समाज अविकसित होस वा विकसित दुवै अवस्थामा अपराधले नयाँ नयाँ स्वरूप ग्रहण गर्दै समाजमा आपराधिक क्रियाकलाप बढाउन गर्दछ । समाज विकासले गती लिएका स्थानहरूमा घट्ने आपराधिक घटनाको प्रकृतिहरू भलै फरक फरक हुन् तर अपराध अपराध नै हुन्छ । आर्थिक, सामाजिक र शैक्षिक रूपमा समृद्ध रहेको दाबी गर्ने अमेरीका जस्ता मुलुकमा होस् वा भोकमरीले ग्रसित कम्बोडिया अपराधको जालोबाट कोही बच्न सकेको छैन ।
औद्योगीकरणको तीव्र विकासको चरणमा रहेको रूपन्देही र त्यसको मुख्य सहरका रूपमा विकास हुँदै गएको बुटवल उपमहानगर पनि अपराधको जालोबाट अछुतो रहेको छैन । दुर्गा तिवारीको हत्या होस् वा बलु पौडेलको । व्यवसायीमाथि पटकपटक भएको हत्याको प्रयास होस् वा जबरजस्ती करणी गरि मारिएकी बिजुलिया मुसहरको कुरा । अपराधको जालोले रूपन्देही र बुटवलको आसपासको क्षेत्रलाई मुक्त राख्न सकेको छैन । अपराध न्यूनीकरणका लागि थालिएका कतिपय प्रयासहरूले कि त निरन्तरता पाएका छैनन् या अपराध न्यूनीकरणका लागि भएका साधन र श्रोतको समेत प्रहरीले सुरक्षा गर्न सकेको छैन ।
पछिल्लो समय विकासक्रमको गतिले तीव्रता पाएको बुटवल र यस आसपासका क्षेत्रमा अपराधिक क्रियाकलाप पनि तीव्र रूपमा विकास भएको छ । प्रहरीले जति जति सुरक्षा न्यूनीकरण गर्ने भन्दै नयाँ रणनीति बनाउँदै जान्छ, अपराधीहरूले पनि नयाँ नयाँ प्रकृतिका अपराध अपनाउँदै गएको देखिन्छ । कुनै वेला टोले गुण्डागर्दीले बदनामी कमाएको बुटवल पछिल्लो समय शृंखलाबद्ध हत्याको चरणसम्मको अपराधले गति लिएको तथ्यांकले देखाएको छ । प्रहरीले कतिपय अपराधका घटनाहरूको नजिक पुग्न सफल भए पनि कतिपय घटनाहरू अहिले पनि रहस्यमय नै रहेका छन् । यसले यहाँका जनता प्रश्न गर्न थालेका छन् बुटवलको सुरक्षा किन फिलतो ?
बुटवलको सुरक्षाका लागि अस्ट्रेलियामा बस्ने नेपाली युवाहरूले बुटवल ट्राफिकलाई जडान गरिदिएको सिसी क्यामराले भने ट्राफिक व्यवस्थापनमा राम्रो सहयोग गरेको देखिएको छ । २ वर्ष पहिले मात्र विदेशमा रहे पनि नेपाललाई माया गर्ने केही युवाहरूले अस्ट्रेलियाबाटै आर्थिक सहयोग गरेर सवारी व्यस्त रहेने मुख्य चोकहरूमा सिसी टिभी जडान गरिदिएका थिए
बुटवलमा सबैभन्दा बढी चर्चामा रहेको गुण्डा नाइके मनोज पुनको इन्काउन्टर, उनको सहयोगिहरूलाई धमाधम कानुनको कठघरामा ल्याउने जस्ता काममा प्रहरीले सफलता प्राप्त गरे पनि गुल्मी बलेटक्सार घर भएका बजार प्रतिनिधिका रूपमा काम गर्ने दामोदर केसी हत्याकाण्ड अहिले पनि रहस्यकै रूपमा रहेको छ । दुई वर्ष पहिले उनको शव सालझण्डीको ज¨लमा भेटिएको थियो ।
