गायिका सावित्रालाई प्रथम अन्तराष्ट्रिय अवार्ड

काठमाडौँ । गायिका तथा मोडेल सावित्रा भुजेल (बस्नेत) ले पहिलोपटक अन्तराष्ट्रिय म्युजिक अवार्ड हात पार्न सफल भएकी छन् । युएईको बरदुबई स्थित वेलकम होटेलमा सम्पन्न, ग्लोबल एक्ट्रस फेडेरेशनले आयोजना गरेको ग्लोबल मोशन पिक्चर्स अवार्ड समारोहमा गायिका बस्नेतले उक्त अन्तराष्ट्रिय अवार्ड हात पारेकी हुन् ।

’युकेको लाहुरे’ बोलको गीतमार्फत उत्कृष्ट गायिकाको विधामा बस्नेतले सोही अन्तराष्ट्रिय म्युजिक अवार्ड चुम्न सफल भएकी छन् । सोही अवार्ड कार्यक्रमकै लागि नेपालबाट ३५ जना कलाकारहरु युएई गएका थिए । नेपाली गीत संगीत क्षेत्रमा योगदान दिएका तथा विभिन्न विधामा परेका कलाकारहरुलाई उक्त कार्यक्रममा अन्तराष्ट्रिय म्युजिक अवार्ड हस्तान्तरण गरिएको गायिका सावित्राले जनाईन् ।

 

नेपाली चलचित्रका नायक धिरेन शाक्य र बिरेन्द्र खड्का सोही कार्यक्रममा सम्मानित भएका छन् । बिगत १२ बर्षदेखि यस गीत संगीत र म्युजिक भिडियोमा अभिनय गर्दै आएकी गायिका बस्नेतले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरकै यो पहिलो अवार्ड हात पारेको बताईन् । पहिलोपटक नै यसरी युएई जस्तो सुन्दर शहरमा सुसम्पन्न भब्य समारोहमा अन्तराष्ट्रिय म्युजिक अवार्ड हात पार्नुमा उनले खुशी ब्यक्त गरेकी छन् ।

आरके सुवेदीको संयोजनमा युएईम आयोजना गरिएको उक्त म्युजिक अवार्डमा एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । त्यस्तै इनास संस्था कि अध्यक्ष रेखा घिमिरे लगायत युएईमा रहेका विभिन्न क्षेत्रमा आबद्ध संघ संस्थाका प्रतिनिधिहरुको ससहभागीतामा कार्यक्रम सम्पन्न भएको गायिका तथा मोडेल सावित्रा भुजेल (बस्नेत) ले जानकारी दिइन् ।

प्रतिक्रिया