बासुदेवको ‘म त मरेको मान्छे’ (भिडियो)

काठमाडौँ । बासुदेव घिमिरेले नयाँ गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् । गीतकार घिमिरेले ‘म त मरेको मान्छे’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

बासुदेव घिमिरेको शब्द सिृजना रहेको उक्त गीतमा कलाकार तथा पत्रकार भोला अधिकारीले संगीत गरेका छन् भने रबिन अधिकारीको एकल आवाज रहेको छ । संगीत संयोजन केबी भण्डारीले गरेका हुन् ।

गीतको भिडियोमा निर्देशन सोनु कुमारले गर्नुका साथै छायांकन जनकराज अधिकारी तथा राज कार्कीको सम्पादन रहेको छ । सोही भिडियोमा भोला अधिकारी, सुकदेव घिमिरे र रोजी श्रेष्ठको अति मार्मिक अभिनय छ ।

प्रतिक्रिया