मुलुकमा राजतन्त्र फर्किन्छ: अध्यक्ष राणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र (सयुंक्त) पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको बताएका छन् ।

अध्यक्ष राणाले एक वर्षमा कम्युनिष्ट सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि असफल भएको दाबी गरेका छन् । उनले दुवै पक्षले आफ्नो अवसरको सदुपयोग गर्न नसकेको जिकिर गरे ।

मंगलबार रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेसले मौकाको सदुपयोग गर्न नसकेको आरोप लगाए । राणाले सरकार र कांग्रेस दुवै असफल भएपछी अब हाम्रो पालो आएको छ भन्दै मुलुकमा राजतन्त्र फर्किने सक्ने दाबीसमेत गरका छन् ।

राणाले ओली सरकारलाई दुई तिहाई ल्याएको भन्दै मान्नैपर्ने तर्क पनि गरे । उनले भने,‘ओली सरकारलाई मान्नैपर्छ । ०४७ सालपछि पहिलोपटक दुई तिहाईको बहुमत ल्याउन सफल भएको छ, ओली जीको लागि यो मौका हो ।

प्रतिक्रिया