जर्ज फर्नानडिजको निधन

नयाँदिल्ली । भारतका पूर्व–रक्षामन्त्री जर्ज फर्नानडिजको निधन भएको छ । उनको ८८ वर्षको उमेरमा दिल्लीको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । कर्नाटकमा उनका भाइ माइकल फर्नाडीसले जर्ज फर्नानडिजको निधन भएको बताए ।

माइकलले भने,‘जर्ज फर्नानडिजलाई स्वाइन फ्लु भएको थियो, उनको स्वास्थ्य आवस्थमा सुधार आइरहेको थियो,तर आज बिहान ६ बजे उनको स्वास्थ्य अवस्थामा खराबी आएपछि दिल्लीको एक अस्पतालमा भर्ना गरिएपछि उनको उपचारको क्रम निधन भएको हो ।’

राष्ट्रियस्तरमा जर्ज फर्नानडिजको सबैभन्दा पहिला सन् १९६७ मा चर्चा भएको थियो । जब उनले मुम्बइ दक्षिण लोकसभा सीटमा कांग्रेसका उम्मेद्वार नेता एसके पाटिललाई पराजित गरेका थिए । त्यही समयदेखि उनको नाम ‘जार्ज द जायंट किलर’ राखिएको थियो । तत्कालीन समयमा जार्ज फर्नाडिस मुम्बाई म्युनिसिपिल काउन्सिलमा काउन्सेलर थिए ।

प्रतिक्रिया