नमस्ते नेपालको पाँचौ बार्षिक साधारणसभा सम्पन्न (फोटो फिचर)

काठमाडौँ । नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको पाँचौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । यही फागुन १८ गते शनिबारका दिन आयोजना गरिएको उक्त कार्यक्रम भक्तपुरको सल्लाघारीस्थित संस्थाका अध्यक्ष रामशरण बानियाँको सभापतित्वमा सम्पन्न भएको हो । सोही साधारणसभा कार्यक्रममा संस्थाकै मातहातमा संचालित ‘नमस्ते नेपाल मल्टिप्रपोज इन्भेष्टमेन्ट कम्पनी प्रा.लि’ र नमस्ते नेपाल बचत समुह सहितको संयुक्त बनभोज कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

उक्त समारोहमा महिला, नेपाल बैदेशिक रोजगार प्रवर्धन बोर्डका निर्देशक राजन प्रसाद श्रेष्ठ, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका कार्यबाहक सचिव बिर बहादुर राई, रिट्रनीमाइग्रेन्ट नेपालका केन्द्रीय अध्यक्ष उत्तम अधिकारी, स्थानीय विकास मन्त्रालयका ना.सु दिलबहादुर आचार्य, हेल्पिङ हेन्ड्स संस्थाको केन्द्रीय कोषाध्यक्ष रन्जु कार्कीलगायत विभिन्न संघ संस्थामा आबद्ध रहेका समाजसेवी व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बैदेशिक रोजगारको सिलसिलामामा विभिन्न देशमा छरिएर रहेका नेपालीहरु इन्टरनेटको माध्यमबाट नजिक भइ बिदेशमा बगाएको पसिनाको कमाइले पछि स्वदेशमै केही गर्न पर्छ भन्ने उद्येश्यले अनलाइनकै माध्यमबाट बलियो संगठन बनाएर ‘मनोरंजन, परोपकार र लगानी क्षेत्रको पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान’ भन्ने मूल नाराका साथ संस्था स्थापना गरी २०७० सालमा दर्ता गरिएको अध्यक्ष रामशरण बानियाँले बताए ।

स्थापनाकालदेखि नै उक्त संस्थाले बिदेशमै रहेका नेपालीहरु मिलेर संकलन गरेको आर्थिक रकमले देशमा परेको विभिन्न घटनाका दुखी पिडितहरुलाई सहयोग गर्दै आइरहेको छ । सोही संस्थाका आजीवन सदस्यहरु र संस्था भन्दा बाहिरका व्यक्तिहरु मिलेर नुवाकोटको लिखु गाउँपालिकामा ५४ रोपनी जग्गा खरिद गरी अर्गानिक कृषी तथा विभिन्न जातजातिका पशुपालनका लागि नमस्ते नेपाल मल्टिप्रपोज इन्भेष्टमेन्ट कम्पनी प्रा.लि दर्ता गराई कामसमेत धमाधम सुरु गरेको छ ।

त्यस्तै काठमाडौँ नगरपालिका तारकेश्वरमा आफ्नै केन्द्रीय भवन निर्माणको काम पनि धमाधम भइरहेको र सन् २०१९ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष बानियाँले जानकारी दिए । त्यस्तै आगामी बर्ष २०७६ सालमा संस्थाको नामबाट भित्तेपात्रो निकाल्ने, दशैं तिहारको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गर्ने, असाहय तथा विभिन्न चपेटामा परेका दुखी पिडितहरुलाई सहयोग गर्ने, बृद्धाश्रम, अनाथलय र ब्लडबैंक संचालको लागि सरकारलाई जानकारी गराउँने संस्थाको लक्ष्य रहेको अध्यक्ष रामशरण बानियाँले बताए ।

‘सरकारलाई नै सघाउनका लागि हामीले यो कदम चालेका छौँ, संस्थाको उद्देश्य अनुसार हामीले कार्यक्रम तयार गरी समाज कल्याण मन्त्रालय र सातवटै प्रदेश अन्तर्गत सामाजिक विकास मन्त्रालयमा पेश गर्नेछौँ, देशका विभिन्न ठाउँमा सरकारी जग्गा फ्याकिएर बसेका छन् । तर, समाजसेवामै लागिपरेको यस संस्थालाई सरकारले ठाउँ ठाउँमा फ़ालिएर बसेका जग्गा उपलब्ध गराउनदेखि लिएर विभिन्न कामका लागि ध्यानाकर्षण गर्छ भन्ने मैले बिश्वाश लिएको छु, ‘उनले भने ।

सोही पाँचौ साधारणसभामा सहभागी भएका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका कार्यकारी सचिव बिर बहादुर राईले संस्थाले विगतदेखि गर्दै आएको विभिन्न परोपकारी र सामाजिक कामको सहानुभुती जनाउँदै आगामी दिनमा संस्थाले गर्न आँटेको काममा सहयोगका लागि सरकारको तर्फबाट पहल गर्ने बताए ।

सोही क्रममा नेपाल बैदेशिक रोजगार प्रवर्धन बोर्डका निर्देशक राजन प्रसाद श्रेष्ठले पनि संस्थाले गरेका काम सबै प्रसंसनिय रहेको बताउँदै सामाजिक काम गर्ने संस्थालाई आफ्नो तर्फबाट गर्न पर्ने सहयोगमा पछि नहट्ने र अरुलाई पनि एकजुट भएर अझै सशक्तीकरण ढंगबाट संस्थालाई अघि बढाउन सहयोग गर्न पर्ने बताए ।

त्यस्तै रिटनिङमाइग्रेट नेपालका केन्द्रीय अध्यक्ष उत्तम अधिकारी पनि संस्थाको काम प्रति आफु निक्कै नै हर्षित तथा प्रेतित भएको बताउँदै कसैले नमस्ते नेपाल संस्थालाई भित्री रुपबाट नियालेर आजीवन सदस्यता बनी संस्था मार्फत समाजसेवी बन्न आग्रह गरे । कार्यक्रम संस्थाका केन्द्रिय सचिव अर्जुन बस्नेतले सञ्चालन गरेका थिए भने महिला उपाध्यक्ष जमुना सापकोटाले स्वागत मन्तब्य दिएकी थिइन् ।

प्रतिक्रिया