एक कैदीको मृत्यु

चितवन । जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।

क्यान्सर रोगबाट पीडित सर्लाही लालबन्दी–८ का ७० वर्षीय शिवराम विकको आइतबार बिहान उपचारको क्रममा भरतपुरस्थित क्यान्सर अस्पतालमा मृत्यु भएको जिल्ला कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।

उनलाई क्यान्सरको उपचारका लागि गत २८ असोजमा काठमाडौंस्थित केन्द्रीय कारागारबाट चितवन ल्याइएको थियो । ११ वर्ष कैद भुक्तान गर्नुपर्ने विकलाई ०७३ चैत १२ मा जेल चलान गरिएको थियो ।

प्रतिक्रिया