चलचित्र चपली हाइट अश्लिल बेसमा बनेको चलचित्र हो । तर, चपली हाइट–२ ले भने राम्रो व्यापार गर्न सकेन । आफ्नो लगानीसमेत डुबायो । चपलीहाइट हिट भए पनि त्यसमा अभिनय गर्ने कलाकारहरू भने चलचित्रमा टिक्न सकेनन् । नायिका बिनिता बराल चलचित्र क्षेत्रबाट नै टाढिएकी छिन्
पछिल्लो समयमा सञ्चारकर्मी संगीता श्रेष्ठले डेबु–निर्देशन गरेको नेपाली चलचित्रकथा ‘काठमाडौं’को टिजर रिलिज हँदा धेरै चर्चा भयो । चलचित्रको एउटा गितमा अभिनय गरेका कलाकार प्रमोद अग्रहरि र कलाकार नायिका प्रियंका कार्कीको अन्तरंग दृष्य बेडसिनले अर्थात् अश्लिल दृष्यले निक्कै चर्चा पाएको थियो । चलचित्र तथा लाकारहरूको बारेमा नकारात्मक सकारात्मक टिका टिप्पणी पनि भयो ।
कतिपयले यसलाई पोर्न फिल्मसँग पनि तुलना गरे । कतिपयले सोसल मिडियामा यसलाई पोर्न साइटको सूचीमा समेत राखे । तर, चलचित्र निर्माणकर्ताहरूले भने यसलाई काठमाडौंको कथा हो भनिरहे । टिजर रिलिजको समयमा जति चर्चा सिनेमाले पाएको थियो चलचित्र हलमा रिलिज हुँदा कहिले हलमा लाग्यो र कहिले हलबाट बाहिरियो ? दर्शकहरूले पत्तै पाएनन् । चलचित्र व्यापारिक हिसाबले ‘टायँ टायँ फिस्स’ भयो ।
त्यसैगरी, पछिल्लो समयमा हेमराज बिसिको चलचित्र ब्रेकअपले पनि टिजर रिलिजको समयमा चर्चा पायो । चलचित्र ब्रेकअपमा कलाकार आशिरमान देशराज र शिल्पा मास्केको चुम्बनको दृष्यले पनि निकै चर्चा पाएको थियो । यसमा पनि निर्माण पक्षले कथाले मागेको भनेर सामान्य रुपमा लियो । बेडसिन, अंग प्रदर्शन, चुम्बनका दृष्य छाडा संवादलाई चलचित्र निर्माणकर्मीहरूले कथाले मागेको भन्ने गरेका छन् ।
आखिर कथाले यस्तो दृष्य किन माग्छ त ? कथा अर्थात् स्किृप्ट आकाशबाट खस्ने त होइन, आखिर लेखकले लेख्ने नै हो । अब स्किृप्टले मागेकै भए पनि कलात्मक तथा अप्रत्यक्ष रूपमा यस्ता दृष्यहरू क्यामेरामा कैद गर्न सकिन्छ । निर्देशकहरूले आफ्नो सिर्जनशीलता देखाउने भनेकै यस्तोमा हो । तर, नेपाली चलचित्रका निर्देशकहरूमा यस्तो क्षमता नभएको जस्तो पनि देखियो ।
कथाले मागेको भनेर प्रत्यक्ष नै देखाउने गरेका छन् कतिपय चलचित्र निर्माणकर्ताहरूले । कम बजेटमा नयाँ कलाकार लिएर हिंसा, बलात्कार, यौन उत्तेजनाका दृष्यहरूलाई प्राथमिकतामा राखेर चलचित्रहरू बनाउने गरेको पनि देखिन्छ । यसमा त कलाकारहरू पनि सचेत हुनपर्दछ । चलचित्रमा नायिका बन्न वा अनुहार देखाउनको लागि मात्र भए पनि जस्तो सुकै दृष्य दिन तयार रहने युवतीहरू पनि विकृतिका संवाहक हुन् । जसकका कारण चलचित्रहरूमा यौन उत्तेजनाका दृष्यहरूले प्रश्रय पाइरहेका हुन् । अश्लिल दृष्यहरू राख्दैमा चलचित्र हिट हुने, राम्रो व्यापार गर्ने भने होइन । चाहे बलिउडमा होस्, चाहे कलिउडमा होस् चाहे हलिउडमा नै किन नहोस अश्लिल चलचित्रहरूले राम्रो व्यापार गर्ने गरेका छैनन् ।
नेपाली चलचित्रको पाँच दशकको इतिहासमा नेपालमा पनि अश्लिल दृष्यहरू समावेस भएका धेरै चलचित्रहरू बनिसकेका छन् । तर, एकाधबाहेक अश्लिलता भएका चलचित्रहरूले राम्रो व्यापार गरेका छैनन् । केही बर्ष अगाडि बनेको चलचित्र चपली हाइटले भने राम्रो व्यापार गरेको थियो । चलचित्र चपली हाइट अश्लिल बेसमा बनेको चलचित्र हो । तर, चपली हाइट–२ ले भने राम्रो व्यापार गर्न सकेन । आफ्नो लगानीसमेत डुबायो । चपली हाइट हिट भए पनि त्यसमा अभिनय गर्ने कलाकारहरू भने चलचित्रमा टिक्न सकेनन् । नायिका बिनिता बराल चलचित्र क्षेत्रबाट नै टाढिएकी छिन् । नायिका बराल मात्र नभई अश्लिल चलचित्रमा अभिनय गरेक धेरै जसो नवनायिकाहरू पछिल्लो समयमा चलचित्र क्षेत्रबाट नै हराएका छन् ।
त्यसो त अश्लिल दृष्यहरू पछिल्लो समयका चलचित्रहरूमा मात्र राख्ने गरिएको होइन विगतका चलचित्रहरूमा पनि बेडसिनहरू, चुम्बनका सिनहरू लगायतका अंगप्रदर्शन राख्ने गरिएको पाइन्छ । नेपाली चलचित्र आमाको मायामा पनि कलाकार निलु रायमाझीले आफ्नो वक्ष देखाई बच्चालाई दूध चुसाएको दृश्य थियो । त्यस वेला पनि यसले ठूलै चर्चा पाएको थियो । आमाको मायापछि कलाकार निलु रायमाझी चलचित्रबाट नै हराइन् ।
सदावहार नायिका भनेर चिनिने करिश्मा मानन्धरले पनि आफ्नो पहिलो चलचित्र सन्तानमा कलाकार उज्वल घिमिरेसँग बेडसिन दिएकी थिइन् । त्यसवेला नायिका मानन्धरको निकै चर्चा भएको थियो । चलचित्रहरूमा चुम्बनको दृष्यहरू दिनेमा नायिका मानन्धर उदार छिन् भन्दा पनि फरक नपर्ला । नायिका मानन्धरले चलचित्र कस्तुरीमा नायक अजय शेखरसँग र मनकामनामा नायक शिव श्रेष्ठसँग प्रत्यक्ष चुम्बनका दृष्यहरू दिएकी थिइन् । त्यसैगरी, विजय–पराजयमा सरोज खनाल र रूपा रानाको बेडसिनले पनि त्यसवेला चलचित्र क्षेत्र तातेको थियो ।
तर विगतका चलचित्रहरूमा चुम्बनका र बेडसिनका दृष्यहरू भए पनि त्यति अश्लिल लाग्दैनथ्यो । चलचित्र सन्तानमा करिश्मा मानान्धर र उज्वल घिमिरेको बेडसिन र चलचित्र कथा काठमाडांैको प्रमोद अग्रहरि र प्रियंका कार्कीको बेडसिनमा धेरै अन्तर देखिन्छ । चलचित्र कथा काठमाडांैको बेडसिन अश्लिलताको पराकाष्ठा नै हो भन्दा पनि फरक नपर्ला । यसले पनि सोसल मिडियामा पोर्न साइटमा राखिएको होला ।
चलचित्रमा अन्तरंग दृष्य दिनेहरूमा धेरैजसो नवप्रवेशी नायिकाहरू देखिन्छ । कतिपय नवप्रबेसिहरू चलचित्रमा नायिका बन्नकै लागि निर्माणकर्ताहरूसँग जस्तो सम्झौता गर्न पनि तयार हुन्छन् भनेर चलचित्र क्षेत्रमा चर्चा हुने गरेका छन् । धेरैजसो नयाँ नायिकाहरू यस्तो दृष्य दिन सजिलै मान्ने भएकोले पनि अश्लिल चलचित्रहरूमा नव प्रवेशी नायिकाहरूलाई लिने गरिएको कतिपय चलचित्रकर्मीहरू बताउँछन् ।
अन्तरंग दृष्यहरू दिएर प्रवेश गर्ने नायिकाहरूले भने चलचित्रमा निरन्तरता दिन भने सकेका छैनन् । यस्ता नायिकाहरू एक–दुई चलचित्रहरूमा नै सीमित हुने गरेका छन् । चलचित्र ‘चपली हाइट’की बिनिता बराल, ‘चपली हाइट २’ कि परमिता राणा, चलचित्र ‘जिस्म’की अर्चना पनेरु, चलचित्र ‘एटिएम’की नयिकाद्वय जिया केसि र सरबिन कार्की, चलचित्र ‘विन्दास’की शुष्मा कार्की नायिका निर्मात्री शुभेच्छा थापा आदि नायिकाहरूले चलचित्रमा निरन्तरता दिन सकिरहेका छैनन् । त्यसो त कतिपय नायिकाहरूले चलचित्रमा निरन्तरताका लागि नै आफँैले चलचित्रहरू निर्माण गर्ने गरिरहेका छन् ।
चलचित्र भनेको स्वस्थ मनोरन्जनात्मक हुनपर्छ । अधिकाश दर्शकहरू मनोरन्नजका लागि चलचित्र हेर्ने बताउँछन् । आफ्नै परिवेशमा आफ्नै ठाँउ गाउँको कथामा व्यथालाई स्वस्थ मनोरञ्जनात्मक तरिकाले चलचित्रमा प्रस्तुत गर्नुपर्दछ । अश्लिल दृष्यहरू राख्दैमा, विदेशमा छायांकन गर्दैमा चलचित्र सफल र हिट हुने र राम्रो व्यापार गर्ने होइन । चलचित्र सफल बन्नको लागि कथा पटकथा र प्रस्तुतिमा विशेष ध्यान दिनुपर्ने हुन्छ आफ्नै परिवेशमा आफ्नै कथा व्यथा बोकेको स्वस्थ्य मनोरञ्जन भएका चलचित्रहरू धेरैजसो सफल भएका छन् । यसमा नेपाली चलचित्र निर्माणकर्ताहरूले, कलाकारहरूले पनि विचार पु¥याउनुपर्ने जरुरी देखिन्छ ।
प्रतिक्रिया