स्कुले जीवनको मायाप्रेममा तृप्ती र तिलक

बाबुराम सिग्देल, काठमाडौं । गायिका तृप्ती खड्का र तिलक पुन मगरको आवाजमा एउटा मनछुने लोकदोहोरी गीत ’स्कुल पढ्दा लाएको मायाले’ बजारमा आएको छ । दुर्गा केसीले शब्द सृजना गरेको सोही गीतमा हरि डिसीले संगीत भरेका छन् ।

स्कुले जीवनमा लाएको माया प्रेमले पछिल्लो पुस्तासम्म पनि सम्झना दिलाइरहने मायालु जोडीहरुको यथार्थ विषयवस्तुको आधारमा तयार गरिएर गीत सार्वजनिक गरेको गायिका खड्काले बताईन् ।

आधुनिक, लोकपप देखि लोकदोहोरी सम्मका गीत गाउँदै गायिका खड्का पछिल्लो समयमा केहि ब्यस्त हुँदै जान थालेकी छन् । अहिलेको समयअनुसार चल्दै आएको माया प्रेमका वियोगान्त गीती कथाले मागेअनुसार मौलिक शब्द उक्त गीतमा समावेश गरिएको गायिका खड्काले जिद्धी गरिन् ।

हरि डिसीले सोही गीतको भिडियोमा निर्देशन गरेका उक्त भिडियो कृष्ण अनिश जिएमले छायांकन गर्नुका साथै रोशन धितालले सम्पदान गरेका हुन् । नलिना बस्नेत र गायक तिलक पुन मगरले सोही गीतको भिडियोमा अभिनय गरेका छन् ।

प्रतिक्रिया