शासकीय सुधार सकारात्मक दिशा

भ्रष्ट र गैरजिम्मेवार व्यक्तिको अधिकार खोस्न डराउनु हुँदैन । राज्यका नेता असल हुनुपर्छ, खराव सल्लाह दिनेलाई च्यूत गर्न सक्नुपर्छ । सभानायक राम्रो र सुयोग्य नभए सभा कसरी सुव्यवस्थित हुन्छ । त्यस्तै, मुलुक हाँक्ने ठीक नभए अरू कसरी ठीक हुन्छन् ? हाम्रो मान्छे भन्न छोडेर राम्रो मान्छेको सल्लाह लिइनुपर्छ, अनुहारले होइन अनुभवले हुन्छ राम्रो । कपाल दुई किसिमले फुल्छ मान्छेको घामले र कामले

आधुनिक समयमा राज्यले सुशासनको नारा लिएको हुन्छ । प्राचीन राज्यले स्वर्णीम अर्थात् जताततै सुख शान्तिको नारा लिने गथ्र्यो । आम जनताको संकट मुक्ति नै राज्यको कर्तव्य हो । शान्ति र सुरक्षा न्यूनतम वातावरणको प्रत्याभूति दिन नसक्ने राज्यलाई कसले विश्वास गर्छ ? संकटको समय कष्ट, दुःख सहनै पर्छ । टाढा नजाऔँ ०७२ को महाभूकम्पमा कत्रो संकट ? आमनेपालीहरूले येनकेन सहेरै आए । लगत्तैको आर्थिक नाकाबन्दीले के हालत गरायो ! जबरजस्त सहेरै आए । धैर्य गुमाएनन् । विकल्प पनि थिएन । आन्तरिक द्वन्द्वमा पूरै दस वर्ष बढी सहेरै बिताए ।

त्यसपछिको समय डेढ दशक संक्रमणकालमा यस्तै हुन्छ भनेर पचाए, सहेरै बिताए । नयाँ संविधान आयो, संघीयता आयो, गाउँगाउँमा सिंहदरबारको नारा चल्यो, करको मारमा परे नेपालीहरू, कुनै पूर्वाधार नभएको, झाडी जंगल, बाटोघाटो नभएको ठाउँ जहाँ दुम्सी चर्छन्, बाघ लाग्छ, बस्ती उजाड् छ त्यहाँ नगरपालिका क्षेत्र घोषणा गरियो । काठमाडौं महानगरभित्रै पनि बाटोको दुर्दशा कहालीलाग्दो छ । सडक गल्ली जहाँ दमकल, पानीको ट्यांकर, ट्याक्सी, मोटरसाइकल, साइकल, फोहोरको गाडा, ग्याँस सिलिन्डर गुड्न सक्दैन, असक्त, बिरामीलाई निकास छैन । यो दूरावस्थाका बीच महानगरमा बाँचेका छन् आम नागरिकहरू निस्सासिएर धेरै ठाउँमा ।

राज्यमा कोही कसैको निन्दा हुँदैन । सत्य, निष्ठा, इन्द्रीय दमन, दयालु भावना, स्नेह, मित्रता सबैैमा हुनु जरूरी छ । अहिले जतिसुकै सभ्य, धनी, कुलीन, सुविधा सम्पन्न व्यक्ति भने पनि पुर्खा, पुस्ताले धेरै दुःख खेपे । पुर्खाले आर्जन र स्थापना गराएको वस्तु विविधतालाई हामीले गर्वका साथ लिनु र सम्मान गर्नुपर्छ । कुटिलता हुनुहुन्न । सरलताले अमरताको निम्तो दिन्छ । बुद्धि सबैसँग हुन्छ । विवेक सबैसँग नहुन सक्छ । समयको पहिचान व्यक्तिको चिनारी हो,मुलुकको पनि ।

राज्यले यस्तो वेला बल प्रयोग पनि गर्नुपर्छ । भनाइको अर्थ नेतृत्व बलियो हुनुपर्छ, अव्यवस्थासँग मुकाबिला गर्न । भ्रष्ट र गैरजिम्मेवार व्यक्तिको अधिकार खोस्न डराउनु हुँदैन । राज्यका नेता असल हुनुपर्छ, खराव सल्लाह दिनेलाई च्यूत गर्न सक्नुपर्छ । सभानायक राम्रो र सुयोग्य नभए सभा कसरी सुव्यवस्थित हुन्छ । त्यस्तै मुलुक हाँक्ने ठीक नभए अरू कसरी ठीक हुन्छन् ? हाम्रो मान्छे भन्न छोडेर राम्रो मान्छेको सल्लाह लिइनु पर्छ, अनुहारले होइन अनुभवले हुन्छ राम्रो । कपाल दुई किसिमले फुल्छ मान्छेको घामले र कामले ।

