लुकेर बस्ने १ सय २९ भारतीय विद्यार्थी पक्राउ

वासिंगटन । अमेरिकामा गैरकानुनी रूपमा बसेको भन्दै १ सय २९ जना भारतीय विद्यार्थी पक्राउ परेपछि भारतीय र अमेरिकी कुटनीतिक सम्बन्धमा तिक्तता देखिएको छ ।

अमेरिकी सरकारले गत साता पक्राउ गरेका १ सय ३० जना विदेशी विद्यार्थीलाई आफू आपराधिक कर्ममा संलग्न रहेको पूर्वजानकारी रहेको अमेरिकी अधिकारीको दावी छ ।

जब कि, अमेरिकी गृह मन्त्रालयले मिचिगन राज्यमा ‘युनिभर्सिटी अफ फर्मिंग्टन’ सञ्चालन नै गरेको थियो । सन् २०१५ मै सुरु गरेको यस विश्वविद्यालयमा १ सय २९ भारतीय सहित १ सय ३० विदेशी विद्यार्थी अध्ययनरत थिए ।

उनीहरूलाई नै अमेरिकी सरकारले गत साता पक्राउ गरेको हो । अमेरिकी सरकारका अनुसार उसले ‘ईमिग्रेशस फ्रड’को खुलासा गर्न यसो गरेको हो ।

साथै उक्त विश्वविद्यालयमा भर्ना गरेका ती सबै विद्यार्थी गैरकानूनी रहेको पनि अमेरिकी अधिकारीले बताएका छन् । उक्त विश्वविद्यालयमा पढाउने कुनै प्राध्यापक समेत नभएको जानकारी हुँदा हुँदै भर्ना भएको कुरालाई अमेरिकी गृह मन्त्रालयले उनीहरूलाई ‘ईमिग्रेसन फ्रड’मा संलग्न रहेको बताएको छ ।

यता भारतीय अधिकारीले भने भारतीय विद्यार्थीहरूलाई उक्त विश्वविद्यालयबारे जानकारी नभएको हुनसक्ने भन्दै विद्यार्थीको पक्षमा वकालत गरेका छन् ।

खासगरी, ‘स्टुडेन्ट भिजा’मा अमेरिका पुगेका विदेशी विद्यार्थीले आफ्नो पढाइ सकिएपछि पनि यहाँको बसाइ लम्ब्याउन आधिकारिक प्रमाणविनाको विश्वविद्यालयमा भर्ना भएका हुन् । अमेरिकी सरकारले ती विद्यार्थीहरूबारे कानुनी प्रक्रिया अघि बढाइने पनि उल्लेख गरेको छ ।

प्रतिक्रिया