ज्योति विकास बैंकले थप्यो ५ शाखा

काठमाडौँ । ज्योति विकास बैंक लि.ले सर्लाहीको हरिवन, सप्तरी जिल्लाको रूपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा माघ १६ गते एकैदिन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । हरिवन नगरपालिका वडा नं ११, हरिवनमा रहेको नयाँ शाखाको औपचारिक हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईं तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उद्घाटन गरे ।

त्यसैगरी, रूपनी गाउँपालिका १, रूपनीबजारमा रहेको नयाँ शाखाको रूपनी गाउँपालिकाका मेयर हरेराम यादव तथा बैंकका सञ्चालक छत्रमान श्रेष्ठ र बारा जिल्लाको परवानीपुर गाउँपालिका ३ मा रहेको नयाँ शाखाको नेपाल राष्ट्र बैक विरगञ्जका निर्देशक रविन्द्र महर्जन तथा बैंकका सञ्चालक ध्रुव कोइरालाले संयुक्त रूपमा उद्घाटन गरे ।

निजगढ नगरपालिका ९, सहिदचोकमा रहेको नयाँ शाखा औपचारिक रूपमा प्रमुख अतिथि निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनाल तथा बैंकका सञ्चालक नारायणप्रसाद पौड्यालले उद्घाटन गरे । त्रियुगा नगरपालिका ११, गाईघाट उदयपुर मा रहेको शाखाको पनि औपचारिक एद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी तथा बैँकका सञ्चालक जगदिश्वरप्रसाद अधिकारीले संयुक्त रूपमा गरेको सहायक महाप्रबन्धक रामहरि आचार्यले जानकारी दिए ।

प्रतिक्रिया