युवक मृतावस्थामा फेला

काठमाडौँ । काठमाडौँको नागार्जुनमा एक व्यक्ति आज मृत अवस्थामा भेटिएका छन् । त्यहाँको नागार्जुन नगरपालिका ४ सीतापाइलास्थित सृष्टि कोलनी नजिक सडक छेउमा काठमाडौँ बूढानीलकण्ठ बस्ने सर्लाही हरिपुर १८ वर्षीय गोरे भनिने सोम पुलामी मगर मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनको मृत्युको कारण नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । यसैबीच काठमाडौँ महानगरपालिका २ लाजिम्पाटबाट लागुऔषधसहित आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको रातो पुल बस्ने सिरहा घर भएका २० वर्षीया सोनु रायलाई नियन्त्रित लागुऔषध नाइट्राभेट १४ एम्पुलसहित प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा बा८१प ७२२३ नम्बरको मोटरसाइकल जाँच गर्ने उनलाई उक्त लागुऔषध फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया