च्याङथापुमा किशोरीलाई आत्मरक्षा तालिम

कृष्ण ओझा, पाँचथर । जिल्लाको उत्तरीक्षेत्र याङवर गाउपालिका च्याङथापु १ वडाका २७ जना किसोरीहरुलाइ आत्मरक्षा तालिम दिन सुरु गरिएको छ । बढ्दो बालहिंसा र बलात्कारका घटना न्युनिकरण र जीवनोपयोगी सिप बिकासका लागी पालिकाको कार्ययोजना अनुरुप तालिम सुरु गरिएको हो ।

तालिमलाइ पालिका अध्यक्ष लेखनाथ घिमिरे तथा प्रमुख प्रशासकिय अधिकृत प्रविणहाङ योङहाङले संयुक्त रुपमा उद्घाटन गरे । सो अध्यक्ष घिमिरेले भने ‘सहभाागिहरुले आफुले सिकेको जिवनउपयोगि ज्ञान र सिप अरुलाइ सिकाउदै आफ्नो सुरक्षामा काम लाग्ने’ । किसोरिहरुलाई आत्मरक्षाका लागी बिधि र नियमका बारे प्रशिक्षण दिएको जिल्ला बाल कल्याण समितिका सदस्य तथा निर्वतमान बालअधिकार अधिकृत सरस्वती सिवाकोटीले जानकारी दिईन ।

सहभागि किसोरीहरुलाइ बाल बिवाह कानुनी प्रावधान, किसोर किसोरीमा हुने शारिरीक परिर्वतनका कारण हुने जोखिम , यौन जन्य र्दुव्यबहार , किसोरी जिवन उपयोगि , दश वटा सिपबारे सचेतना दिइएको हो । ३ दिनसम्मको सचेतना अभियानमा सहभागीहरुलाइ सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार ऐन २०७५ अन्र्तगत प्रजनन अधिकार, लैंगिकतामा आधारीत हिंसाले महिला र बालबालिकामा गर्भअवस्था देखि मृत्यु पर्यन्तसम्म उमेर अनुसार गरिने हिंसाका बिषयमा सचेतना दिइएको प्रशिक्षक सिवाकोटीले बताईन ।

त्यस्तै वडा २ फलैचा क्षेत्रका २८ जना किसोरीहरुलाइ तिन दिन उक्त बिषयमा सचेतना दिएको छ । पालिका उपाध्यक्ष कमलकुमारी योङहाङको प्रमुख आतिथ्यमा सञ्चालन भएको हो ।

उपाध्यक्ष योङहाङले सहभागी माझ भनिन ‘ पालिका भित्र भौतिक पुर्वाधार विकास मात्र नभएर मानविय विकास पनि प्रमुख रहेको , बालबालिका भित्र बालबिबाह गर्न न्युनिकरण, बालमैत्री वातावरण निमार्ण गर्न, यौनजन्य र्दुव्यवहार बाट किसोरीहरुलाई सुरक्षित राख्न ध्यानदिनु पर्ने कुरा जस्ता बिषय रहेको जनाकारी गराईन ।

यो अभियान पालिकाको ३ वटा वडामा सञ्चालन हुने महिला बालबालिका समाजकल्याण ईकाई पालिका प्रमुख फुर्लमु शेपाले जनाएकी छन । तालिमलाइ वडा अध्यक्ष र निवाचित जनप्रतिनिधि सदस्यहरुले अनुगमन गरेका थिए ।

प्रतिक्रिया