वडा कार्यालय निर्माण तीव्र रूपमा

पाँचथर । फिदिम नगरपालिका–२ को वडा कार्यालय निर्माण तीव्र रूपमा निर्माण भइरहेको छ । संघीय संरचनासँगै वडा कार्यालयहरू स्थापना हुन लागेको हो ।

पाँचथर फिदिम नगरको १४ वडा मध्ये आठ ओटा भवन कार्यालयहरू धमाधम युद्धस्तरमा निर्माण हुन थालेको वडा–२का वडा सरकार सुकपाल तुम्वापोले जनाए । प्रत्येक वडा कार्यालयहरू निर्माणका लागि नगरले ३५ लाख रकम विनियोजन गरको छ । वडा–२ कार्यालयका लागि नगरपालिकाले ३५ लाख विनियोजन भएको निर्वाचित वडासदस्य नारायण बजगाइँले जनाए ।

फिदिम–२ वदिनमा रहेको १ रोपनी ६ आना जग्गा निःशुल्क आसराज तुम्वापोले उपलब्ध गराएका हुन् । बन्न लागेको भवन ६ कोठे एक तले हुने भएको छ । बन्दै गरेको वडा कार्यालय आगामी बैशाखमा कार्यालय सञ्चालन हुने गरी निर्माण सकिने निर्माण समितिका अध्यक्ष सन्तोष थापाले जनाए ।

नगर सरकारले नगरपालिकाको साँघुरो कोठाबाट नागरिकलाई सेवा दिइरहेको छ । त्यस्तै वडा–५ मा पनि पूर्व गाविसको नाममा भएको जग्गामा वडा कार्यालय धमाधम बन्दै गरेको वडाध्यक्ष लीलाराज तुम्वापोले जनाए । त्यससँगै दुई वडा कार्यालय नजिकै रहेको ऐलानी सरकारी जग्गामा हेलिप्याडको व्यवस्थाका लागि नगरले पाँच लाख रकम छुट्याएको वडाध्यक्ष सुकपाल तुम्बापोले जनाएका छन् ।

बिरामीहरूका लागि हेलिकोप्टर चार्टर गरी उपचार गर्न लैजाने र ल्याउने नागरिकका लागि स्वास्थ्यसहित अन्य आवश्यकता पूर्ति हुने जनाइएको छ । नगरमा अन्य कुनै ठाउँमा हेलिप्याड नभएको र मेची राजमार्ग नजिकै भएको ठाउँ छनोट गरी प्याड निर्माण हुन लागेको हो ।

प्रतिक्रिया