होङगान्जी न्यु डायमण्ड र एपिएफ उपाधिनजिक

काठमाडौं । होङ्गान्जी न्यु डायमन्ड र एपीएफले दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उपाधि भिड्न्त पक्का गरेका छन् । पर्बतको कुश्मा बजारमा भएको सेमिफाईनल खेलमा होङगान्जी न्यु डायमण्डले आर्मीमाथी ३–२ को रोमाञ्चक जित निकाल्यो ।

नेपाल आर्मीले होङगान्जी न्युडायमण्डलाई दवाबमा राख्दै पहिलो र दोश्रो सेट २५–१७ र २६–२४ ले आफ्नो पक्षमा पारे पनि फाईनलको यात्राबाट चुक्यो । होङ्गान्जी न्यु डायमन्डले उत्कृष्ट पुनरागमन गदै तेश्रो देखि पाँचौ सेट २५–१८,२५–२२ र १७–१५ ले आफ््नो पक्षमा पार्दै फाइनलको यात्रा तय गर्यो ।

मंगलवारको अत्यन्त प्रतिस्पर्धात्मक खेलमा आर्मीका निरुता ठगुन्ना,शन्ति थारु र मनिसा खाडले उत्कृष्ट प्रदर्शन गरेका थिए भने होङ्गान्जी न्यु डायमन्डकी प्रतिभा मालीले आर्मीको बिजयी यात्रालाई रोक्न महत्वपूर्ण भूमिका निभाएकी थिइन् । आर्मीले गण्डकी प्रदेशलाई २५–२२, २५–१८ र २५–२२ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

त्यस्तै दोश्रो सेमिफाईनलमा साबिक बिजेता एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा हरायो । एपिएफले पुलिसमाथि २५–१४, २५–१६ र २५–१८ को सहज जित निकाल्यो । बुधवार होङ्गान्जी न्यु डायमन्ड र एपीएफबीच फाईनल खेल हुने छ भने यस अघि आर्मी र पुलिसबीच तेश्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । एघाऔं गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको अवसरमा संचालित प्रतियोगिताको विजेताले २ लाख,उपबिजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार नगद प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १० हजार रूपैया हात पार्नेछन् । व्यक्तिगत विधातर्फको स्पाइकर, क्वीकर, ब्लकर, सर्भर, सेटर, डिफेन्डर र प्रशिक्षकले जनही ५–५ हजार रूपैया प्राप्त गर्ने आयोजक रेडियो दिदीबिहिनीकी अध्यक्ष कल्पना चापागाईले गनकारी गराइन् ।

प्रतिक्रिया