विश्व आर्थिक मञ्चमा नेपाल

अत्यन्त रमणीय मुलुक स्वीट्जरलैन्डमा मंगलबार आजैदेखि विश्वआर्थिक मञ्चको बैठक हुँदैछ । विश्वका प्रतिनिधिमुलुकहरूले भाग लिँदैछन् । संयोग भन्नुपर्छ आर्थिक विकासको दृष्टिले अल्पविकसित राष्टृकोसूचीमा परेको हाम्रो मुलुक नेपाल सो सम्मेलनमा उपस्थिति भएको छ । यसबाट हाम्रा लागि हुने अवसरबारे पछि अवगत होला । अहिलेलाई नियालौँ विश्वका प्रतिनिधिमूलक केही विकसित मुलुकहरूको आर्थिक स्थिति ।

राम्रो नराम्रो परिवेश आफूले बनाउने हो, समाजले बनाउने हो, संगतिले बनाउने हो संगति र विसंगतिको चयन आफैले गर्ने हो । उही, उस्तै भूमि हो, मुलुक हो, आज सिंगापुर कस्तो छ । उही, उस्तै भूमि हो, मुलुक हो, चीन, इटली, फ्रान्स, बेलायत, अमेरिका, जर्मनी हेरौं, धेरै टाढा जानु परेन दक्षिण एसियाका मुलुक भारत, श्रीलंका, बंगलादेश पनि हामीभन्दा धेरै अगाडि छन् । विश्वअर्थ व्यवस्थामा काँधमा काँध मिलाएर अगाडि बढेका छन् ।

ठूलाठूला महायुद्धका बाछिटाहरूले तिनलाई नसताएको होइन । जापानको हिरोसिमा र नागासाकीमा अहिले पनि बमका धुँवा आइरहेको छ । भारत र चीनको आर्थिक वृद्धिदर हेरौँ नेपालको अवस्था ! दुरावस्था ! १ सय ३ वर्षको राणकाललाई सराप्दै इतिहासको ठेली बन्यो । पछिल्ला दिनहरूमा हिजोकोलाई आजकाले गाली बेइज्जती गर्दै समय गयो । राणा शासनको पञ्जाबाट मुक्त भएको भनिएको पनि सात दशक भयो । समस्या ज्यूँका त्यूँ छन् । उही रोग, भोक, क्रन्दन, चित्कार, नाना, खाना, छानाकै समस्या । प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र, गणतन्त्र आखिर नाम फेरिए, बानी व्यवहार फेरिएन ।

सिंगापुरको अन्तर्राष्ट्रिय चाँगी विमानस्थल र सिंगापुरमा रहेका गगनचुम्बी महलहरूले विश्वकै मन खिचेको छ अहिले । छिमेकी हङकङ सहर र न्युयोर्कको म्यानहाटभन्दा कम छैन सिंगापुर । विश्वकै लागि आकर्षित मुलुक हो सिंगापुर । आफ्नो प्राकृतिक स्रोत नभएको सिंगापुरमा पानीको स्रोत छैन, उसले समुद्रपारी रहेको मलेसियाबाट पाइपबाट पानीआपूर्ति गराएको छ

सिंगापुरबाट सिक्नुपर्ने कुरा धेरै छन् । सानो मुलुक सिंगापुरले छिमेकी मुलुक मलेसियाबाट सन् १९६५ मा मुक्तिपाएको हो । लामो समय अर्काको स्वाधीनतामा रहेको छिमेकी मुलुकले देखाएको प्रगति विश्वबजारमा लोभलाग्दो छ । १९६० को दशकसम्म विश्वको सबैभन्दा गरिबमा गनिने मुलुक सिंगापुरको कायापलट भएको छ ।

सम्वृद्ध राष्ट्रको रूपमाचिनिन त्यस देशको नेतागतिलो हुनुपर्ने रहेछ । हालको सम्वृद्ध मुलुक सिंगापुरमा सन् १९५९ देखि १९९० सम्म प्रधानमन्त्री लि कुआनले सत्ता सञ्चालन गरे । उनले कानुनलाई कडाइका साथ लागू गराए । हामीकहाँ जस्तो धुलाम्मे सडक, हिलो, मैलो कतै छैन । पैदलयात्रीहरूले जथाभावी बाटो काट्दैन । सबैतिर सिसी क्यामरा फिट भएको छ । कसैले गल्ती गर्दैन । गाडीको आफ्नै गति हुन्छ । सडकमा ट्राफिक प्रहरीहरू देखिँदैनन् । विश्वकै इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको रूपमा काम गर्ने लि कुआन वास्तवमै शक्तिशाली व्यक्ति रहेछन् मुलुकप्रति समर्पित ।

