जिल्लाको नीति तथा योजना सम्पन्न

पाँचथर । पाँचथर जिससले जिल्लाको नीति तथा कार्ययोजना सम्पन्न गरेको छ । शुक्रबार र शनिबार भएको अन्तरक्रिया र छलफलपछि आधारभूत नीति तथा कार्ययोजना बनाएको हो । अन्तरक्रियामा संघ र प्रदेश मातहतका कार्यालय र स्थानीय तहबीच अन्तरक्रिया तथा प्रस्तुतीकरणसँगै जिल्लास्तरीय नीति सम्बन्धमा छलफल, सुझाव संकलन कार्य सकिएको हो ।

कार्यक्रममा स्थानीय आठ वटै गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, राजनीतिक दल, सरकारी तथा सुरक्षा अधिकारी, सरोकारवालाबीच एकरूपता दिन नीति तथा कार्ययोजना तय भएको छ ।

जिससले अनुगनमका क्रममा स्थानीयतहका सुशासनका कामहरूमा एकरूपता नदेखिएकाले एकरूपता दिन नीति तथा कार्ययोजना बनाएको जिससका प्रमुख विष्णुप्रसाद सापकोटाले जनाए । कार्यक्रम प्रदेश–१ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवोले उद्घाटन गर्दै सबै स्थानीयतहका कार्ययोजनामा एकरूपता दिन जिससले भूमिका निभाउनुपर्नेमा जोड दिए ।

नीति तथा कार्ययोजनामा कृषि, पशु, शिक्षा, पूर्वाधार विकास, खानेपानी, सिँचाइ, स्वास्थ्य, घरेलु लगायतले कार्यक्रम प्रस्तुतिसँगै आगामी योजना तर्जुमा गरेको जिससका सदस्य नरबहादुर गुरुङले जनाकारी दिए । बनेको नीति तथा कार्ययोजनालाई आगामी आव ०७५-७६ मा जिल्लासभाले पास गरेपछि असारदेखि लागू हुने जनाएको छ ।

त्यसै सन्दर्भमा जिल्ला दैवीप्रकोपको पनि प्रस्तुतिसँगै योजना तर्जुमा गरिएको छ । सरोकारवालाबीच समूहगत छलफलपछि तय भएको नीतिहरू सुशासनमा लागू गर्ने सरोकारवाले प्रतिवद्धतासमेत जनाएका छन् । अब हुने जिल्लासभाले पास गरेपछि आधारभूत नीति तथा कार्ययोजना लागू हुने सदस्य नरबहादुर गुरुङले जनाए ।

अन्तरक्रिया कार्यक्रम जिससप्रमुख विष्णुप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । नीति तथा कार्ययोजनामा पूर्व राज्यमन्त्री डम्बरसिंह सम्वाहाम्फे, श्रीप्रसाद जवेगु, स्थानीय बुद्धिजीवी पे्रम ओझा, प्रदेश–१ का सचेतक शिता थेवे लगायतको उपस्थितिमा योजना र नीति तय भएको जनाइएको छ । प्रस्तावित नीतिहरू कस्ता वने भन्नेबारे आगामी जिल्लासभाबाट पास भएपश्चात बाहिर ल्याइने जिसस सदस्य नरबहादुर गुरुङले सौर्यलाई जनाए ।

प्रतिक्रिया