त्यसो त बुटवल प्रहरीले ०७२-७३ मा चार सय ९९ मुद्दा दर्ता भएकोमा चार सय ९१ मुद्दा फस्र्योट गरेको थियो भने ०७३-७४ मा ५ सय ६५ मुद्दा दर्ता भएकोमा चार सय ९० मुद्दा मात्र फर्छोट भएको थियो । ०७४-७५ मा ६ सय ३० मुद्दामध्ये प्रहरीले तीन सय ८६ मुद्दा मात्र फस्र्योट गरेको छ ।
प्रहरीको तथ्यांकले पनि अपराधका संख्या हरेक वर्ष बढ्दै गएको देखाएको छ । गत आर्थिक वर्षमा पनि बुटवलमा रहेको इलाका प्रहरी कार्यालयमा सबैभन्दा बढी लागू औषधको अपराधमा २७ वटा मुद्दा दर्ता भएको थियो । प्रहरीको तथ्यांकमा देखिएको मुद्दाका संख्या र प्रहरीले गर्ने गरेको अनुसन्धानबाट पनि अपराध न्यूनीकरण हुन नसकेको तर्फ संकेत गरेको देखिन्छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरिक्षक डिलबहादुर मल्ल तुलानात्मक रूपमा अपराधका घटनामा कमी आएको बताउँछन् । अपराधीहरूले नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै जाने भएपनि प्रहरीको सामथ्र्यअनुसार अपराधी नियन्त्रणमा दृढ भएको भनाइ उनको छ ।
बुटवल आससापमा शुक्रबारको दिन र असार महिनामा बढी अपराधजन्य क्रियाकलाप हुने गरेको रोचक तथ्यांक पाइएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सबैभन्दा अपराधजन्य क्रियाकलपाहरू असार महिनामा बढी र बारको विश्लेषण गर्दा शुक्रबारको दिन बढी अपराध हुने गरेको पाइएको हो । प्रहरीको तथ्यांकअनुसार गत आर्थिक बर्ष ०७४-७५ मा सबैभन्दा बढी असार महिनमा १ सय २० वटा अपराध जन्य क्रियाकलाप भएका छन् भने शुक्रबारको दिनमा वर्षभरीमा कुल १ सय ३ वटा आपराधिक प्रकृतिको घटना घटेका छन् ।
गत आर्थिक वर्षमै वैशाख महिनमा ५४, जेठमा ४३, असारमा १२०, साउनमा ४३, भदौमा ३९, असोजमा ५६, कार्तिकमा ७३, मंसिमा ३०, पुसमा ३३, माघमा ४२, फागुनमा ५५, चैत महिनामा ४० वटा अपराधजन्य क्रियाकलाप भएका छन् ।
यस्तै बार अनुसारको विश्लेषण गर्दा आइतबारको दिन कुल ८४ वटा, सोमबारको दिन ८९ वटा, मंगलबारको दिन ८६ वटा, बुधबारको दिन ९२ वटा, बिहीबार दिन ९३ वटा, शुक्रबारको दिन १ सय ३ वटा र शनिवारको दिन जम्मा ८१ वटा अपराधहरू भएको पाइएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलमा गत आर्थिक वर्ष ०७४÷७५ मा विभिन्न प्रकृतिका ६ सय ३० वटा मुद्दा दर्ता गरेको छ । जसमा कुल तीन सय ८६ वटा मुद्दा फस्र्याैट भएका छन् भने मुल २ सय ४४ वटा मुद्दा फस्र्योट हुन बाँकी रहेका छन् ।
प्रहरी सक्रियताले केही मुद्दाहरू फस्र्योट भएको देखिए पनि शान्ति सुरक्षाको पूर्ण प्रत्याभूत दिलाउन यो संख्या काफी भने होइन । जनताले शान्तिको अनुभूति गर्न अपराध भै सकेपछि कानुनी दायरामा ल्याउनु भन्दा अपराध हुन नदिने वातावरण सिर्जना गर्नेतर्फ सबैको ध्यान जान जरुरी छ ।
शृंखलाबद्ध चोरीः सामान्यतया शान्ति सुरक्षाको पहिलो उत्तरदायित्व प्रहरीकै काँधमा हुने गर्दछ । जनताको पहिलो पहरेदारका रूपमा राज्यले प्रहरीलाई नै राख्ने गर्दछ । यद्यपि प्रहरीलाई शान्ति सुरक्षामा सघाउ पु¥याउन शसस्त्र, सेना तथा राष्ट्रिय अनुसन्धान जस्ता निकाय पनि सक्रिय नै राख्ने गरिन्छ, तर प्रहरी पहिलो पंक्तिमा बसेर जनताको सुरक्षा गर्ने गर्दछ । तर, बुटवलको प्रहरीको सुरक्षा ब्यवस्थालाई हेर्ने हो भने प्रहरीले जनताको तर्फबाट सुरक्षा ब्यवस्था दिलाउन उपलब्ध गराएको सामाग्रीको समेत सुरक्षा दिन सकेको छैन ।
बुटवलमा ५ वर्ष अगाडी शृंखलाबद्ध चोरी हुन थालेपछि स्थानीय व्यवसायीहरूको लगानीमा बुटवल प्रहरीलाई सिसी क्यामरा जडान गरी ईलाका प्रहरी कार्यालयबाट अनुगमन गर्ने व्यवस्था मिलाइदिएको थियो । बुटवल उद्योग बाणिज्य संघको अगुवाइमा संघका तत्कालीन अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठको पहलमा व्यवसायीहरूले १० लाख बढी खर्च गरेर प्रहरीलाई सिसी क्यामरा किनिदिएको थियो । बुटवलको हाटबजार, अमर पथ, बिपी चोक, ट्राफिक चौक, नेपालगञ्ज रोडलगायतको बजारको निगरानी गर्न मिल्ने गरि ती सिसी क्यामरा जडान गरिएको थियो ।
तत्कालीन कार्यसमिति सदस्य महेशमान सिंहको संयोजकत्वमा बनेको समितिले ०७० साल मंसिर २८ गते प्रहरीलाई तामझामका साथ सिसी क्यामराको मनिटर हस्तान्तरण गरेको थियो । नेपाल प्रहरीका तत्कालीन डिआइजी सुरेन्द्रबहादुर शाहले उद्घाटन गरेको सिसी क्यामरा कक्षको सुरक्षा तथा व्यवस्थापन गर्ने जिम्मा इलाका प्रहरी कार्यालयका तत्कालीन डिएसपी राकुमार बैदवारले लिएका थिए । प्रहरीले सिसी क्यामराको छुट्टै कक्ष समेत निर्माण गरेको थियो । तर अहिले भने त्यो प्रयोगमा आएको छैन् । ‘व्यवसायीकै पहलमा सिसिटीभि जडान त गरियो, तर अहिले त्यसको प्रयोग हुन सकेको छैन’ बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेशमान सिंहले भने ।
क्यामरा जडान भएको ३ वर्ष पुग्दा नपुग्दै क्यामरा कहाँ कहाँ छन्, मनिटर कता छ र सिसी क्यामराको अवस्था कस्तो छ भन्ने कुरा स्वयं प्रहरी अधिकारीहरूलाई थाहा छैन । बिहीबार दिनभरीजसो सिसी क्यामराको लागतको खोजीमा लागेका ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिलबहादुर मल्ल साँझसम्म लागत नभेटेपछि मर्मत गर्न लगेको प्रतिक्रिया दिन बाध्य बनेका छन् ।
डिएसपी मल्ल सरुवा भएर बुटवलमा आउँदा सिसी क्यामरा कक्षमा सिसी क्यामरा त चलेको थियो तर बुटवल सहरको सुरक्षाका लागि जडान भएको क्यामरा होइनन् । हिरासतको निगरानी तथा ड्युटीको खटनपटन हेर्न कार्यालयको चारदिवारी भित्र जडान गरिएको क्यामरा मात्र मल्लले देखेका थिए । ५ वर्ष अगाडि राखिएको क्यामराको न त सिसी क्यामरा कक्षमा लाईन थियो न त मनिटर । तर सी सी क्यामरा राख्न सक्ने हो भने सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सहज हुने भन्छन् डिएसपी मल्ल ।
बुटवलको सुरक्षाका लागि अस्ट्रेलियामा बस्ने नेपाली युवाहरूले बुटवल ट्राफिकलाई जडान गरिदिएको सिसी क्यामराले भने ट्राफिक व्यवस्थापनमा राम्रो सहयोग गरेको देखिएको छ । २ वर्ष पहिले मात्र विदेशमा रहे पनि नेपाललाई माया गर्ने केही युवाहरूले अस्ट्रेलियाबाटै आर्थिक सहयोग गरेर सवारी व्यस्त रहेने मुख्य चोकहरूमा सिसी टिभी जडान गरिदिएका थिए ।
राजनितीक अस्थिरता र विविध कारणले राज्यले प्रहरी संगठनलाई आवश्यक श्रोत र साधन उपलब्ध गराउन नसके पनि कतिपय स्थानहरूमा प्रहरीले स्थानीयवासीसँग सहकार्य गर्दै श्रोत र साधन जुटाउने गरेको छ । तर बुटवलमा स्थानीयले दिएको बहुमूल्य साधन समेत प्रहरीले सुरक्षा गर्न नसक्नुलाई भने सकारात्मक मान्न सकिँदैन । माल पाएर चाल नपाउने प्रवृत्ति र नयाँ अधिकारीको उपस्थिति सँगै पुरानाले गरेको कामको निरन्तरता नदिने रोगको प्रहरी संगठनले अन्त्य गर्नै पर्दछ ।
प्रहरी जनशक्तिसमेत कमः प्रहरी संगठनमा सबैभन्दा समस्याको विषय हो अपर्याप्त जनशक्ति । विश्वव्यापी मान्यताअनुसार १ जना प्रहरीले २ सय जनाको सुरक्षा गर्न सक्ने मान्यता रहे पनि नेपालमा प्रति १ जना प्रहरीले ४ देखि ५ सय जनताको सुरक्षा दिन बाध्य छ । जनगणना २०६८ को अनुसार ३ करोड नेपालीलाई ७५ हजार प्रहरीले सुरक्षा प्रखान गरिरहेको अवस्था विद्यमान रहेको छ । अधिकांश प्रहरीहरू राजधानी वा सुरक्षाको उच्च अधिकारीको सुरक्षामा नै केन्द्रित हुनु पर्ने भएकाले पनि जनताको सुरक्षामा प्रहरी उपलब्धता न्यून भएको भन्दा फरक पर्दैन ।
मुलुकमै जनशक्ति अभाव भै रहेका वेला बुटवलको अवस्था भने अझै विकराल रहेको छ । इलाका प्रहरी कार्यालय वुटवलको जिम्मेवारी क्षेत्रभित्र ६१२ वर्ग किलो मिटर पर्दछ । क्षेत्रफल र प्रहरी जन शक्तिका आधारमा हेर्दा बुटवलमा १ जना प्रहरीले प्रति प्रहरी १.९४३ वर्ग किमी निगरानी गर्नुपर्ने अवस्था देखिएको छ ।
०६८ सालको जनगणनाअनुसार बुटवलको जनसंख्या ४ लाख ६५ हजार ३ सय ७० छ भने इलाका प्रहरी कार्यालय बुटवलअन्तर्गत ४ सय १५ जना मात्र दरबन्दी रहेको छ । जसअनुसार प्रतिप्रहरी १ हजार ४ सय ७८ जनताको सुरक्षा दिन प्रहरी तयार हुनुपर्ने अवस्था रहेको छ ।
संघीय संरचनालाई कार्यान्वयन गर्न थप २२ हजार प्रहरी जनशक्ति थप्नुपर्ने प्रहरी प्रधान कार्यालयले सिफारिस गरे पनि सरकारले प्रहरीमा जनशक्ति थप्ने विषयमा अहिलेसम्म कुनै ठोस निर्णय गर्न सकेको छैन । राज्य मजबुत हुन राज्यको आन्तरिक मामिला बलियो हुन जरुरी छ । आन्तरिक मामिला बलियो बनाउन प्रहरी बलियो बनाउन पनि जरुरी छ । त्यसैले राज्यले प्रहरी संगठनलाई अराजनीतिक बनाउन जति जरुरी छ त्यति नै सान र श्रोतले भरिपूर्ण बनाउन पनि आवश्यक छ ।
प्रतिक्रिया