सिंगापुरको अन्तर्राष्ट्रिय चाँगी विमानस्थल र सिंगापुरमा रहेका गगनचुम्बी महलहरूले विश्वकै मन खिचेको छ अहिले । छिमेकी हङकङ सहर र न्युयोर्कको म्यानहाटभन्दा कम छैन सिंगापुर । विश्वकै लागि आकर्षित मुलुक हो सिंगापुर । आफ्नो प्राकृतिक स्रोत नभएको सिंगापुरमा पानीको स्रोत छैन, उसले समुद्रपारी रहेको मलेसियाबाट पाइपबाट पानीआपूर्ति गराएको छ । बाटाघाटामा रहेका धाराबाट आउने पानी मिनरल वाटर भन्दा कम छैन । हामी कहाँ पानीको अपार भन्डार छ तर खेर गएको छ, न पिउन, न सिँचाइमा न जलविद्युत् उत्पादनमा खुलेर प्रयोग हुन सकेको छ ।

सुरूमा सिंगापुरको जनसंख्या २० लाख मात्र थियो, अहिले बढेको छ । प्रम ली ले आप्रवासीलाई मुलुकमा प्राथमिकतादिए, आप्रवासीहरूले प्रवेश पाए । प्रतिभाशाली, सीपयुक्त जनशक्तिको उच्चप्राथमिकता र प्रयोगले छिट्टै सिंगापुरले काँचुली फे¥यो । कुशल र सिपालु जनशक्ति अनि अत्यन्त न्यून र पारदर्शी कर प्रणाली अनि सशक्त कर्मचारीतन्त्र छ त्यहाँ । उत्पादन भन्दा सेवा, व्यापार बढी छ त्यहाँ र त विश्वको कुनै कुनामा उत्पादन भएको वस्तु तत्क्षणमै सिंगापुर पुग्छ । विद्युतीय व्यापारले प्रश्रय पाएको छ । विश्वको लगानी आकर्षणको केन्द्र बनेको सिंगापुरमा धुलो, धुँवा, फोहोर कतै भेटिन्न ।

चीन र अमेरिकासँग सिंगापुरले आर्थिक कुटनीति राम्रो गरेको छ । हामीले छिमेकमा रहेका २ शक्तिशाली आर्थिक विकास गर्ने भारत र चीनबाट यथेष्ट लाभ लिन सकेका छैनौं । चीनमा माओत्सेतुङले कम्युनिस्ट क्रान्ति गरे यता सन् १९५० मा चीनको अर्थतन्त्र जापानको भन्दा ४९ प्रतिशतले ठूलो थियो । सन् १९७७ तिर देङ सियायो पिङले चीनमा खुल्लाबजार नीतिल्याए । त्यतिवेलासम्म जापानको अर्थतन्त्र आकासियो चीनको भन्दा ३३ प्रतिशतले ठूलो भयो ।

अहिले उत्पादन र निर्यातमा चीन विश्वमा एकछत्र रजाइँ गर्दैछ, विश्वकै केन्द्र बनेको छ चीन । विश्वकै कारखानाबनेको छ चीन । सन् २०१८ को चीनको आर्थिक वृद्धिदर ६.६ रहेको छ । सन् १९८० तिर चीन ३ खर्ब ५ अर्ब ३५ करोड जिडिपीसहितविश्वको सातौँ ठूलो अर्थतन्त्रको मुलुक बनेको थियो । सन् १९७८ मा बजार अर्थतन्त्र सुधारपछि चीनको वार्षिक आर्थिक वृद्धिदर १० प्रतिशत रहेको छ । हाल यसको आर्थिक वृद्धिदरमा केही कमी आए पनि विश्व अर्थतन्त्रमा चीन अगाडि नै छ । यत्रो समृद्ध मुलुक छिमेकी भएर पनि हामी खुम्चिएको अवस्थामै छौँ सन् १९४९ देखि १९७८ सम्म चीन जनवादी गणराज्य तत्कालीन सोभियत संघको शैलीमा केन्द्र नियन्त्रित अर्थ व्यवस्थामा थियो ।

