समान कामको समान ज्याला, समान रोजगार र अवसर’ जस्ता नाराबाट सुरु भएको यो दिवस मनाउन थालिएको आज शताब्दी नाघि सकेको छ । यसको नेतृत्व क्लारा जेटकिनले गरेको थिइन् । जसलाई महिला मुक्तिका लागि सदैव सबैले सम्झने गर्दछन् । आज विश्वका महिलाले जे जति अधिकार पाएका छन् त्यसको श्रेय उनैलाई जान्छ
आज १०९औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर धुमधामले मनाइँदैछ । यो वर्ष ‘लैंगिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी यो पर्व मनाइँदै छ । मार्च ८ को दिन विश्वका महिलाले दबिएको आवाज बुलन्द गर्ने दिनका रूपमा लिने गर्छन ।
महिला दिवस मनाउने र यसका बारेमा व्यख्या गर्ने सोच पछिल्ला दिनमा फरक हुँदै आएको छ । कतिले यसले समयको विकास क्रमले जोडेको पछि भन्छन् । महिलाहरूले कुनै पनि अधिकार नपाएको बेला विश्वको महिला आन्दोलनको नेतृ क्लारा जेटकिनको नेतृत्वमा सन् १८८९ मार्च ८ मा पेरिसमा पहिलो अन्तर्राष्ट्रिय महिला सम्मेलन भएको थियो । उक्त ऐतिहासिक सम्मेलनमा विश्वका हजाराैँ महिला सहभागी थिए । विश्भरका न्यायप्रेमी महिलाहरूको विशाल सम्मेलनमा क्लाराले सम्पूर्ण क्षेत्रमा महिलाको समान अधिकारको माग गरेकी थिइन् । त्यो नै महिला अधिकारको लागि उठाइएको पहिलो सामूहिक आवाज थियो ।
महिला दिवस सुरु गर्दा र आजको दिनमा अधिकारको नारा र माग फेरिएको छ । हिजो समान कामको समान ज्याला र मताधिकारको माग थियो । किनकि विश्मा नै महिलालाई काममा र पारिश्रमिमा विभेद थियो र मताधिकारको अधिकार थिएन । आज पनि कयौँ ठाउँमा काम गर्ने महिला र पुरुषको ज्यावा वा पारिश्रमिकमा विभेद छ एउटै र उत्तिकै काम गर्ने पुरुषले पाए सरह महिलाले पारिश्रमिक पाउन सकिरहेको छैन । पुरुषकै जत्ति क्षमता भएर पनि काममा महिलालाई पुरुष समान व्यवहार र सम्मान गर्ने संस्कारको विकास भएको छैन
८ मार्चलार्ई हरेक वर्ष महिला अधिकार र महिला मुक्तिका लागि गरिएको संघर्षको दिनको रूपमा विश्वभरका महिलाले सम्झने गर्छन् । आजको दिनलाई ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’को रूपमा बनाउने प्रस्ताव भने सन् १९१० मा निर्णय भई सन् १९११ मार्च ८ देखि औपचारिक रूपमा विश्वभर मनाउन थालिएकोे हो । समान कामको समान ज्याला, समान रोजगार र अवसर’ जस्ता नाराबाट सुरु भएको यो दिवस मनाउन थालिएको आज शताब्दी नाघिसकेको छ । यसको नेतृत्व क्लारा जेटकिनले गरेको थिइन् । जसलाई महिला मुक्तिका लागि सदैव सबैले सम्झने गर्दछन् । आज विश्वका महिलाले जे जति अधिकार पाएका छन् त्यसको श्रेय उनैलाई जान्छ ।
युरोपबाट सुरु भएको महिला अधिकारको बिषय अमेरिकासम्म पुग्यो । अमेरिकाको सडकमा श्रमिकहरूले गरेको प्रदर्शमा हजारौँ महिलाहरू पनि अधिकारको माग गर्दै सडकमा उत्रिए । मजदुरले उठाएको मागमा महिला अधिकारका कुरा पनि जोडिए । उनीहरूले महिला अधिकारका कुराहरूलाई अझ व्यवस्थित रूपमा निरन्तर उठाउँदै आए । उनीहरूका माग महिला दिवससँग पनि जोडिएको थियो । तत्कालीन समयमा महिलाहरूले अधिकारको रक्षा र परिवार भित्रको सिमित घेरालाई तोड्दै सार्वजनिक क्षेत्रमा महिलाको पहुँच हुनुपर्ने कुरा उठाएका थिए ।
