गाउँपालिकाद्वारा नर्सरी स्थापना

मिना बुढाथोकी, सल्यान । समुन्द्री सतहबाट एक हजार सात सय मिटर उचाइमा रहेको सल्यानको सिद्धकुमाख गाउँपालिकाले कृषि वन नर्सरी स्थापना गरेको छ ।गाउँपालिकाको वडा नम्बर ३ स्थित फलाटेमा झण्डै एक सय ३०वर्गमिटरको क्षेत्रफलमा नर्सरी स्थापना गरिएको गाउँपालिका कृषि शाखामा कार्यरत भिमसेन विकले जानकारी दिए ।

गाउँपालिकामै पहिलोपटक स्थापना गरिएको बनस्पति नर्सरीमा सुन्तला, कागती, ज्यामिर र टिमुरको विजारोपन गरिएको उनले बताए । नर्सरीबाट एक लाख विरूवा उत्पादन गर्ने र बार्षिक झण्डै २० लाख आर्थिक आम्दानी गर्ने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ ।

नर्सरीमा सम्पुर्ण रूपमा जैविक तथा प्रांगारिक मल प्रयोग गरिएको र सिद्ध कुमाख गाउँपालिका भित्रका विभिन्न सुन्तला वगैँचाबाट सुन्तला खरिद गरि बिउ तयार पारिएको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिएका छन् ।

सिद्ध कुमाख गाउँपालिकालाइ कृषिबाट नै समृद्ध बनाउन सकिने भएकाले अन्य ठाउँमा पनि नर्सरी स्थापना गरिने गाउँपालिका अध्यक्ष चलाउनेले बताए । यो ठाउँको हावापानी राम्रो भएकाले अन्य विभिन्न दुर्लभ जातका विरूवाहरू पनि यहाँबाट उत्पादन गर्न सकिने उनले बताए ।

यस्तै सुन्तलाको विज बनाउदा प्रयोग गरिएका सुन्तलाबाट झण्डै दुइ सय लिटर सुन्तला जुस बनाइएको, कागती बाट अचार बनाइएको र यो सम्वन्धि ओजीटीमा सहभागी रहेका विद्यार्थिहरूलाई सीपमूलक तालिमसमेत दिइएको कृषि शाखा प्रमुख नेत्रलाल घर्तिले बताएका छन् ।

प्रतिक्रिया