नेपालको फराकिलो जित : रोहितको कीर्तिमान, सोमपालको पाँच विकेट

काठमाडौं । नेपालले शनिबार दोस्रो एकदिवसीय खेलमा संयुक्त अरब इमिरेट्स (युएई ) माथि १ सय ४५ रनको रबाफिलो जित हात पार्दै तीन खेलको शृंखला बराबरीमा ल्याएको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपालले युएईलाई ३ विकेटको नतिजा सुम्पिएको थियो । नेपालले प्रस्तुत गरेको २ सय ४४ रनको लक्ष्य पछ्याएको युएई १९.३ ओभरमा मात्र ९७ रनमा सीमित भएको थियो । सोमपाल कामी एकदिवसीय क्रिकेटमा ५ विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बने । सोही खेलमा नेपालका युवा ब्याटस्म्यान रोहित कुमार पौडेल विश्व क्रिकेट इतिहासमा पुरुषतर्फ अर्धशतक पुरा गर्ने सबै भन्दा कान्छो खेलाडी बनेका छन् ।

रोहितले शनिबार दुबईस्थित आइसीसी एकेडेमीको मैदानमा भएको युएईविरुद्धको दोस्रो एक दिवसीय खेलमा अर्धशशतक पुरा गर्दै भारतका सर्वकालिन ब्याटस्म्या सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीलाई पछि पारेका हुन् ।रोहित १६ वर्ष र १ सय ४६ दिनमा यो कीर्तिमान तोडका हुन् ।

यसअघि यो कीर्तिमान टेस्टतर्फ तेन्दुल्करको र एक दिवसीयतर्फ अफ्रिदीको नाममा थियो ।तेन्दुल्करले १६ वर्ष २ सय १३ दिनमा पाकिस्तानविरुद्धको टेस्टमा ५९ रन जोड्दै कीर्तिमाना राखेका थिए । अफ्रिदीले १९९६ अक्टोबर ४ मा १६ वर्ष २ सय १७ दिनमा श्रीलंकाविरुद्ध डेब्यु खेलमै उत्त कीीर्तमान राखेका थिए । यद्धपी अन्तर्राष्ट्रिय क्रिकेटमा सबै भन्दा कम उमेरमा अर्धशतक पूरा गर्ने कीर्तिमान दक्षिण अफ्रिकाकी जोमारी लोतेन्बर्गको नाममा रहेको छ ।

यता, लक्ष्य पछ्याएको युएईका लागि मोहम्मद उस्मानले सर्वाधिक २६ र ओपनर असफाक अहमदले २० रन जोडे । कप्तान मोहम्मद नाविदले १९ र सिपी रिजवानले १६ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोरोहो अंक छुन सकेनन् ।

सोमपालले ६.३ ओभरमा १ मेडन ओभरसहित ५ विकेट लिँदा सन्दीपले ४ ओभरमा १ मेडन ओभरसहित २४ रन खर्चंदै ४ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४३ रनको योगफल तयार पारेको थियो ।

पहिलो विकेटका लागि ओपनर ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले ६१ रनको साझेदारी गर्दै नेपाललाई गतिलो सुरुआच दिलाएका थिए । ज्ञानेन्द्रले ६१ बलमा ४ चौकाको मद्दतमा ४४ र विनोदले ४६ बलमा २ चौकाको मद्दतमा २१ रनको योगदान गरे । कप्तान पारस खड्का २१, दीपेन्द्रसिंह ऐरी १० र पवन सर्राफ ८ रनमा पवेलियन फर्किएपछि नेपालले गतिलो सुरुआतका बावजुद ठोस साझेदारीलाई निरन्तरता दिन भने सकेको थिएन ।

तर छैटांै विकेटका लागि आरिफ र रोहितले ८२ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए । ५८ बलको सामना गरेका रोहितले ७ चौकाको मद्दतमा ५५ रनको योगदान गर्दा आरिफले ४९ बलमा २ चौकाको मद्दतमा २९ रन जोडे । त्यस्तै करणले १८ र सन्दीपले १४ रनको योगदान गरे ।

युएईका आमिर हायात र इमारन हैदरले समान २ तथा नाविद, अहमद र खानले समान १ विकेट लिए । शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

प्रतिक्रिया