नेपाली राष्ट्रियताको यक्ष प्रश्न

राष्ट्रियता भन्नु भूगोल मात्रै होइन । मुटु पनि हो । माया विना मुटुको धड्कन चल्न सक्दैन माया भन्नु स्वदेशको माया हो, स्वदेशीपन हो । नेपाल अरूको उपनिवेशमा परेन तर आर्थिक औपनिवेशिकता, परनिर्भरता, भाषिक औपनिवेशिकता, आयातित संस्कृतिले मुलुकको राष्ट्रियतालाई गल्र्यामगुर्लुम ढालेको छ । मुलुकमा रोजगारी छैन । स्वेच्छा वा विवशताले नेपालीहरू विदेसीएका छन् । बूढाबा आज घर गोठको चिस्यानमा छन् । छोरो जापानमा छ, बुहारीलाई लन्डनको चिसोले छोला भन्ने डर छ । छोरी कोेरिया छिन् उनका पति अर्थात् जुवाँई कतारमा छन् । सालो बैंककमा छ, साली अस्ट्रेलियामा । सासु–ससुरा सम्धीहरू यतैउतै सहरमा कोठा खोजी बसेका छन् 

मुलुकको राष्ट्रियता कमजोर भएको छ । सुगौलीको सन्धिपछि कायम भएको मेची महाकाली भूगोल हामीले दरिलो र भरिलो बनाउनै पर्छ । सीमा विवादको प्रसंग खुलेर बाहिर आएको छ । दक्षिणतर्फको हाम्रो मितेरी साइनो मजबुत हुनु पर्छ । सुगौली सन्धिपछि मुलुकमा भक्तिधाराको प्रवाह बढेको हो । भानुभक्तले रामायणलाई त्यतिकै लोकभाषामा उजागर गरेका होइनन् ।

राष्ट्रियताको मियो राजनीतिमै हुन्छ । केही दशक यतादेखि राजनीति रंगकर्मीहरूको थलो बनेको छ । भारतीय जमिन खासगरी दिल्ली । सानोतिनो झरीमा पनि दिल्लीको छाता नओढी सुख छैन । चालु नयाँ राजनैतिक परिवेशको सुत्रपात बाह्रबुँदे सम्झौता दिल्लीमै भएको थियो । नेताहरूले उतै पढे, उतै हुर्के, उतै साथीभाइ बनाए ।

खानपिन, बस्उठ्, रहनसहन सबैतिर सिकियो । यताबाट निर्वासित हुँदा होस् वा स्वतन्त्र जीवन यापन गर्दा होस्, भाषा संस्कृतिले डोर्याएर होस् सामाजिक परिवेश बिहाबारी, लेनदेन, आर्थिक लेनदेन बजार विविधीकरण या भनौँ धार्मिक, सांस्कृतिक परिवेशले नेपाल भारतको सम्बन्ध पुरानै युगदेखि प्रगाढ रहिआएको छ ।

उत्तरतिर भृकुटीको नामले दक्षिणतिर सीताको नामले पनि धार्मिक, अध्यात्मिक क्षेत्र, नारायणी विश्वनाथ होस् या पशुपतिनाथ, चारैधाम होस् या द्वादश ज्योतिर्लिंग, पिण्ड पानीदेखि मुक्तिक्षेत्रसम्म जनकपुर होस् या अयोध्या नेता बिपी, जिपी. ,बाजपेयी । गान्धी, नेहरू पुराना नयाँ पुस्तादेखि मोदी युगसम्म नेपाल भारतका सम्बन्ध चिसो तातो हुँदै गर्मी, ठन्डा हुँदै, अध्ययन, अवलोकन, आरोह, अवरोह हुँदै लामो इतिहासदेखि हालसम्मको धरातलमा आइपुगेको छ । पटकपटकको सीमा विवाद, आर्थिक नाकाबन्दी कुनैवेला भात भान्सा बन्द स्वासप्रस्वास रोकिँदा पनि अबोध बालकझै निरीहझै बस्यौँ हामी भक्ति र भजन गर्दै । अधिकांश हाम्रो अर्थ बजार आयात निर्यात भारतीय भूमिको विकल्प छैन आजसम्म ।

