ग्रेट बुद्धिस्ट ट्रेल माउन्टेन बाइक र्याली हुने

काठमाडौं । ग्रेट बुद्धिस्ट ट्रेल साहसिक तथा अध्यात्मिक साइकल यात्राको दाश्रो संस्करण मार्च १७ देखि २० सम्म हुने भएको छ । उक्त यात्राबारे बुद्धिस्ट सर्कट डटकमले काठमाडौंमा पत्रकार सम्मेलन गरि यात्राको मिति घोषणा गरेको हो । नेवाः सभ्यता सुरु भएको विश्वास गरिएको स्वयम्भूनाथ चैत्य परिसरबाट सुरु हुने यात्रा शाक्य सभ्यताको एक महत्वपूर्ण स्थल लुम्बिनीमा पुगेर अन्य हुने आयोजकले जनाएको छ । यात्राको क्रममा पहिलो दिन सहभागीहरू स्वयम्भूबाट साइकल कुदाउँदै चन्द्रागिरी केवलकार स्टेशन पुग्नेछन ।

केवलकार प्रयोग गरी चन्द्रागिरी डाउनहिल राइड गर्दै कुलेखानी र दामन हुदैं हेटौंडा पुगेर सहभागीहरूको टालि बास बस्नेछ । दोश्रो दिननारायणघांट हुदै कावासोतीमा बास बसेर तेस्रो दिन देवदह, रामग्रामलगायत बौद्धस्थल हुंदै लुम्बिनीमा पुगेर यात्रा सम्पन्न हुने आयोजक संस्थाको तर्फवाट दीपक राईले जानकारी दिए ।

मार्च २० तारिखमा सवै यात्रीहरू साइकिलिङ प्रतिस्पर्धामा सहभागी हुनेछन् । मायादेवी पवित्र उद्यानलाई सात फन्को लगाई सहभागीहरूले ७७ दशमलव ७७ किमीको दुरी पार गर्नेछन् । प्रतियोगीतामा सहभागीमध्ये पुरुष र महिला गरि दूई विधामा पुरस्कार वितरण गरिने छ, जस अन्र्तगत प्रथम हुनेलाई ७७ हजार ७ सय ७७, दाश्रो हुनेलाई ५५ हजार ५ सय ५५ र तेस्रो हुनेलाई ३घ हजार ३ सय ३३ रूपैयाँ नगद र प्रमाण पत्र प्रदान गरिने बताइएको छ ।

उक्त र्यालीका परिकल्पनाकार तथा संस्थापक बिक्रम पाँडेले सन २०१३ को विश्व पर्यटन दिवशको दिन उद्घाटन गरिए पनि देशको रानीतिक अवस्थाका कारण सुरु गर्न नसकेको र गत वर्ष देखि निरन्तरता पाएको बताए । उनले भने, ‘देशमा पर्यटन विकास गर्न यस कार्यक्रममा सहभागीहरूको महत्वपूर्ण भूमिका रहनेछ, गौतम बुद्ध बारे भारत फिजाएका हल्लाहरू चिर्न यो कार्यक्रमले अझैं भुमिका खल्ने छ ।’ साथै, उनले प्रचारमा नआएका पर्यटकीय स्थलहरूको परुचार प्रसार गर्न यस कार्यक्रमको रुटले प्रभावकारी भुमिका खेल्ने बताए । यस कार्यक्रमलाई निरन्तता दिंदै जाने र आगामी दिनहरूमा अन्र्तराष्ट्रिय जगतको समेत सहभागिता बढाइदै लगिने उनले बताए ।

यस र्यालीमा सहभागी हुन ३ हजार र रेसमा सहभागी हुन ६ हजार तोकिएको छ । जसको लागि इच्छुकले सहभागिताको फाराम भर्न सक्नेछन् । गत वर्ष गरिएको पहिलो कार्यक्रममा ५० भन्दा बढी राइडरहरूको सहभागिता रहेको बताइएको छ ।

प्रतिक्रिया