सान्त्वना र मीठो बोली आवश्यक छ तर नेतृत्वले सधैँ सान्त्वना र मीठो बोलेर मात्रै राज्य सुशासित हुँदैन । समन्याय हुनुपर्छ । आकाशमा ९ ग्रह छन्, न्यायाधीशका रूपमा गनिने शनि, राहु, केतुलाई पापग्रहका रूपमा लिइन्छ । सबैको राजा सूर्यलाई त्रूmर ग्रहका रूपमा हेरिन्छ । भूमिपुत्र राज्यको प्रतीक ग्रह मंगललाई पनि त्रूmर ग्रहका रूपमा लिइन्छ । राज्यको नेतृत्व भित्री रूपमा सौम्य हुनुपर्छ । आवश्यकता अनुसार बाहिर पाप या त्रूmरका रूपमा देखाउन सकिन्छ ।

बुध, बृहस्पति, शुक्र, चन्द्र ग्रह बाहिर भित्रै सौम्य ग्रह छन्, त्यसैले यी ग्रहहरूलाई गुरूका रूपमा हेरिन्छ । चिप्लो बोलेर कैंची काट्नेहरूको जमात सबैतिर हुनसक्छ । टुप्पोमा चढाएर फेद काट्नेको जमात समूह पनि सबैतिर हुनसक्छ । अरूलाई पर्दा वेदान्ती आपूmलाई पर्दा मरणान्ती हुनेको जमात पनि हुनसक्छ । व्यक्ति एक्लै छ, गुटमा, समूहमा छैन भने पनि उसको असल तर्कलाई आत्मसात् गरिनुपर्छ, किनभने असल विद्वान् भीडको राजनीतिमा नफस्न चाहन्छ । सबै कुरा बहुमतले ठीक हुन्छ भन्ने होइन, अल्पमत छ, सही छ भने स्वीकार पनि गर्नुपर्छ । मुलुकमा धेरै असल विद्वान् विदुषीहरू छन् तर भीडमा बाहिर आउन चाहँदैनन् । राज्यले त्यस्ताको पहिचान गर्नु श्रेयस्कर हुन्छ ।

मुलुकको सीमाना सुरक्षित होस् । दुर्गा संरक्षित होस् । दशैंमा दुर्गा कवच् किन पढ्ने ? दुर्गा भनेको किल्ला हो । बाउन्ड्री हो । कवच् भनेको कब्जा हो, कीलक भनेको किल्ला हो । काँटी, कब्जा, आग्लो (अर्गला) भएको घर बलियो बनेझैँ, नियम, कानुन, विधान, संविधान भएको राज्य सुरक्षित, संरक्षित हुन्छ । व्यक्तिको हकमा पनि यही लागू हुन्छ । समूह, समाज, समुदाय र राज्यको पनि यही हो । गरीब, असहाय, दीन, दुःखीको सम्मान, अपांग, वृद्ध, असक्तको विशेष सुविधा, अनाथको रक्षा, विधवा एकलको विशेष संरक्षण, महात्मा, साधु–सन्तको सुरक्षा, संरक्षण, विकेन्द्रीत राज्य प्रशासन, सहर बाक्लो बस्तीमा खुल्ला स्थान, सरसफाइ, ढल, पानीको उचित प्रबन्ध, बत्ती, बिजुलीको प्रबन्ध, नागरिकक मौलिक हकको व्यवहारिक प्रत्याभूति, आत्मसम्मानको वातावरण, उद्योग वाणिज्यको राम्रो प्रबन्ध, राष्ट्रिय अन्तर्राष्ट्रिय पहुँचको सुविधा, सामान्य नाना, खाना, छानाका लागि सुनिश्चितता, शिक्षा र स्वास्थ्यको सर्वसुलभता यति हुन् राज्यले दिनु पर्ने । सामान्य यस्तो सुलभ वातावरण तय भए मानिस क्रन्दित हुँदैन, रूँदैन, आन्दोलन गर्दैन, तँछाड मछाड गर्दैन, उद्वेलित हुँदैन, कुण्ठित हुँदैन, सबैप्रति सबैको भरोसा सधैँका लागि हुन्छ नै ।