भूपरिवेष्ठित भूमिको कारण मात्र राष्ट्रियता कमजोर भएको भन्ने पक्कै होइन । राष्ट्रियता भन्नु भूगोल मात्रै होइन । मुटु पनि हो । माया विना मुटुको धड्कन चल्न सक्दैन माया भन्नु स्वदेशको माया हो, स्वदेशीपन हो । नेपाल अरूको उपनिवेशमा परेन तर आर्थिक औपनिवेसिकता, पर निर्भरता, भाषिक औपनिवेशिकता, आयातित संस्कृतिले मुलुकको राष्ट्रियतालाई गल्र्याम गुर्लुम ढालेको छ । मुलुकमा रोजगारी छैन । स्वेच्छा वा विवशताले नेपालीहरू विदेसीएका छन् । बूढावा आज घर गोठको चिस्यानमा छन् । छोरो जापानमा छ, बुहारीलाई लण्डनको चिसोले छोला भन्ने डर छ । छोरी कोेरिया छिन् उनका पति अर्थात् जुवाँई कतारमा छन् । सालो बैंककमा छ, साली अस्ट्रेलियामा । सासुससुरा सम्धीहरू यतैउतै सहरमा कोठा खोजी बसेका छन् ।

आयातित सामान र तिनबाट हामीले विकासको मूल फुटाउने इच्छा गरेका छौँ । मुलुको राष्ट्रियतारूपी गाडि बलियो हुन आफ्नै धर्म, संस्कृति, भाषा र भूमिरूपी चार पांग्रा हुन जरुरी छ । भूमिको कुरा माथि भयो । भूमिमा पनि कहिल्यै टनकपुर र महाकाली सन्धिको कुरा छ, कहिले चाँदनी दोधाराको, कहिले लिपुलेकको, कहिले कोसी सम्झौताको, कहिले त्रिवेणी–सुस्ताको, कहिले मेचीपुल वरिपरिको सीमानाको । विश्वकै एक मात्र हिन्दू राष्ट्रको नाम झिकिसक्यौँ हामीले । पावन पशुपतिनाथको एक मात्र भूमि नेपालमा मौलिक धर्म, हिन्दू त्यो अब रहेन । विश्वको आँखा यता तान्न सकिन्थ्यो, मुलुक नेपाल भन्दा नेपाल र नेपालीको मुहार सगरमाथाको शिरझै उचो हुन्थ्यो यसमा हाम्रो गहिरो ध्यान गएन ।
मुलुक बहुआयामिक संस्कृतिको धनी छ ।

तर, मुलुकभित्रको संस्कृतिमा अब धमिरा लाग्न सुरु भएको छ । सबै संस्कृतिलाई धेरै पूmलहरू मिलाएर एउटै धागोमा बाँधेर माला बनाएझै रंगीन, हराभरा बनाएझैं एक सूत्रमा आबद्ध थियो पहिले । अब एकअर्काप्रति अविश्वासको संस्कृति हुर्केको छ । विदेशी सस्कृतिले बढी प्रश्रय पाउन थालेको छ । बत्ती बालेर पूजा गर्नुको सट्टा बत्ती निभाएर जन्मोत्सव मान्ने उल्टो संस्कृति भित्रेको छ । खानपिन, रहनसहन, लवाइ, भाषा, भेषभूषा सबै विदेशी संस्कृतिमय बनेको छ । कुनैवेला यस्तो संस्कृतिको सबैलाई उराठ लाग्न सक्छ, समयमै बुद्धि नपु¥याए । वैवाहिक जोडीको संस्कृति भन्दा पारपारचुकेको संस्कृति भित्रिरहेको छ । विदेशीहरूले यहाँको मौलिक संस्कृतिलाई लोप गराई राष्ट्रियतामाथि धावा बोलिरहेका छन् । नजानिँदो रूपमा भन्दा विष खुवाइरहेका छन् ।

लैगिंक र जातीय असमानतालाई हटाइनुपर्छ । भौगोलिक विकटता र आर्थिक असमानतालाई हटाइनुपर्छ । राष्ट्रिय हित, राष्ट्रिय स्वार्थभन्दा कोही ठूलो हुन सक्तैन । हाल गणतन्त्र नेपालले धेरै विषयमा फड्को मारेको छ । मुलुकको संरचना संघीय शासक प्रणालीमा गएको छ । तर, यो प्रणाली बहुत खर्चिलो छ । विश्वका मुलुकमा मात्र यस्तो शासन पद्धतिले पश्रय पाएको छ । जनतालाई सार्वभौम संयन्त्र गराउनुपर्छ तर बोलीले मात्रै होइन यो व्यवहारत पनि हुनुपर्छ ।

