राईले खोले आरन

पाँचथर । फालेलुङ गाउँपालिका–६ साविक सिदिन–१ निवासी ५४ वर्षीय धनबहादुर राईले आरन खोलेका छन् । राईको आरानमा गाउँगाउँदेखिका कृषि औजार अर्जाप्न ल्याउने गरेका छन् ।

पालिकामा आरान चलाउने दलित भए पनी राईले हँसिया, खुकुरी, कोदालो, कुटोलगायत अर्जाप्ने र बनाउने गरेको दीपज्योती युवा कल्बका कार्यकारी निर्देशक सुनील बान्तवाले जनाए । दलित समुदायले आरान चलाउन छाडेका छन् । उनीहरूले आरन छाडिसकेको र राईले सेवाका लागि आरान सञ्चालन गरेको जनाइएको छ । आरानबाट न पोसाउने भएपछि दलितसमुदायले छाडेको बताइएको छ ।

राईले पैसा लिएर सामानहरू अर्जाप्ने गरेका छन् । अर्जापेको खर्चबाट राइले घर खर्च चलाउँदै आएका छन् । ६ जना परिवारलाई मसलन्द मात्र धानेको सुनील बान्तवाले सुनाए । बान्तवाका अनुसार दाइ धनबहादरलाई घरेलुमा व्यवसाय दर्ता गराई राज्यबाट पाउने सेवासुविधा र राहत पाउनुका साथैे थप टेवापुग्ने विश्वास लिएका छन् ।

धनबहादुर हाल चित्राको छाप्रोमा आरान सञ्चालन गरिरहेका छन् । आरानका लागिे घर बनाउन रकम अभाव भएको राईले जनाए । आरन र घर बनाउन कुनै दाता भए ६ जनाको परिवारलाई राहत हुने भाइ सुनील वान्तवाको भनाइ रहेको छ । घर र आरान अभावमा अर्केको जग्गामा दुःखले कृषकहरूलाई सेवा दिएको जनाइएको छ ।

साविक वडाका तीन सय घरपरिवारका कृषि सामग्रीहरू राईका आरानमा अर्जाप्नआउने गरेका छन् । आरानमा कोइलाको अभाव रहे पनि राईले दुःखले औजारहरू अर्जापेरै काम चलाउँछन् । विद्युतीय उकरणका लागि बिजुली बिस्तारपछि सञ्चाल गर्ने जनाइएको छ । राईले नयाँ तथा पुराना कृषिऔजार बनाउने र मर्मत गर्ने गर्छन् ।

प्रतिक्रिया