दलित महिलाकाे सामूहिक तरकारी खेती

सल्यान । सल्यान कालिमाटी गाउँपालिकाका दलित समुदायका महिलाहरू तरकारी खेतीतर्फ अग्रसर हुन थालेका छन् । घरमा आम्दानीको रूपमा पेसा व्यवसाय केही नभएपछि पछिल्लो समय कालिमाटी गाउँपालिका–३ ढोरेनीका दलित समुदायका महिलाहरू मिलेर तरकारी खेती सुरु गरेका हुन् ।

७ जना दलित समुदायका महिला र ३ जना जनजाती महिलाहरू मिलेर छिमेकीको १३ रोपनी जग्गा भाडामा लिएर सामूहीक तरकारी खेति सुरु गरेका छन । तरकारी खेति सुरु गरेपछि ति महिलाहरूले खैरेनी कवुलेयति ब्यवसायी तरकारी खेति समुह नै दर्ता गरेर १३ रोपनी जग्गाको बार्षिक ४२ हजार भाडा तिरेर समुहका महिलाहरू सामुहीक रूपमा खेति तर्फ आबद्ध भएका छन ।

२० जना समुहमा आबद्ध रहेका महिलाहरू मध्य १० जना महिलाहरू मिलेर २०७५ साल जेठ महिना देखि खेति सुरु गरेको उनिहरूले बताएका छन । पहिलो चरणमा ४८ कुईन्टोल तरकारी उत्पादन गरेर ३ लाख ३६ हजार आम्दानी गरेका छन ।पहिले घास दाउरा मात्रमा सिमीत रहदै आएका ति महिलाहरू जिबिका चलाउन कठिन भएपछि आफ्नो आयआर्जनको लागी तरकारी खेति तर्फ अग्रसर भएको तरकारी खेति गर्दै आएकी भाबना बिकले बताईन ।

अहिले टमाटर, बन्दा, काउली, सीमी, बोडी लगायतका तरकारी उत्पादन गरिरहेका उनको भनाई छ ।पहिले आफ्नै बारीमा करेसा बारी गरेउ, तरकारी खेति गर्नुपर्छ भन्ने हामीलाई थाहा थिएन, उनले भनिन, जिल्लाका बिभिन्न संघ सस्थाले हामीलाई सहयोग पनि गरे, तरकारी खेति सम्बन्धी तालीम बिउबिजन उपलब्ध पनि भयो, भाबनाले भनीन, अब ब्यवसायीक रूपमै तरकारी खेति तर्फ नै निरन्तर लाग्नै छौ, घरमा सबै महिलाहरूले नै जोतेर सुरुवात गरेको बिकले बताई ।

अहिले सिजन अनुसारको तरकारी उत्पादन गर्दै आएको अर्का तरकारी खेति गर्दै आएकी अर्कि सिता बिकले बताईन । पहिले घरमा फुर्सदमा रहेकाले आफुलाई दिन बिताउनु गाह्रो हुने गथ्र्याे, ब्यवसाय रूपमा तरकारी खेति गर्नु पर्छ भन्ने थाहाँ भएन उनले भनिन्, बिभिन्न संघ सस्थाहरू बाट तालीम लिएको र घरपरिवारको राम्रो साथ पाएकाले आफुले यो पेशा रोजेको सिताले बताईन ।

आफुहरू तरकारी खेतिमा संलग्न भएपछि सानो तिनो समस्या सजिलै टार्ने गरेको तरकारी उत्पादनमा संलग्न अर्का हरीकला परियारले बताईन । उनले भनिन् सानो समस्या समाधानको गर्न लागी लोग्ने मान्छेका भर पर्नु पथ्र्याे, बिदेश बाट पैसा पठाउलान र केही काम गरौला भन्ने हुन्थ्यो, तरकारी खेति बाटै आम्दानी गरेर घरको खर्च टार्ने गरेको परियारको भनाई छ ।

उत्पादन गरेको तरकारी संकलन केन्द्रमा कंकलन गरी जिल्लाको खलंगा, श्रीनगर, सल्लीबजार आसपासका साना ठुला बजारहरूमा माग अनुसार खपत हुने गरेको महिलाहरूले बताएका छन ।

तरकारी खेतिको लागी दलित सेवा संघ सल्यान, लिबर्ट लगायतका सस्थाहरूले ति महिलाहरूलाई प्राबिधिक सहयोग, तालीम, बिषदी, बिउबिजन सहयोग गरिरहेका छन । ति महिलाहरूले उत्पादन गरेको तरकारी संकलन र बजार सम्म पु¥यानको लागी संकलन केन्द्र स्थापना गरेर ढुवानी भाडा सहित उपलब्ध गराएको लिबर्टका कार्यक्रम संयोजक युबराज गुरुङले बताए । महिलाहरूलाई पनि ब्यवसाय तरकारी खेति तर्फ अग्रसर बनाउने उदेश्यले आफुहरू लागरिहेको उनले बताए ।

प्रतिक्रिया