नेताहरूको निहित स्वार्थभन्दा नीतिले नै सञ्चालित हुनुपर्छ मुलुक । यसोभए राष्ट्रियता भयो हुन्छ । नेपालमा एक किसिमको द्वन्द्व कायमै छ । राजनैतक परिवर्तन पूरा भएको भनिए पनि आर्थिक समृद्धिको मार्गमा राज्य खुलेर लाग्न सकेको छैन । दिगो विकास र समृद्धिका लागि मुलुकको आफै चिनारी हुन जरुरी रहेका छौँ । भाषिक औपनिवेशिकता छ यहाँ भर्खरै बोली सिक्न लागेको बच्चाले पिता, माता वा हजुरबा भन्न जान्दैन । उसले भन्न जान्दछ डेडी, ममी, कुकुर भन्न जान्दैन पपी भन्छ । काकाकाकी भन्दैन, अंकल, अन्टी भन्छ । यस्ता उदाहरण छन् । अन्य मुलुकका आफ्नै भाषा छन्, थाइल्यान्ड, चीन, जापान, जर्मनी, रुस, कोरिया सबैको आफ्नै भाषा छ । टाढा जानु परेन भारतकै हेरे पुग्छ, हो त्यसभित्र पनि आफ्नै मातृभाषा, कति छन् कति ।

हाम्रो सिद्धान्त र व्यवहारमा आकाश जमिनको फरक छ । भन्छौँ एकथरि गर्छौं अर्कै । बोलीमा स्थिरता छैन, निरन्तरता छैन । मानव चित्कार छ, कुण्ठा छ, बेमेल छ, विसंगति छ, बेचैनी छ, बेरोजगारी छ, वेवास्ता छ, पदको लोभ छ, प्रतिष्ठाको भोक छ, पैसाको खेल छ, ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’को उखान चरितार्थ छ । सम्पत्ति कुम्ल्याउनेभन्दा ठोस काम केही भएको छैन । राम्रा मान्छेको सट्टा हाम्रा मान्छेको चयन छ, राजनीति हावी छ प्रशासनमा, प्रहरीमा, सेनामा आइएनजिओमा, एनजिओमा कुन ठूला संस्थानमा हाम्रो मान्छे कुनै ठूला मुलुकमा हाम्रो राजदूत सबैतिर भागवण्डा छ, सबैतिर राजनैतिक रोजगारी छ । दलमा नमिसिएकाहरूलाई कुनै ठाउँ छैन । विश्वविद्यालय होस्, वा प्राज्ञिक कुनै पनि क्षेत्र राजनीतिको झोला नबोक्नेहरूको केही स्थान छैन । सुख र सन्तोष, मानव अस्मिता मानव अंग बेचबिखन हुन थालेका छन् ।

सबै कुरा खुल्ला बजारमै बिक्री वितरण हुन थालेको छ । ज्ञानभन्दा कुर्सी शक्तिशाली भएर ठडिएको छ, कामतिर भन्दा मामतिर, दामतिरको स्वार्थ बढी प्रेरित छ । सबैलाई हाम्रो समाजमा कृष्ण बन्ने हतारो छ, युधिष्ठिर बन्ने होइन ? सबैलाई यहाँ राम बन्न हतार छ, लक्ष्मण बन्ने होइन ? सबैलाई देवी बन्ने सोख छ, कुन्ती बन्ने होइन ? सबैलाई कुबेर बन्ने इच्छा छ, सबैलाई अध्यक्ष बन्ने हतार छ, सदस्य भएर काम देखाउने फुर्सद कसैलाई छैन । सबैलाई नेता नै बन्नुपर्ने हतार छ, नैतिक बन्नु नपर्ने भएको छ । शान्ति दिन्छु भन्ने हाम्रा आजका बुद्धहरूले अशान्ति दिइ रहेका छन्, मन भाँचिरहेका छन् ।

