प्रणय दिवसमा मनोरन्जनात्मक कार्यक्रम हुने

काठमाडौं । एकीकृत पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा आउँदो फागुन–२ गते (फेब्रुअरी १४), बिहीबार मनोरन्जनात्मक कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम प्रणय दिवसको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडले आयोजना गर्ने भएको छ । कार्यक्रम दिउँसो १२ बजेदेखि ३ बजे सम्मचन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेसनमा सञ्चालन हुनेछ ।

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडाँमा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गरिरहेको छ ।

प्रतिक्रिया