गायक खनालको ‘उड्यो मालचरा बस्यो हिमालमा’

काठमाडौं । लोकगायक कमल खनालको ‘उड्यो मालचरा बस्यो हिमालमा’ बोलको नयाँ नौमती पञ्चेबाजा गीत बजारमा आएको छ । उक्त गीत रिमा ईन्टरटेनमेन्ट नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गायक खनाल र लोकदोहोरी गायिका टिका पुनको समधुर आवाजमा सोही गीत सजिएको छ भने गायक खनालले नै लय तथा शब्द सिर्जना गरेका हुन् ।

सोही गीतको भिडियोमा उदिराम खड्काले निर्देशन गरेका छन् भने हरिनारायण चौधरी र मिराज अर्यालले छायांकन रहनुका साथै । मोडेल रिना थापा मगर र मनोज खड्काले दमदार भूमिकामा अभिनय गरेका छन् । उक्त भिडियो नारायण राज सत्यालले सम्पादन गरेका हुन् ।

गायक कमल खनाल ०५६ सालदेखि निरन्तर गीतसंगीतमा लागेर वेला वेलामा आफ्ना गीतिएल्बम बजारमा ल्याइरहेका छन् । यसअघि उनको मायाको मालिक, मरे आमा, छुट्टिने दिन आयो पञ्चेबाजा ,बालाचुराले, डाली पलायो, परदेशी छोरा, छोरो खेलाउँदै, माया मारे है, भेटौँला अवश्यजस्ता गीतहरू बजारमा चर्चित छन् ।

प्रतिक्रिया