नियुक्त भएका तीन राजदूतको शपथ

काठमाडौँ । नियुक्त भएका तीनजना राजदूतले आज शपथ लिएका छन् । इजरायलको लागि डा. अन्जान शाक्य, संयुक्त राष्ट्र संघ, न्यूयोर्कको लागि नेपालको स्थायी प्रतिनिधि अमृतबहादुर राई र जेनेभा संयुक्त राष्ट्र संघको लागि मणिप्रसाद भट्टराईले सपथ लिएका छन् ।

उनिहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन् । सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरुलाई केही दिनअघि राष्ट्रपति भण्डारीले राजदूत र स्थायी प्रतिनिधिमा नियुक्त गराएकी थिइन् ।

प्रतिक्रिया