कुपन्डोलमा मुक्तिनाथ बैंकको शाखा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्नाशाखा सञ्जालहरू विस्तार गर्ने क्रममा ललितपुरको, कुपन्डोलमा औपचारिक सेवा शुभारम्भ गरेको छ ।ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त शाखा कार्यालयको उद्घाटन गरे । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि महर्जनले बैंकिङ कारोबारमा सहज र सरल हुनुपर्नेमा जोड दिए ।

मुक्तिनाथ विकास बैंकले आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवाएकै साथ प्रदान गर्नु उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफलताको शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रममा संचालक समितिका सदस्य नारायणकुमार श्रेष्ठ, बैंकका ब्रान्ड एम्बेसडर सीताराम कट्टेल ( धुर्मुस ), फ्रेन्डस् क्लबका अध्यक्ष राजीव राज पौडेल लगायतको उपस्थिति रहेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए । बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताए ।

प्रतिक्रिया