तर, उनीहरूलाई थाहा छैन आकाशलाई पनि बादलले ढाक्न सक्छ, सूर्यचन्द्रलाई पनि ग्रहण लाग्न सक्छ, समुन्द्र सुक्न सक्छ, हावा रोकिन सक्छ, सुमेरु पतन हुन सक्छ, तारामण्डलको तारामा गनिन नसक्ने एक मानव धर्तीको अगाडि केही होइन । तारालाई बादलले आफ्नो आँचलभित्र लुकाउन सक्छ । नोट र भोटमा किनबेच हुने मनहरू तरंगित हुन सक्छन् । पद क्षणिक हो, प्रशंसा क्षणिक हो, प्रतिष्ठा क्षणिक हो । पेसा क्षणिक हो । पवर्गमा पर्ने पद कार्यालय रहुन्जेल मात्र काम लाग्छ, प्रतिष्ठा उसको समाज हुन्जेल मात्र, पैसा उसलाई घटनाले साथ दिउन्जेल मात्र, पुत्र पुत्री, परिवार पनि उसको शरीर हुन्जेल मात्र । अपवर्गको पुण्य भने बाँचुन्चेल मात्र नभई मरिसकेपछि पनि काम दिन्छ । त्यसैले त गीताले भनेको छ, ‘क्षीणे पुण्ये मत्र्यलोकं बिशन्ति’ भनेर ।

व्यक्ति एक हेर्दा मरुभूमिको कण हो, तर उसँग अथाह ज्ञान छ, अथाह ऊर्जाको स्रोत छ, विश्व मानचित्रमा मुलुक नेपाल सानो छ, शून्य दशमलव शून्य तीन प्रतिशत भूमि बोकेको छ यसले । तर, यसको सगरमाथा यसले अंगालेको बुद्धभूमि, अपार जलस्रोतको भण्डार, अथाह प्राकृतिक स्रोत साधन, विविधताको भूगोल, हिमाल, पहाड, पर्वतीय सिर्जना महाभारतको लेक, उर्वर तराईको भूमि, प्रशस्त औद्योगिक सम्भावना, एक मात्र हिन्दूबाहुल्य संस्कृति, धर्म, संस्कार, मन्दिरै मन्दिरले सजिएको सौन्दर्य, पर्यटन उद्योगको बेजोड सम्भावना, सरल स्वभावका नागरिकहरू, विश्वमै चिनिएको वीर गोर्खाली नेपाली कहिल्यै उपनिवेशको छायाँमा नपरेको स्वाभिमानी जनता बहुभाषिक एकता, धर्म र संस्कृतिमा पखेरामा हुर्केका समाज, पाहुनालाई देवता सरहको व्यवहार गर्ने, साहित्यको धनी बेजोड नमुनाहरू छन् यस मुलुकमा ।

युगौंयुगदेखिको इतिहास बोकेको सुन्दर, शान्त र विशालको नारा लिएको मुलुक भूपरिवेष्ठित बाध्यता र विवशतासँगै आशाको आशाको त्यान्द्रोमा बनि लत्रिरहेको छ, बहुमूल्य खनिज छ, हामीसँग हिमालको गर्भगृहमा सुन छ । वन पैदावार, जडिबुटीको खानि हो मुलुक । उपयोग गर्न, उत्सर्जन गर्न, उपभोग गर्न, सकिएको छैन । बस समस्या त्यहीँनेर अड्किएको छ । यति हुँदाहुँदै पनि हामी भिक्षार्थी भएका छौँ । ग्याँसको, मट्टितेलको, पेट्रोलको, हवाइ इन्धनको । हो, सबैथरि सबैथोक एकै ठाउँमा एउटै भूगोलमा नहन सक्छ । नपाइन सक्छ । सधैँ पाइने वस्तु पानीको प्रयोग पनि हामीले सही ढंगले गर्न सकेका छैनौँ ।

शुद्ध पिउने पानीको सधैँ हाहाकार छ, खेतीपातीमा सिँचाइ सुविधा पुगेको छैन, पानीबाट उत्पादन हुने विद्युत्को संकट खेपेको खेप्यै छौँ, हामी । हो, हाम्रो बोलीमा सत्यभन्दा मिथ्या धेरै, व्यवहारमा सत्यभन्दा झूठ धेरै छ, हामीसँग कृषिमा हाम्रै मल खाद्य र बिउबिजनले भन्दा रासायनिक मल र हाइब्रिड बिउले प्रश्रय पाएका छन् ।

प्रतिक्रिया