‘यसै वर्ष हिलिहाङमा खानेपानी’

पाँचथर । प्रदेश १ का आर्थिक तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले हिलिहाङ गाउपालिका– ७ सल्लेरीमा सुख्खाक्षेमा पानीको व्यवस्थापन गरिने प्रतिबद्धता जनाएका छन् । शुक्रबार सल्लेरीवासिलाई मेची राजमार्ग सल्लेरीमा नागरीबिच आर्थिक  बर्ष सुरुमै खानेपानीको व्यवस्थापन सरकारले गर्ने जनाए । स्थानीले मन्त्री आङवोलाई स्वागत सगै बिकासे योजनासहित खानेपानीका लागी माग पत्र दिएका थिए ।

त्यसक्षेका मानिसहरू खानेपानी अभावले बसाईसराइ गरी जाने क्रमबढेको पालिका प्रेस सल्लाकार तुलसी थापाले जनाए । वडाअध्यक्ष सुनमान तामाङले मन्त्री आङवोलाइ माग पत्र पढेर थमाएका थिए । मन्त्री आङवोले नागरिकबिच आर्थिक वर्षको सुरुमै सुख्खाक्षेत्रमा योजनासहित काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया