अस्ताए बुढाबुढीका प्रिय नेता अधिकारी

०५१ यता जति पनि निर्वाचन भए त्यसमा तत्कालिन एमाले नौ महिने सरकारका बेला गरेका कामलाई मुख्य एजेण्डा बनाउँदै आएको छ । हुन पनि उनले त्याएको जेष्ठ नागरिकलाई भक्ता र स्थानिय विकासका योजना आज पनि महत्वपूर्ण सावित भएको छ

केही मान्छे मरेर पनि आम मान्छेको मष्तिस्कमा सधैं बाँची रहेको हुन्छ । त्यस मध्येका एक हुन पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी । स्वर्गीय नेता अधिकारीले तत्कालिन नेकपा एमालेको परिचय फेरिदिएका थिए । ०४८ सालको पहिलो संसदीय निर्वाचनमा कम्युनिस्ट पार्टीका विरुद्व अनेक अफवाह फैलाइयो । कम्युनिस्टको सरकार आयो भने ६० वर्षको बुढाबुढीलाई गोली ठोकेर मार्छन, दिदी बहिनी भन्न पाइँदैन, ड्रममा भात पकाएर लहरै बसाएर खुवाउँछन्, जातपात मान्न पाँदैन, धर्मकर्म गर्न पाँइदैन जस्ता भ्रम फैलाइयो । उक्त निर्वाचनमा एमाले कार्यकताले आफ्नो घोषणा पत्रका बारेमा प्रचार गर्ने पाएनन । निर्वाचन जिते पछि आफूले गर्नेकामका बारेमा जनतालाई बुझाउन पनि पाएनन । बिरोधीका त्यही भ्रम चिर्दैमा समय बित्यो ।

उति बेलाको समय पनि त्यस्तै थियो । प्रतिवन्धित अवस्थाबाट भखैरै खुल्ला राजनीतिमा आएको कम्युनिस्ट पार्टीका बारेमा आम जनताले राम्रोसँग बुझन पाएका पनि थिएनन । वास्तवमा कम्युनिस्ट पार्टी के हो ? यसले गर्ने काम के हो ? जनतामा अन्यौलता धेरै थियो । थोरै जनताका बीचमा मात्रै कम्युनिस्ट पार्टीले आफ्ना बीचार राख्न पाएको थियो । अझ नेता कार्यकर्तामा सिमित थियो भन्दा हुन्छ ।
तर, ०५१ सालमा बनेको पहिलो कम्युनिस्ट पार्टीको सरकारमा अर्थमन्त्री भएका भरतमोहनले ती सबै भ्रम चिर्ने गरी योजना ल्याए । सरकारमा सहभागी भएको अर्को वर्षको बजेटमा उनैले हो बुढाबुढीलाई भत्ता दिन सुरु गरेका । त्यो बेला सरकारले भक्ता दिने कुरा सुन्दै पनि नौलो र अनौठो थियो । कतिले त्यो व्यवहारमा लागू हुनसक्ला नसक्ला वा क्षणिक रुपमा मात्रै लागू भएर पछिसम्म नटिक्ने भनेर आलोचना पनि गरे । तर, उनले सबै प्रकारका आलोचनाको सामना गर्दै त्यसलाई लागू गरि छाडे ।

त्यसबेला मासिक १०० रुपैयाँबाट सुरु भएको थियो बृद्धा भक्ता । ०५१ मंसिर १४ गते तत्कालीन एमाले नेता मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बनेको थियो । भरतमोहन सरकारको अर्थमन्त्री भए । उनैले पेश गरेको बजेटमा आफ्नो गाउँ आफैं बनाउँ भनेर हरेक गाविसलाई ३ लाख बजेट छुट्ए । त्यस्तै २०५२ असारमा अधिकारीले अर्को बजेट ल्याए, जसमा बृद्धभत्ताको सुरुवात गरिएको थियो । उनले सय रुपैयाँबाट सुरु गरेको भत्ता अहिले मासिक दुई हजार रुपैयाँ पुगेको छ । जसलाई वृद्धवृद्धाहरु आफ्नो स्वामित्व ठान्छन् र आफू खुसी खर्च गर्छन । वृद्धाहरुको नजरमा त्यो पैसा मात्रै होइन उनीहरु प्रति कम्युनिस्ट पार्टीको सरकारले गरेको सम्मान पनि हो ।

