पर्यटनको क्षेत्रमा अनुभवी यूवा ‘रिचार्ड’

काठमाडौँ । एक नेपाली युवा जसको नाम अंग्रेजी भाषामा पनि सम्बन्धित छ । ती युवाको नाम हो रिचार्ड बञ्जरा । धादिङ जिल्लाको सल्यानकोटकोमा जन्मिएका युवा राम प्रसाद बञ्जरा (रिचार्ड) १५ वर्षकै उमेर देखी ट्रेकिङ व्यवसायमा तथा पर्यटन प्रवर्धनमा संलग्न हुदै आएका छन् ।

उनले हालसम्म चार सय भन्दा बढी पर्यटकहरुलाई पथप्रदर्शकको रुपमा नेपालका विभिन्न पर्यटकीय एवं रमणिय ठाउँका दृश्यहरुको मनमोहकताको स्वाद चखाउन सफल भएका छन् । उनि युवा बञ्जराले मनास्लु पदयात्रा, अन्नपुर्ण पदयात्रा, एभरेष्ट पदयात्रा, घोरेपानी पदयात्रा लगायत दर्जनौं रमणीय स्थानहरुमा अवलोकन गराइसकेका छन् ।

सोही क्रममा उनले सिंगापुर, मलेसिया, थाईल्याण्ड, ईन्डोनेसिया, बंगलादेश, भारत लगायतका देश तथा विभिन्न स्थानहरुको भ्रमण समेत गरिसकेका छन् । उनले सानै उमेरदेखि पर्यटन व्यवसाय मात्र नभइ पढाईमा पनि साथमै अघि बढाएका छन् ।

रिचार्ड बञ्जरा हाल प्रिन्सेस नेशनल कलेजमा स्नातक तहमा अध्यनरतसमेत छन् । नेपालका बारेमा राम्रोसँग नबुझी पदयात्रामा आउने पर्यटकहरुले आफ्नै देशको जस्तो सुविधा खोज्दा यात्रा गर्ने क्रममा कहिलेकाहीं असहज हुने पनि युवा बञ्जराले बताए ।

उनिहरुलाई नेपालको वास्तविकता बुझाउँदा र नेपालको दृश्यहरुसँग रमाउँदाको खुशी व्यक्त गर्न शब्दमा कठिन हुने गरेको उनको भनाई छ । खास यात्राका क्रममा पर्यटकहरुलाई हाईअल्टिच्यूटले गर्ने समस्याहरु भएता पनि तथापी आफ्नो टोलीले यात्रालाई आजसम्म नरोकेको बञ्जराले बताए ।

हाईअल्टिच्यूटका विमारीहरुलाई रेस्क्यू गरेर सुरक्षित स्थानमा पपठाई यात्रालाई अघि वढाउने गरेका रिचार्डले नेपालको पर्यटन प्रवर्धनले देशको विकासमा समेत सहयोगपुर्याउन सक्नेमा आफु विश्वस्त रहेको दाबी गरे । नेपालको पर्यटन प्रवद्र्धनको लागी विश्वका विकसित देशमा गएर प्रचार प्रसार गर्नु पर्नेमा जोड दिंदै भावी दिनहरुमा आफुले पनि उक्त कार्यमा अग्रसरता दिने बञ्जराले वताए ।

प्रतिक्रिया