अनावश्यक कर थोपरेर, जनताको पसिनामा पौडी खेल्दै पजेरो, प्राडो चढ्दै, जुन थालमा खायो उही थालमा चुठ्दै गर्ने, अपरिपक्व राजनीति गर्ने, चुनावमा मात्र जनता जनार्दन सम्झने, आए आँप गए झटारो भन्ने, लागे लाग्छ मोहनी नभए घरैमा भन्ने, निर्दयी, धोकेवाजहरूको असल चित्र समाजले चिन्न सक्नुपर्छ । चित्र मात्रै हेरेर हुन्न चरित्र हेनुपर्छ । । हैसियत र आम्दानी अनुसार कर लगाइनु पर्छ, जहाँ आय छैन त्यहाँ कर थोपर्दा पीडा हुन्छ, दूध बाछालाई होस्, गोठालालाई पनि होस् । बाछो मारेर गोठालाले दुध चो¥यो भने राम्रो हुन्न । आम नागरिकको सत्तो सराप खाएर सामाजिक सञ्जाल, पत्रपत्रिका, श्रव्यदृश्यमा आएका मत अभिमत, राय, प्रतिक्रियालाई कुल्चेर फलाना संस्थालाई विवादमा नल्याऊ, ढिस्कानालाई यस्तो नगर भनेर कुर्लेर मात्र हुँदैन ।

जनमतको कदर नगर्नेलाई ढुकुटीको साँचो सुम्पेर के हुन्छ ? छाडा साँढेभैंm कुर्लने, आफ्ना मान्छेलाई राज्य ढुकुटीबाट पोस्ने, अर्कालाई पाखा लगाउने, मौकामा चौका दाउ नहानी हुन्छ भन्ने सोच बोकेकाले अन्ततः नाङ्गिनु पर्छ भन्ने हेक्का राख्नै पर्छ । अभिमानले लक्ष्मी खुशी हुन्नन् । अधिकारको दुरूपयोग र लक्ष्मीको दुरूपयोग एउटै कुरो हो । आर्थिक क्रियाकलाप बढाउन रोजगारका क्षेत्रमा लगानी गरिनुपर्छ । उत्पादन र उत्पादकत्व वृद्धि गरिनुपर्छ । व्यापार पनि धर्म हो तर कार्टेलिङ , मुनाफाखोरी, मिसावट धर्म होइन । बजारबाट एकाएक सामान हराइन्छन्, गायब हुने गर्छन्, लुकाइन्छन् ।

सधैँ राज्यले बजार हस्तक्षेप गर्न सक्दैन । उपभोक्ताको हित व्यापारीको पनि दायित्व हो । व्यक्ति व्यक्तिलाई प्रहरी लगाउन सम्भव छैन । सडकमा ट्राफिक बसे जस्तै पसल पसलमा पुलिस बस्न सक्दैन । कर्तव्य राज्यको मात्र होइन, नेताको मात्रै होइन, सबैको हुन्छ । व्यक्तिको, समूहको, व्यापारीको, उद्योगीको, आम नागरिकको सबैको । सेवामा अपराध गर्न मिल्दैन । राज्यले धेरै काम निजी क्षेत्रलाई सुम्पेको छ तर निजी क्षेत्रले आफ्नो मुनाफा मात्रै होइन दायित्व पनि बुझ्नु जरूरी हुन्छ ।

निजी क्षेत्र मिल्ने, राज्यलाई घुँडा टेकाउने अनि सबै काम राज्यले गरिदिनपर्छ भन्ने सोच्नु हुन्न । निजी क्षेत्रको उत्साहले नै आजको संसारले हिजोको दिनबाट कोल्टो फेरेको हो । आज निजी क्षेत्र सबैतिर अग्रसर छ, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, सूचना, सञ्चार, प्रविधि, निर्माण, यातायात, बैंकिङ क्षेत्र जताततै निजी क्षेत्र अघि सरेको छ । विकसित मुलुकमा पनि निजी क्षेत्रबाट राम्रा र उत्साहित कामहरू भएका छन्, विकासको गति तिव्र छ । राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्जाल पैmलिएको छ । राज्य भन्नु मुटु हो, यसको गति चलायमान हुन निजी क्षेत्र शरीर बन्नुपरेको छ ।

राज्यले वातावरण सुरक्षित गरिदिने मात्र हो, काम गर्ने अंग प्रत्यंग सबै निजी क्षेत्र हुन् । नीति निर्माण राज्यले गर्ने हो, कार्यान्वयन प्रशासनिक राज्य संयन्त्रको सहकार्यमा निजी क्षेत्रले नै गर्ने हो । राज्य सञ्चालन पनि सीप हो । सीप र दक्षता विना कुनै पनि कामको परिणाम राम्रो आउँदैन, मुढेबलले केही हुँदैन तर बल विना कायर भएर पनि राज्य सञ्चालन हुन सक्दैन । साम, दाम, दण्ड, भेद सबै कुराले राज्य पूर्ण हुनै पर्छ । ठूलाको आडमा, आफन्तको आडमा, सत्ताको आडमा भ्रष्टाचार गर्न कसैले पाउनु हुँदैन । सार्वजनिक पद साझा पद हो, कसैको पेवा होइन, स्वाद र सत्ताको दुरूपयोग हुनु हुँदैन । राज्यका लागि समर्पित सुरवीरलाई स्वर्ग मिल्छ, कायरलाई नरक । हिजोका दैवी ऋषि, महर्षिहरूले यही भनेका थिए ।