अधिकारीले आफ्नो गाउँ आफैं बनाऔं अभियानका लागि २०५१ मा बजेट छुट्याएका थिए । अर्थतन्त्रको सबै स्वामित्व राज्यले लिनु पर्छ भन्ने र सबै बजारलाई नै छाडिदिनु पर्छ भन्नेहरुको बीचबाट अधिकारीले राज्य, सहकारी र नीजि क्षेत्रको तीन खम्बे अर्थनीति अंगिकार गर्नुपर्ने मत अघि सारेका थिए । त्यसपछि एमालेले पटकपटक सरकारमा जादाँ भरतमोहन प्रायः छुटेनन् । उनी उपप्रधानमन्त्रीसहित चारपटक अर्थमन्त्री भए । एक पटक भौतिक पूर्वाधारमन्त्री भए । तत्कालिन एमालेमा सधैं उनी प्रभावशाली र इमान्दार नेताका रुपमा रहे । २०७१ सालको एमालेको नवौं महाधिवेशनले ७० वर्षे उमेरहद कायम गरेपछि उनी सक्रिय राजनीतिबाट अवकाश लिएका थिए ।

स्वर्गीय अधिकारी प्रति वृद्धाहरुले अघाध सम्मान गर्छन । हातमा दुई पैसा नपर्ने र आफूलाई खान मन लागेको खान अरुको दया कृपा कुर्न पर्नेहरुका लागि उनले सुरु गरेको वृद्ध भक्ताले केही काम गरेको छ । उनीहरु त्यसलाई सरकारले आफूलाइ सम्मान गरेर दिएको सम्पत्ति ठानेर आफू खुसी खर्च गर्न पाएका छन् । त्यती मात्रै होइन, कम्युनिस्टको सरकार आयो भने असक्त र बृद्धाहरुको सम्मानपूर्ण व्यवहार हुँदो रहेछ भन्ने भावना स्थापित भएको छ । अहिले नेपालमा कम्युनिस्ट पार्टीको नेृतत्वमा दुई तिहाइको सरकार हुनमा स्वर्गीय अधिकारीले ल्याएको उक्त योजना पनि महत्वपूर्ण रहेको छ ।

०५१ यता मूलुकमा जति पनि निर्वाचन भए त्यसमा तत्कालिन एमालेले नौ महिने सरकारका बेला गरेको जनप्रिय तिनै कार्यक्रमलाई मुल एजेण्डा बनाउँदै आएको छ । हुन पनि उनले त्याएको जेष्ठ नागरिकलाई भक्ता र स्थानिय विकासको योजना आज पनि महत्वपूर्ण सावित भएको छ । ‘अझ केसम्म भनिन्छ भने तत्कालिन एमाले र हालको नेकपाले त्यही ०५१ सालको अल्पमतको सरकारमा भरतमोहनले ल्याएको कार्यक्रमको ब्याज खाँदै छ ।’ यसमा केही सत्यता छ । कीन की त्यस पछि एमाले सरकारका हुँदा आउने गरेको योजना र बजेट त्यसैमा टेकेर हुने गरेको छ । तयसलाई नौ महिने सरकारका बेला सुरु गरेको कामको विकसित रुप भन्दा पनि हुन्छ ।

गाउँमा आज पनि बुढाबुढिका बीचमा तत्कालिन नेकपा एमाले र हालको नेकपा पार्टीको नामले भन्दा बुढाबुढीलाइ भक्ता दिने, माया गर्ने पार्टीका नामले लोकप्रिय छ । निर्वाचनका बेला गाउँमा वृद्धाहरुले एमालेलाई भोट दिएन भने आफूले पाउँदै आएको भक्ताको पाप लाग्छसम्म भनेको सुनियो । यसमा सत्यता पनि छ । ०५१ सालमा पहिलो पटक अल्पमतको सरकार चलाएको एमालेका लागि जनताका बीचमा लोकप्रिय काम गर्नु र विरोधिले चलाउँदै आएको अफवाह चिर्नु थियो । त्यो काम उक्त सरकार र सरकारका तर्फबाट अर्थमन्त्री भएर भरतमोहनले पेस गरेको बजेटले समेटेको थियो ।

