वन अतिक्रमण गरी बनाइएका घर भत्काइयो

सल्यान । सल्यानमा पछिल्लो समय वन विनाश बढ्न थालेको छ । कहीँ धमाधम वन फँडानी गरेर बाटो खनिँदै छ भने कतै वन अतिक्रमण गरेर घर टहरा बनेका छन् । यसरी वन विनास बढ्न थालेपछि डिभिजन वन कार्यालय सल्यानले वन विनास रोक्न पहल थालेको छ । जंगल अतिक्रम गरेर घर बनाएको जानकारी पाउनेबित्तिकै वन कार्यालयले भवन भत्काउन सुरु गरेको छ ।

केही दिनअघि जिल्लाको सिद्धकुमाख गाउँपालिका– १ बेलौती घारीमा पर्ने जलामारे सामुदायिक वनभित्र बनाएको घर डिभिजन वन कार्यालय सल्यानले भत्काइदिएको छ । वन अतिक्रमण गरी घर बनाएको थाहा पाएपछि सो स्थानमा वन कार्यालयका कर्मचारी पुगेर घर भत्काएको डिभिजन वन कार्यालय सल्यानका सहायक वन अधिकृत मेघनाथ काफ्लेले जानकारी दिएका छन् ।

वनभित्र खाली ठाउँ रहेको र सो स्थानलाई प्रयोग गरी करिब एक महिना अघिदेखि घर निर्माण गर्न लागेको आपूmलाई सूचना आउनासाथ आपूmहरू पुगेर घर भत्काएको उनले बताए । प्रचलित नेपालको कानुन अनुसार कुनैपनि वन क्षेत्रमा घर टहरा बनाउन नपाइने भएकाले भत्काइएको उनले जानकारी दिएका छन् ।

अहिले जिल्लाका अन्य स्थानबाट कुनै वन क्षेत्रमा घर टहरा बनाएकोे जानकारी नआएपनि आफुले जिल्लाका विभिन्न स्थानमा पुगेर केहि मात्रामा अनुगमन गर्ने पनि उनले बताएका छन् । अनुगमनका क्रममा यस्तो भेटिएमा घर भतकाईने र अटेरी गर्नेलाई कारवाही गर्ने समेत कार्यालयले जनाएको छ ।

यदि त्यस्तो कतै वन क्षेत्रभित्र घर टहरा बनाइएको पाइएमा डिभिजन वन कार्यालयमा खबर गर्न सहायक वन अधिकृत काप्mलेले सबैलाई आग्रह गरेका छन् ।यसैबिच स्थानीय तहले प्रकृया नपु¥याएर वन फँडानी गरी बाटो खन्ने कामसमेत हाललाई रोक्न लगाएको उनले बताएका छन् ।

प्रतिक्रिया