अनशनरत बिवय थापा अस्पताल भर्ना

 

इलाम । गत पुस २७ गते देखि आवरण अनशनमा रहेका विजय थापाको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आज अस्पताल भर्ना गरिएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित चिकित्सा शिक्षा विधेयकलाई हुबहु संसद्बाट पारित गर्न माग राख्दै आमरण अनशनमा रहेका थापालाई निमोनियाको सङ्क्रमण देखिएपछि उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको हो ।

अस्पतालका डा विजेन्द्र शाहका अनुसार थापालाई निमोनियासहित अन्य रोगको समेत सङ्क्रमण देखापरेपछि तत्काल अस्पताल भर्ना गरिएको हो । केही दिनअघि नै स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकले अस्पताल भर्ना हुन अनुरोध गरे पनि थापाले अस्पतालको सेवा नलिने भन्दै उपचारमा ध्यान दिएनन् ।

गत २५ मङ्सिरदेखि इलाममै अनशनमा रहेका डा गोविन्द केसीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । चिकित्सा शिक्षा विधेयकको परिमार्जनको माग गर्दै अनशनमा रहेका डा केसीको समेत स्वास्थ्यमा समस्या परेपछि उपचारका लागि सोमबार इलाम अस्पताल ल्याइएको थियो

प्रतिक्रिया