यस्तै गरी उनले ल्याएको ‘आफ्नो गाउँ आफै बनाउ’ योजनाले गाउँमा सिधै बजेट जाने परम्पराको सुरुवात मात्रै भएन सरकारले दिएको बजेटमा स्थानीय श्रमदानले धेरै विकासका काम भए । बाटो नभएको ठाउँमा गोरेटो बन्यौ,ं गोरेटाहरु सडक बने । कयौं कल्र्भड, साना पुल र पैनी बने । गाउँमा जनता आज पनि सगभर्ए भन्छन्, ‘यो त्यही आफ्नो गाउँ आफै बनाउले बनाएको हो ।’ जनतामा आज पनि त्यसको राम्रो छाप छ । वास्तवमा सरकार भनेकै राज्यसँग भएको साधन र स्रोतलाई जनताका हितमा प्रयोग गर्ने हो । त्यसले जनताका बीचमा सरकार लोकप्रिय हुनेगर्छ । त्यो काम भरतमोहनले सुरु गरे ।

बजेट गाउँमा पठाउँदा र वृद्धा भक्ता दिइरहदाँ उनलाई बजेट कनिका छरे जस्तै ग¥यो राज्यको ढुकुटी रित्याउने भए भन्नेहरु पनि थिए । राज्यको बजेटले विकास नगरे केले गर्ने ? वृद्धा र असाहयलाई राज्यले नहेरे कस्ले हेर्ने ? यो मान्यता स्थापित गरे उनले । जसका कारण आज उनी लाखौं वृद्धा र असायहरुका प्रिय नेता बनिरहे । उनको योजनाले उनी मात्रै प्रिय बनेनन कम्युनिस्ट पार्टी पनि जनताका लागि काम गर्ने राम्रो पार्टी हो भन्ने विश्वास छोडेर गए उनले ।

लामो समयदेखि अस्वस्थ्य रहेका अधिकारीले फागुन १८ गते साँझ संसारबाट बिदा लिइरहदाँ उनलाई सम्झने र सम्झनु पर्ने बिषयहरु धेरै थिए । एक पटक सक्तामा गएका बेला सात पुस्तालाई पुग्ने गरी सम्पत्ति आर्जन गर्नेहरुका भिडमा उनले गरेका राम्राकाम र निश्कलंकता सबैका अघि उदाहरणीय छ । उनले चार पटकसम्म अर्थमन्त्री जस्तो महत्वपूर्ण जिम्मेवारी र पटक पटक मन्त्री बन्दासम्म कुनै औँला ठडाउने काम गरेनन । सधै पार्टी र मुलुकको हितमा काम गरेर आफ्नो सक्रिय जिवन बिताए र राजनीतिकबाट स्वेक्षिक बिदा लिए ।

अधिकारीको पार्थिव शरिरलाई श्रद्धान्जली दिन आइतबार नेकपाको केन्द्रिय कार्यालयमा राखिएको थियो । श्रद्धान्जली दिन जानेहरु कोही हिव्लचियरमा फूलका माला हातमा लिएर मलिन अनुहार बनाउँदै थिए भने बैशाखी र लठ्ठीको साहरामा आउनेको संख्या ठूलो थियो । हरेक पाका मान्छेको मुखबाट निस्कदै थियो, राम्रा मान्छे, असल मान्छे, हाम्रो लागि देवता जस्तै थिए ।’ यसो भनिरहदाँ कतिका आँखा रसाएक थिए, कति भकानिएका ।

स्वर्गीय अधिकारीले पत्नी सविता र तीन छोरीलाई मात्रै छोडेर गएननका छैनन । उनी आर्यघाटमा धुवाँमा उडेर खरानी बनिरहदाँ बागमतीको किनारमा बसेर आँशु पुछीरहेका धेरै वृद्धाहरुले आफू पनि टुहुरो बनेको महसुस गरिरहेको अनूभूति हुन्थ्यो । कमै मान्छेले वृद्धाआमा र बुवाहरु मलामी पाउँछन्, जसरी आइतबार भरतमोहनले पाए । रगत र बिचारका नाता नजोडिएका ति वृद्धाहरु भावनाको नाता जोडदै पुगेका थिए आर्यघाट । आज लाखौं–लाख वृद्धाहरुले उनीप्रति गरेकोे श्रद्वा र सम्मान उनले देख्न नपाए पनि यो पुस्ता र पार्टीले पक्कै देखेको होला । आज तपाइको शरिर खरानी भएको छ सास हावामा उडेको छ । तर, पनि ती वृद्धाहरु र विकासबाट बञ्चीत ग्रामिण भेगका जनताको अपार माया र श्रद्धा सधै–सधै रहिरहने छ भरतमोहन कमरेड ।

प्रतिक्रिया