाएँ, उनी त विभिन्न साहित्यिक, राजनीतिक, समाजसेवी, संघ÷संस्थाका संस्थापक, रानीतिक प्रशिक्षक, नीति निर्माता, सल्लाहकार, कार्यकारी सदस्यलगायत वैचारिक लेखहरू प्रवाह गरी जनचेतना पैmलाउने कार्यमा समेत सक्रिय भेटिए । उनी त उच्च तहमा पुगेका बुद्धिजीवी रहेछन् । धेरै मान्छेका प्रेरक र मार्गदशक पो रहेछन् । जीवनको सम्रगतालाई सरलतामा समेटेका अनुकरणीय चरित्रका धनी रहेछन् ।
८.एक सिक्काका दुईपाटा भनेझैँ गुरु बन्न जति सजिलो हुन्छ, धेरै मान्छे गुरु बन्न अघि सर्छन्, उनी पनि गुरुपंक्तिमा अगाडि रहेछन् । चेला बनेर अनुशासित भइदिनु पर्दाको नितान्त वैयक्तिक कठिनाइ बिर्सिदिन सके त सगरै चुम्ने व्यक्तित्वमा दर्ता हुन बेर लाग्ने रहेनछ, उनलाई । माक्र्सवादी सौन्दर्य शास्त्रलाई जनताको तहमा पु¥याइ न्यायिक समाज निर्माण गर्न कम्मर कसेका मान्छे पो रहेछन् ।
९.त्यसै पनि विचारलाई सरस बनाएर अनपढ जनतामा सम्प्रेषण गर्नु चानचुने कुरा हँुदै होइन । यसमाथि अभिव्यक्तिलाई लथालिंग छरी असजिलो बनाउनेहरूको बोलवालाभित्राट निकास पहिल्याउनु झनै चुनौतीपूर्ण हुन्छ । यस्तो चुनौतीलाई जितेर सरल प्रस्तुतिमा गम्भीर विषय सम्प्रेषण गरी चेतनाको स्तर उकास्ने सफल स्रष्टाका रूपमा स्थिर चर्चा पाएका व्यक्ति रहेछन् । धेरैपछि प्रस्ट भएँ उनी त साहित्य र राजनीति दुवैमा स्थापित अनि चर्चित श्यामप्रसाद शर्मा पो रहेछन् ।
प्रतिक्रिया