यही जनकपुर क्षेत्र हो जहाँ सीताको जन्म भयो, उनका पिता जनकको राज्यमा चोरी भएन, हिंसा भएन, युद्ध भएन, सधैँ सत्संग हुने गथ्र्यो । राज्य संचालन बारे विज्ञहरूबाट वहस हुन्थ्यो । जनक आफैँ प्रवचन गर्थे, आम नागरिकलाई अर्ती, उपदेश दिन्थे, मांस, मदिरा, खेलबाड, झुठ नीति, कुटनीति कहिले हुँदैनथ्यो । पशुपंक्षीहरू पनि, वरवृक्षहरू पनि ज्ञान भनौँ वेदान्तका भाषा बोल्थे । आज हाम्रो युग यस्तो छैन, त्यो स्वर्णीम युगमा कसैलाई रोग, भोक, शोक थिएन ।

सुन चाँदीका भाँडाकुँडाहरू बाहिरै हुन्थे, कोही कसैले घरभित्र बस्दा बाहिर ताल्चा लगाउनुपर्ने थिएन । आज हेरौँ, राजधानी मात्रै होइन सबैजसोतिर ढोका बाहिर ताला लगाइएको हुन्छ, भित्र कोठामा, तलामा मानिसहरू बसेका हुन्छन् । ग्रील ढोकाले यसो गर्न सजिलो बनाएको छ, एक अर्काप्रति विश्वासको संकट भएरै त यसो भएको हो । ७२ को भूकम्प आफू भित्र, ढोकाको साँचो नभेटिएर बरन्डाबाट, छतबाट हामफाल्दा कतिको ज्यान गयो, हातखुट्टा भाँचिए, लामो समय बिरामी परे । घर भत्केर ज्यान त गुम्यो नै तर घर सुरक्षित भयो कतिकोे । काल निम्तो दिएर आउँदैन । दुष्टले त सद्गुणमा पनि दोषारोपण गर्छ । पूmलको आँखामा पूmलै संसार हुन्छ । हेर्ने दृष्टिकोणमा भर पर्छ । कस्तो चस्मा लगाएर हामीले बाहिरी संसार हेरेका छौँ, त्यसमा निर्भर हुन्छ । देखिएको कुरा पनि सधैँ सत्य नहुन सक्छ । एकपटक श्रीकृष्णले युधिष्ठिर र दुर्योधनलाई एकै ठाउँमा बोलाएर भनेका थिए ।

श्रीकृष्णले भने, ‘युधिष्ठिर संसार घुमेर आऊ त कस्तो लाग्दछ तिमीलाई ?’ युधिष्ठिर लामो समय लिई धेरै क्षेत्र घुमेर आए । दुर्योधन पनि हिँड्डुलमा कम थिएन । धेरै दिन लगायो उसले, फर्केर आयो । श्रीकृष्णले दुर्योधनको कालो नीलो अनुहार देखे । क्रोध र हिंसाको प्रतीक थियो ऊ । कृष्णले सोधे, ‘कस्तो लाग्यो संसार ?’ दुर्योधनले उत्तर दियो, ‘अँध्यारो, अशान्त, चित्कार, क्रन्दन, उजाड, कतै जाडो, कतै गर्मी असह्य, नराम्रो, कहीँ पनि एउटा संकेत पनि राम्रो पाइन मैले ।” कृष्णले सँगै राखेर युधिष्ठिरलाई सोधे’ ‘भन युधिष्ठिर कस्तो लाग्यो संसार ?”

धिष्ठिरले उत्तर दिए, ‘आहा ! कति राम्रो, सुगन्धित पूmलहरू मगमग फुलेका, जहाँ हे¥यो त्यहीं राम्रो, धर्ती उर्वर, चिरिच्याट्ट देखेँ मैले । जताततै शान्त, शुद्ध, बुद्ध, कोही न्यासमा, कोही ध्यानमा, कोही उपकारी काममा, सेवा हि परमोधर्म, नराम्रो केही छ कि भनेर रात साँझ पनि घुमेँ म तर त्यतिबेला पनि मानिसहरू सबै सत्कर्ममा लागेको पाएँ, संसारमा सबै काम सकारात्मक, सबै राम्रा, कोही कसैमा चित्कार छैन, क्रन्दन छैन । यसरी एउटै परिवेश तर हेर्ने दृष्टि फरक हुँदा एउटालाई राम्रो लाग्यो ,अर्कोलाई नराम्रो ।

प्रतिक्रिया