त्यतिवेलासम्म निजी व्यापार र पुँजीबजारलाई स्थान थिएन । औद्योगिक साम्यवादका लागि माओले दीर्घकालीन अर्थव्यवस्था स्थापना गरेका थिए । पछि माओको निधन भयो । देङसियाओ पिङ र पछिका नेतृत्व व्यवस्थापनले सुधार गरे । एकदलीय शासनको अधीनमा बजारोन्मुख मिश्रित अर्थव्यवस्था ।

१९७८ पछि निजीकरण सुरू भयो, विदेशी लगानी पनि प्रोत्साहित बन्यो । विशेष आर्थिक क्षेत्रमा हङकङ नजिक सोजेल र अन्यसहरको छनोट भयो । पश्चिमी मुलुकका शैलीमा उद्योगहरू स्थापना हुन थाले । विस्तारै राज्यनियन्त्रित प्रणाली हट्दै गयो । १९७८ पछिको आर्थिक उदारीकरणले हालको आर्थिक आकार ९० प्रतिशतले बढेको छ । चीनको अर्थतन्त्रले सन् २०१० मै जापानलाई उछिन्यो । उसले बेलायत र जर्मनीलाई त सन् २००५ मै उछिनिसकेको थियो । हामीले उत्तरतिरको यस्तो समृद्धिलाई बास्नासम्म पनि लिन सकेनौं ।

प्रसंग सिंगापुरकै छ । उसको छिमेकी मुलुक मलेसियामा नवोदित बजार छ । लचकदार सटही दर छ । मलेसियाको अर्थतन्त्र स्थिर आर्थिक वृद्धिमा आधारित छ, श्रम बजार सहज छ, यथेष्ट सुरक्षा प्रणाली छ । न्यून मुद्रास्फिति छ । कहिलेकाहीँ अमेरिका, बीचमा शीतलहर आउँदा लगानीअनुसार मलेसियामा वृद्धि हुन्छ । आर्थिक वृद्धिदर ५ प्रतिशतको छ ।

उसको मुद्रा रिंगटले अमेरिकी डलरसँग सजिलै प्रतिस्पर्धा गर्न सक्छ । निजी क्षेत्रका कामदार न्यूनतम पनि ६ प्रतिशतले बढ्ने गरेको छ । यथेष्ट अमेरिकी डलरको सञ्चितिले मलेसियालाई व्यापारमा समस्या छैन । शैक्षिकस्तर राम्रो छ । विविध पूर्वाधार विकास भएकाले मलेसिया हङकङको तुलनामा सस्तो गन्तव्यका रूपमा चिनिन्छ । नजिक रहेको मलेसियाको राम्रो प्रभाव छिमेकी सिंगापुरलाई परेको छ, उता छिमेकी इन्डोनेसियाको पनि ।

विश्वकै ढोका बनेको सिंगापुर वास्तवमै लोभलाग्दो छ । त्यहाँको सुशासन, भ्रष्टाचार मुक्त प्रशासनयन्त्र, प्रविधिमाआधारित पारदर्शी प्रणाली, जलीय यातायातको विकास, सार्वजनिक परिवहनको कुशल व्यवस्थापन, प्रदुषणरहित वातावरण, सडकमै उभिरहौं जस्तो लाग्ने, पर्यटकीय क्षेत्रहरू अत्यन्त मनमोहक धेरै छन् वर्णन गर्न लायक सिंगापुरमा । बाह्राैँ, तेह्रौँ शताब्दीका एसियाभरिकै दुर्लभ पुराना वस्तुहरूलाई विद्युतीय फिल्ममा सजाएर राखिएको एसियन सिभिलाइजेसन म्युजियमबाट यो पंक्तिकार साँच्चै प्रभावितभएको थियो आजभन्दा १५÷१६ वर्षअघि नै । एसियाकै उत्कृष्ट गन्तव्यको रूपमा चिनिन्छ सिंगापुर ।

केन्द्रीय सञ्चयकोषको व्यवस्था, आवास विकास बोर्डअन्तर्गत फ्ल्याट सिस्टम छ त्यहाँ । आधुनिक, वैज्ञानिक अनिव्यवहारिक शिक्षा प्रणाली छ । अनिवार्य शिक्षा, हरेक तहका जनतामा शिक्षाको पहुँच पु¥याएर प्रधानमन्त्री लि कुआनले साँच्चै सिंगापुरलाई सिंगारेका छन् । आगामी दशकहरूमा सिंगापुरले विकासको अझैँ फड्को मार्ने कम्मर कसेको छ र आपूmलाई विश्वकै महत्वपूर्ण वित्तीय केन्द्रका रूपमा राख्ने नीति र प्रयास गरेको छ ।

यसका लागि उसले जलीय र उड्डयन क्षेत्रलाई अझ उदाहरणका रूपमा स्वीकारेको छ । विश्वव्यापी बहुराष्ट्रिय कम्पनीहरूको क्षेत्रीय मुख्यालयका रूपमा सिंगापुरले आपूmलाई उभ्याउने प्रण गरेको छ । सयौं तलामाथि हेर्दा भवनमलहरूको चित्रले नै हाम्रा आँखा आकर्षित हुने गर्छन् सिंगापुर र नजिकैको मलेसियामा । भ्रष्टाचारविरूद्ध न्यून सहिष्णुता, व्यापार व्यवसायमा विनाअवरोध, गतिशीलआर्थिक नीति, कानुनी राज्य, सशक्त सरकारी संरचना, समष्टिगत स्थीरता र बलियो आर्थिक पूर्वाधारले सिंगापुर सजिएको छ । जनस्वास्थ्यको विषयमा धेरै सचेत छ सिंगापुर ।

अहिले हाम्रा छिमेकीमुलुक चीन र भारत जनसंख्याको हिसाबले अग्रस्थानमा छन् । जनसंख्याको हिसाबले अमेरिका तेस्रो स्थानमा छ र लामो समयदेखि अमेरिका भने अर्थतन्त्र अग्रणी स्थानमा नै छ । छिमेकी मुलुक भारतको अर्थतन्त्रबाट हामीले खासै फाइदा लिन सकेनौँ । अहिले विश्व अर्थतन्त्रमा भारत छैठौं स्थानमा हुनु भनेको हाम्रो लागि सुनौलो अवसर हुनुपर्ने थियो । विश्वबजारमा हाल अमेरिकी अर्थतन्त्र केही खस्कने संकेत देखिएको छ । लामो समय आफ्नो अग्रणी वर्चस्व कायम राख्दै आएको अमेरिकी अर्थतन्त्रअहिले पनि एक नम्बरमै पर्छ ।

प्राइस वाटर हाउस कुपर्स भन्ने एक संस्थाले गरेको अध्ययनअनुसार सन् २०३० अघि नै चीनले अमेरिकी अर्थतन्त्रलाई पछारी अगुवाई गर्नेछ । छिमेकीमुलुक भारत पनि सन् २०५० अघि नै हालको छैठौं स्थान लिई ठूलो अर्थतन्त्र बोक्ने मुलुकको रूपमा हुने भविष्यवाणी गर्न थालिएको छ । चीन र भारतपछि मात्र अमेरिका तेस्रो स्थानमा पुग्ने देखिन्छ र चौथो भने इन्डोनेसियाको आंकलन गर्न थालिएको छ । भारतको यस्तो सुरम्य अग्रणी स्थान हुँदा छिमेकी हामी नेपालीको अवस्थाकता के हुने अहिले नै सोच्नु पर्ने देखिन्छ । कतै लम्कँदै हामी पनि विश्वका अगाडि उभिन सक्छौँ कि ? त्यसो त मुलुकलाई सिंगापुर बनाउँछु भन्ने काठमाडौँवासीलाई मेलम्चीको पानी पिलाउन सकिएको छैन ।

हाल भारत विश्वको छैठौँ स्थानमा छ अर्थतन्त्रमा । सन् २०१९ सम्मा बेलायतलाई उछिनेर पाँचौँ हुन सक्ने देखिएको छ । आइएमएफको पूर्व अनुमान हो यो । भारत भूगोलको हिसाबले ठूलो छ । त्यस्तै, जनसंख्याको हिसाबले जिडिपी प्रतिव्यक्तिको आय भने तल छ अर्थात् जम्मा १९८२ मात्र । सन् १९८० सम्म भारत विश्वको तेह्रौं स्थानमा थियो अर्थतन्त्रमा । सन् १९१७ को उसको आर्थिक वृद्धिदर ६.७ प्रतिशत थियो । सन् २०१८ मा ७.३ प्रतिशत र सन् २०१९ मा ७.५ प्रतिशत हुनेछ ।

स्वाधीनता पछि उसको अर्थतन्त्रको सुरुआत कृषिबाटै भएको हो । हाल केही दशकयतादेखि निर्माण र सेवा क्षेत्रमा ऊ अगाडि छ । भारतीय अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ६० प्रतिशत पुगेको छ । सेवा क्षेत्रबाटै २८ प्रतिशत रोजगारी अवसर प्राप्त छ । कृषि क्षेत्रको योगदान १७ प्रतिशतमा झरेको छ र पनि पश्चिमी मुलुकका दाँजोमा राम्रो मान्नुपर्छ । भारतको सकारात्मक पक्ष भनेको उच्च जगेर्नादर, अनुकूल जनसंख्या, मध्यमवर्गको उत्थान, र सीमित आयात हो । त्यहाँ धनी पनि छन् र गरिब पनि । गरिबलाई बाँच्न असजिलो छैन । अहिले त मोदी मोडेलले भारता तहल्का नै मच्चाएको छ । सार्क राष्ट्रभित्र धनी मुलुक भारत छिमेकी पाउँदा, विमस्टेक राष्ट्रका सामु हाम्रो मुलुक उभिन पाउँदा पनि हामीले उन्नतिको यथेष्ट संकेत पाउन सकेनौँ ।

हाम्रा भाइ बहिनीहरू, छोराबुहारीहरू धेरै अमेरिकातिर लहसिएका छन् । कोहीकामको खोजीमा, कोही पढ्न, कोही डिभी परेर, नयाँ पुस्ता मात्रै होइन सुत्केरी स्याहार्न भनी बुढो पुस्ता पनि अमेरिका जाने ठूलै रोग छ हामीकहाँ । नजाउन् पनि किन ? अमेरिका विश्वकै आर्थिक महाशक्ति राष्ट्र हो । सन् १८७१ देखि एकछत्र विश्वकै एकलौटी अग्रणी अर्थतन्त्रलाई अंगालो हालेको छ अमेरिकाले । आद्योगिक उत्पादन लगायत सेवा क्षेत्रबाट पनि उसले कुल गार्हस्थ उत्पादनमा ८० प्रतिशत स्थान ओगटेको छ ।

औद्योगिक उत्पादन मात्र १५ प्रतिशतमा सीमित छ । यहाँ पुँजीवादी मिश्रित अर्थव्यवस्था छ । प्रचुर प्राकृतिक सम्पदाहरू छन्, उच्च उत्पादकत्वको दर छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अमेरिकाको कुलगार्हस्थ उत्पादन १९४ खर्ब डलर छ । उसको कुलगार्हस्थ उत्पादनले विश्वको जिडिपीमा २४ प्रतिशत हिस्सा ओगटेको छ । विश्वको ठूलो अर्थतन्त्रबोकेको अमेरिकाको प्रतिव्यक्तिआयको सूचीमा नवौं स्थानमा परेको छ । सन् २०१८ मा उसको कुल गार्हस्थ उत्पादन २०४ खर्ब डलर नाघ्ने भएको छ । विश्वमा ठूलो आयात मुलुक हो यो र दोस्रो ठूलो निर्यात मुलुक । सन् २०१७ मा त उसले व्यापार घाटा पनि सहनु प¥यो । २८ खर्ब ९५ अर्ब डलरको आयात अनि २३ खर्ब २९ अर्ब डलरको निर्यातले उसको व्यापार घाटा देखाएको हो ।