८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै रूपमा स्थापित गर्नुका पछाडी केही कारण पनि छन् । सन् २०१० मा क्लारा जेट्किन रोजा लक्जम्बर्गको अगुवाई र समाजवादी महिलाहरूको एकताबद्ध प्रयासमा श्रमिक महिलाहरूको दोश्रो अन्तर्राष्ट्रिय सम्मेलन डेनमार्कको कोपेनहेगनमा गरियो । उक्त सम्मेलनलाई विश्वभरका परिवर्तनकामी महिलाले उच्च सम्मानका साथमा लिने गर्छन् ।
उक्त सम्मेलनमा १७ देशका १०० जना भन्दा बढी महिला प्रतिनिधि, ट्रेड यूनियन समाजवादी पार्टीहरू श्रमिक महिला क्लवसहित फिनिसका तीन प्रथम महिला सांसदहरू समेतले भाग लिएका थिए । उक्त सम्मेलनमा सहभागीहरूले विभिन्न देशहरूमा श्रमिक महिलाहरूको अवस्थाको समिक्षा गर्दै अन्तर्राष्ट्रिय महिला आन्दोलनको विस्तारका लागि क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर मनाउन गरेको प्रस्तावलाई सर्वसम्मतिबाट पारित गरियो र सन् २०१० को ८ मार्चका दिनलाई आधिकारिकरूपमा ऐतिहासिक रूपले पुष्टिसमेत गर्यो ।
त्यसपछि ८ मार्च समाजवादी आन्दोलनको जन्मसँगै स्पष्ट वर्गिय दृष्टिकोण वा माक्र्सवादी लेनिनवादी दर्शन मान्नेहरू र फरक बिचार भएकाले आ–आफ्नै ढ्रगले मान्न थाले र आज क्रमशः विश्वव्यापी बनेको छ । यसैका कारण पनि महिलाहरूको संघर्ष र एकता पनि बलियो हुँदै गएको छ । ८ मार्चलाई विश्वभरी विभिन्न महिला समुदायले रचनात्मक कार्यक्रमहरूका साथ मनाउँदै आएका छन । आज पनि यो दिनलाई महिला अधिकारका लागि उच्च सम्मानका साथ लिने गरिन्छ ।
महिला दिवस अन्तर्राष्ट्रिय रूपमा मान्न थालेसँगै विश्व भरका महिलाले आफ्नो देशको राजनीतिक परिवेश, त्यहाँको महिलाको अवस्था र समाजिक जीवनका आधारमा फरक फरक रूपमा मनाउँदै आएका छन् । नेपालको सन्दर्भमा भन्ने हो भने पञ्चायतकालीन अवस्थामा पनि महिला दिवस मनाइँन्थ्यो । तर, त्यसलाई मनाउने तरिएका फरक थियो । तत्कालीन पञ्चायति सरकारले यसलाई महिला अधिकारका रूपमा भन्दा पनि मनोरञ्जका रूपमा मनाउँथ्यो । सरकारको गुनगान गाउने महिला भेला हुने र खाने पिउनेमा सिमित हुन्थ्यो । उनीहरूका लागि महिला अधिकार, समानता र स्वतन्त्रातासँग चासो हुँदैन थियो ।
त्यतिका वेला सरकार इतर रहेका कम्युनिस्ट र कांग्रेस निकटका महिला संगठनले भने त्यसलाई अधिकार प्रतिका लागि आवाज उठाउने दिनका रूपमा लिन्थेँ र त्यसै अनुसार मनाउँथें । त्यसरी मनाउनेमा कम्युनिस्ट निकटका महिलाहरू अग्रभागमा हुने गर्थे । महिला संगठनले त्यसलाई अवसरका रूपमा लिँदै विश्व महिला आन्दोलनका अवस्था र नेपाली महिलाको अधिकारका लागि गर्नु पर्ने कामलाई प्राथमिकताका रूपमा उठाउने गरिन्थ्यो ।
एक प्रकारकारले त्यति वेला मनाइने महिला दिवस सरकारका विरुद्ध आवाज उठाउने दिनका रूपमा पनि पर्ने गथ्र्यो । जबसम्म मुलुकमा राजनैतिक परिवर्तन हुँदैन तबसम्म कुनै पनि वर्ग र क्षेत्रका समूदायले अधिकार पाउँदैन भन्ने आवाज चर्को थियो । त्यसैले लुकेर र छिपेर अनेक जोखिम मोल्दै महिला दिवस मनाइन्थ्यो । तर, सरकारका महिलाहरू खुल्ला रूपमा सरकारको भक्तिभावसहित महिला दिवस मनाउँथें, महिला अधिकारका कुरा उठाउँदैन थिए । उनीहरू सरकारको जयकार मनाउँन पाएकोका दंग हुन्थें ।
महिला दिवस मनाएकै कारण जेल जानु पर्ने र प्रहरीको यातना खोप्नु सामान्यजस्तै थियो । सरकार महिला दिवस अधिकारको आवाज उठाउँदै नभएर सरकारको भक्ति गाएर मनाओस् भन्ने चाहन्थ्यो । वास्तवमा महिला दिवसको उदेश्य त्यो होइन । समान अधिकार देउ भनेर मनाउने दिन थियो र त्यसै गरी मनाउँथें । अर्को कुरा त्यति वेला नेपालमा महिला दिवस मनाइहँदा महिला आरक्षण वा महिलालाई हरेक क्षेत्रमा सम्माज जनक प्रतिनिधित्व थिएन । राजनैतिक, प्रशासनीक वा समाजिक क्षेत्रमा महिलाको प्रतिनिधित्व अत्यत्नै न्यून वा शून्यको अवस्थामा थियो । अझ महिलाले सुर्य दयोसँग आधारातसम्म गरेको कामको कुनै मूल्यांकन थिएन ।
