मृगका छालासहित एक पक्राउ

संखुवासभा । संखुवासभा प्रहरीले अखेटोपहर मृगको छालासहत एक जनालाई पक्राउ गरेको छ । सुराकीको आधारमा ताम्कु प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले बुधबार स्थानीय उत्तर कुमार राईको घरबाट सो छाला बरामद गरेका जनाएको छ ।

बरामद गरिएको छालसहित राईलाई आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालयलाई पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए । यसैवीच संखुवासभा प्रहरीले नै अवैध सालको काठ समेत वरामद गरेको छ ।

विषेश सुचनाको आधारमा खाँदबारी नगरपालिका वडा नं २ मा रहेको अरुण वेतेनी सामुदायिक वनबाट काठहरू बरामद गरिएको हो । प्रहरीले सो सामुदायिक वनबाट करिब २७ किबि काठ वरामद गरी डिभिजन वन कार्यालयमा पठाइएको इनिष्पेक्टर कटुवालले जानकरी दिए । कटुवालका अनुसार काठ सहित ६ जना व्यतिलाई समेत पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खाँदबारी २ का सुवास विक, तिर्थ कमार राई, विशाल राई, विरेन कुमार राई, तारा कुमार राई र सुर्जमान राईलाई काठ सहित रंगेहात प्रकाउ गरिएको संखुवासभा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया