देउसी भैली खेली गबला पर्व मनाउँदै

दार्चुला । सौका समुदायको सबैभन्दा ठूलो पर्व गबला पर्व मनाइँदै छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमाका दिन मनाइने सौका समुदायको यो सबैभन्दा ठूलो पर्व हो ।

दार्चुला जिल्लामा मात्रै बासोवास रहेका सौका समुदायले मनाउने गबला पर्व हरेक वर्ष पौष शुक्ल पूर्णिमाका दिन मनाउने चलन छ । सौका समुदायको पनि व्याँसी सौकाहरुले बढी उत्साहका साथ मनाउने गरेको व्याँस गाउँपालिका–१ शोभा तिंकरीले बताए ।

सौका समुदायमा गबला देवताको पूजाआजा अर्थात् गबला पर्व मनाएपश्चात् मात्रै विवाह व्रतबन्धजस्ता शुभकार्य गर्ने परम्परा रहेको व्याँसकै अर्का स्थानीय सोनिका तिंकरीले बताए । गबला पर्व मनाउनु पूर्व साइत जुराएर धच्र्यु चुमो गर्ने परम्परा रहेको छ । सौका समुदायको भाषामा धच्र्यू चुमो भनेको बाँसको लिंगोमा ध्वजा लगाएर घरघरमा ठड्याउने गरिन्छ अर्थात् स्थापना गर्ने परम्परा रहेको छ ।

व्याँसी सौका समुदायको ठूलो पर्वका रूपमा मनाइने गबला पर्वको अर्काे मूख्य विशेषता माघ महिनामा देउसी भैलो खेल्ने प्रचलन छ । सौका समुदायले गबला पर्वको अवसरमा देउसी भैलो खेल्ने चलन रहेको छ ।

हिन्दू धर्मावलम्बीहरूका अन्य समुदायमा कात्तिक महिनामा तिहारका वेला दिपावलीका अबसरमा खेल्ने देउसी भैलो सौका समुदायले गबला पर्वका अवसरमा खेल्ने गरेका छन् । गबला पर्वका अवसरमा इष्टमित्रहरूबीच भेटघाट गर्ने चलन छ ।

प्रतिक्रिया