उसको व्यापार घाटा हुने मुलुक भनेको चीन, जापान, मेक्सिको, जर्मनी अनि क्यानडा हो । थोक र खुद्रा व्यापारमा अमेरिका अग्रणी छ औद्योगिक राष्ट्रकै रूपमापनि । म्याकडोनाल्ड र कोकाकोला उसको चर्चित कम्पनी हो । त्यति मात्रै होइन विश्वकै तेल उत्पादनको पहिलो मुलुक हो यो र पनि ऊ दोस्रो ठूलो तेल आयात कमुलुक पनि बनेको छ । विद्युत् र परमाणु ऊर्जामा अब्बल दर्जामा छ अमेरिका । प्राकृतिक ग्याँस र सल्फर नून उत्पादनमा पनि अगाडि छ । कोइला, खनिज, तामा, सिसा, म्याग्नेसियम, जिंक, टाइटेनियमसमेत उत्पादन गर्छ । अमेरिकी अर्थतन्त्रमा कृषिको योगदान अत्यन्त न्यून प्रतिशत मात्र छ । तथापि, मकै र भटमास भने धेरै उत्पादन गर्ने मुलुकमा चिनिन्छ अमेरिका ।

बेलायत विश्वकै पाँचौ स्थान ओगटेको अर्थतन्त्रको मुलुक हो । अहिले ९ औँ स्थानमा छ । सन् २०२३ मा उसले आफ्नो म्याराथुनमा ७औँ स्थान ओगट्ने छ । सेवा क्षेत्रमा अब्बल छ बेलायत । दोस्रोमा उसको स्थान कलकारखाना हो भने कृषि क्षेत्र तेस्रोमा पर्छ । खाद्यान्नको हिसाबले उसका ६० प्रतिशत जनसंख्यालाई मात्र आफ्नो उत्पादनले भ्याउने गरेको छ । कृषिले जिडिपी.मा खासै योगदान गरेको छैन । २ प्रतिशत भन्दा कम जनसंख्याले मात्र कृषि क्षेत्रमाश्रम रोजगारी पाएका छन् । युरोपको फ्रान्सलाई उछिन्दै जर्मनी पछि दोस्रो ठाउँ ओगट्दै उभिएको छ बेलायत । सेवा क्षेत्रमा अत्यधिक रोजगारी छ त्यहाँ ।

बैकिङ र बिमा क्षेत्रले लन्डन त ठूलो वित्तीय केन्द्र नै बनेको छ विश्वमै । विश्वबजारमा न्यूयोर्क, हङकङ, टोकियो, बैंकक, सिंगापुर, लन्डनको नाम लिइएन भने अधुरो हुने गर्छ हाम्रो अध्ययनमा । जर्मन जाने नेपालीहरू पनि धेरै छन् । यद्यपि, भाषाको समस्या छ । जर्मनी विश्वको चौथो ठूलो अर्थतन्त्रबोकेको मुलुकहो । अत्यन्त कुशल, दक्ष जनशक्ति भएको मुलुक जर्मनी भ्रष्टाचार न्यून भएको, ठूलो सेयर पुँजी भएको प्राविधिक रूपमा सक्षम र सम्पन्न मुलुकहो यो । विश्वको निर्यातकमुलुकमा तेस्रो ठूलो मुलुकहो यो । सेवा क्षेत्रको योगदान कुल गार्हस्थ उत्पादनमा ७१ प्रतिशत रहेको छ । उद्योगको योगदान २८ प्रतिशत र कृषिको जम्माजम्मी १ प्रतिशत मात्रै छ ।

जर्मनीको बेरोजगारी दर युरोपेली संघको सबै सदस्य राष्ट्रका तुलनामाअति नै कम अर्थात् ४.७ प्रतिशत मात्रै छ । तर, युवा बेरोजगारी दर भने युरोपेली अन्य सदस्य देशका तुलनामा सबैभन्दा उच्च ७.१ प्रतिशत छ । जर्मनीको मुद्रा युरो हो, विश्वमै अग्रपंक्तिमा छ युरो । आधुनिक गाडी निर्माणको क्षेत्रमा जर्मनी अग्रणी स्थानमा छ । उसको मूल निर्यात भनेको सवारी साधन, बिजुली उपकरण, औषधि, धातु, खाद्यान्न, प्लास्टिक, रबर, रासायनिक पदार्थ, विद्युतीय उपकरण नै हुन् ।

प्रतिक्रिया