ग्रामीण भेगसम्म अझै पुगेन व्यावसायिक पशुपालन

वीरगञ्ज । पर्साको ग्रामीण भेगका एक युवक परम्परागत रूपमै २० वटा गाइपालन गरेका छन् । जगरनापुर गाउँपालिका–३, विजबनियाका ३२ वर्षीय लालबाबु यादव गाईपालनबाट वार्षिक २ लाख ५० हजार आम्दानी हुने गरेको बताए ।

निरक्षर यादवले आफूले १० वर्षदेखि गाइपालन गरी घरपरिवारको पालनपोषण गरिरहेको बताए । हाम्रो मुलुकमा अधिकांश युवा वैदेशिक रोजागारमा रहेका वेला उनी गाईपालन गरी आफ्नाे परिवारसँग बस्दा खुसी लागेको बताउँछन् । उनले गाईपालनका लागि फर्म वा व्यावसाय दर्ता गरेका छैनन् । नेपाल सरकार व्यावसायिक रूपमा पशुपालनलाई प्रोत्साहनका लागि विभिन्न नीति तथा कार्यक्रम सञ्चालन गरिरहँदा उनीसम्म पुगेको छैन । उनीसँग भएका १५ देखी २० वटा गाई मध्य ५ देखि १० वटा गाई सधँै दुध दिने गर्छन् ।

हाल उनका पाँच वटा गाई दुध दिने र १० वटा गाई गर्भवती रहेको बताए । प्रति गाई ५ देखि ६ लिटरसम्म गरी जम्मा २० लिटर दुध दिने गरेको वताए । दूध प्रतिलिटर ६० का दरले बिक्री गर्ने गर्छन् । साइकलबाट उनी स्थानीय होटेलमा दूध बिक्री गर्छन् । दूधबिक्रीबाट उनी मासिक ३६ हजार लिने गर्छन् । ६ हजारको दाना खरिद गर्छन् र बाँकी रकमबाट घरपरिवार चलाउँछन् । उनीसहित उनका परिवारमा सात सदस्य छन् । तीन जना छोरा-छोरी निजी विद्यालयमा पढ्छन् । आपूm पढेलेखेका नभए पनि छोराछोरीलाई उच्च शिक्षा पढाउने रहर रहेको उनी बताउँछन् ।

मुलुकमा तीन तहको सरकार भए पनि उनलाई कुनै तहको सरकारको अनुभूति भएको छैन । सरकार देशमै स्वरोजगार सिर्जना गर्ने र व्यावसायिक प्रवद्र्धन गर्नतर्फ लागिरहँदा पनि उनलाई यसबारे केही थाहा छैन । सरकारले सञ्चालन गरेको व्यावसायिक प्रवद्र्धन कार्यक्रमबारे आफूलाई केही थाह नभएको बताए । उनेको यो पेसालाई उनकी पत्नीले पनि सघाउँछिन् । उनीहरू बिहान ४ देखि राती ९ बजेसम्म गाईकै स्याहारसुसारमा हुन्छन् ।

उनीहरूले गरे अनुसारको मुनाफा भने अझ लिन सकेका छैनन् । सरकारको साथ पाएमा उन्नत जातका गाईपालन गरी मुनाफा लिन सक्ने थिए पशु प्राविधिक रामप्रसाद चौरसियाले वताए । परम्परागत गाईपालन गरेका उनलाई व्यावसायिक रूपमा गर्न सघाए राम्रो हुने थियो र उनीजस्ता व्यक्तिलाई व्यावसायिक रूपमा प्रवद्र्धन गर्न सहयोग गरे अरूले यो पेसा रोज्ने बुद्धिजीवीहरू बताउँछन् । त्यसबाट दिनहुँ बिदेसिने युवाहरूको संख्यामा कमी आउने थियो ।

प्रतिक्रिया