‘तिम्रै माया दायाँ बायाँ’ मा सम्झना र मिनुजको ठुम्का

काठमाडौँ । लोकदोहोरी गीत ‘तिम्रै माया दायाँ बायाँ’ सार्वजनिक भएको छ । सम्झना डिजिटलले बजार व्यवस्थापन गरेको उक्त गीतमा गायक चन्द्र शर्मा, प्रकाश सपुत, माया थापा र सरिता श्रीषको आवाज रहेको छ ।

किरण चापागाईं र राम खत्रीले शब्द सृजना गरेको सोही गीतमा मिलन मगरले संगीत भरेका हुन् । त्यस्तै राज गुरुङको थेगो रहेको छ भने सुदिप सागरले संगीत संयोजन गरेका छन् ।

सोही गीतको भिडियोमा लोकप्रिय गायिका सम्झना लामिछाने मगर र मिनुज राना मगरले दमदार भूमिकामा डान्स प्रस्तुतिको साथ अभिनय गरेका छन् । निर्देशक प्रकाश भट्टद्वारा निर्देशन गरिएको उक्त भिडियो राजेश घिमिरेले छायांकन गरेका छन् ।

सोही भिडियो बिष्णु शार्माले सम्पादन गरेका छन् । गीत पृथक तरिकाले बजारमा आएकाले दर्शक स्रोताको माया पाउनेमा कुनै दुईमत नभएको गीत निर्माण पक्षले दाबि गरेका छन् ।

गायिका सम्झना लामिछाने पछिल्लो समय गायन र अभिनय दुवैमा क्रियासिल हुँदै सांगीतिक क्षेत्रलाई मर्यादित तवरले अगाडी बढाएकी छन् ।

प्रतिक्रिया