खम्बेको सेलो गीत ‘लुंगी र चोली’

काठमाडौं । खम्बे अर्थात् इन्द्र दोङ लामाको नयाँ सेलो गीत ‘लुंगी र चोली’ सार्वजनिक भएको छ । उनलाई उक्त गीतमा गायिका लक्ष्मी स्याङ्तानले साथ दिएकी छन् । विगत डेढ दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय कलाकार तथा गायक खम्बेले आधा दर्जन गीत बजारमा ल्याइसकेका छन् ।

मिना लामाको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका छन् । शिव शर्माले निर्देशन गरेको भिडियोमा खम्बे, निरन्जली लामा, एरिन तामाङ, पूर्णिमा लामा थोकरको अभिनय छ ।

चर्चित हास्य टेलिचलचित्र ‘हर्के हवल्दार’, ‘झट्का’, ‘माइकल ज्याक्सन’ लगायतका दर्जनौं टेलिचलचित्र, चलचित्र, सडकनाटक, स्टेज कार्यक्रम, गाइजात्रामार्फत चिनिएका खम्बे कुशल गायकका रूपमा समेत परिचित छन् । साथै, उनी उत्कृष्ट निर्माता तथा निर्देशकको रूपमा समेत परिचित छन् ।

प्रतिक्रिया