यति वेला मूलकमा राजनीतिक परिवर्तन भएको छ । महिला आरक्षण ३३ प्रतिशत ग्यारेन्टी भएको छ । आमाको नाममा सन्तानले नागरिता पाउने भएका छन् । तर, पनि कयौ कुरा आज पनि विभेदकारी छ । जुन अवस्थामा पुरुषले अधिकार पाएको छ त्यो अवस्थामा महिलाले अधिकार पाएको अनुभूति गर्न सकिरहेको छैन । र यो बिषय अहिले पनि उठ्न छोडेको छैन ।
राजनैतिक परिवर्तनका रूपमा भन्ने हो भने अब मूलुकमा कुनै पनि संघर्षको आवश्यकता छैन । यो अवस्थामा ल्याउन यहाँका महिलाले गणितिय रूपमा कम बढी होला तर त्याग संघर्ष र बलिदानी दिन बाँकी रहेका छैनन् । हरेक आन्दोलनको मोर्चामा महिलाको सहभागिता पूरुषको जत्तिकै छ । तर, पनि हामीलाई पुरुषको जत्तिकै अधिकार देउ भन्ने अवस्थाबाट भने नेपाली महिला अहिले पनि मुक्त हुन सकेको छैन ।
त्यो भन्दा बिडम्बना के हुनसम्छ ? अनेक प्रयास गरेर पाएको ३३ प्रतिशत आरक्षणमा वेला वेला तिखो व्यंग्य हुन्छ । दया र कृयाले दिएको हो जरुरी थिएन जस्तै आशय आउँछ । के यो मुलुक महिलाको होइन ? आधार आकाश आधा धर्तिका नारा धेरै सुन्यौँ । महिला यो आधा धर्ति भित्र भएका सबै कुराको उपभोग र सञ्चालन गर्ने अधिकार छैन ? यसलाई सामानय रूपमा लिएर हरेक क्षेत्रमा पूरुषको जत्तिकै अधिकार र सहभागीता जरुरी छ । जनसंख्याको आधारमा पूरुष भन्दा महिला बढी भएर पनि किन अधिकार देउ, समान सहभागिता गराउँ भन्न परिरहेको हो ? यो कहिलेसम्म चल्छ ?
महिला दिवस सुरु गर्दा र आजको दिनमा अधिकारको नारा र माग फेरिएको छ । हिजो समान कामको समान ज्याला र मताधिकारको माग थियो । किनकि विश्मा नै महिलालाई काममा र पारिश्रमिमा विभेद थियो र मताधिकारको अधिकार थिएन । आज पनि कयौँ ठाउँमा काम गर्ने महिला र पुरुषको ज्यावा वा पारिश्रमिकमा विभेद छ एउटै र उत्तिकै काम गर्ने पुरुषले पाए सरह महिलाले पारिश्रमिक पाउन सकिरहेको छैन । पुरुषकै जत्ति क्षमता भएर पनि काममा महिलालाई पुरुष समान व्यवहार र सम्मान गर्ने संस्कारको विकास भएको छैन ।
महिला अधिकारका विषय आज ‘लिभिङ टु द गेदर, मेरो कोख मेरो अधिकार र आमाको नाममा नागरिता जस्ता कुराले लिन थालेको छ । माथिका दुई विषयभन्दा नागरिताका बिषय अहिले सबैभन्दा बढ्यो र जसले कानुनी मान्यता पनि पायो । वास्तवमा बाबुका नाम जोडिएर सन्तानले नागरिता पाउँछन् भने आमाको नामले किन नपाउने ? नौ महिना कोखमा राखेर जन्माएको सन्तानलाई आमाले आफ्नो परिचय दिन किन नपाउने ? यो लामो समय बहसको विषय बन्यो, त्यो स्वभाविक पनि हो र यसले निकास पाएको छ ।
हाम्रो समाजमा लिभिङ टु द गेदरको अधिकार भन्दा छाउ गोठमा महिलाले ज्यान गुमाउने र अपमानित हुने अवश्थाको अन्त्य जरुरी छ । अहिले पनि पश्चिम नेपालका महिलाले महिला भएकै कारण अनेक प्रकारका अन्याय र समस्या झेल्दै आएका छन् । हामीले ११०औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदा समानता र छाउ गोठको सास्ती जस्ता कुरा उठाउन नपरोस् कानुनी र व्यवहारिक रूपमा सबै नागरिकलाई समान व्यवहार गरियोस, कसैले पनि महिला भएका कारण हेपिनु नपरोस दिवसको शुभकामना ।
प्रतिक्रिया