अब एक दिन पनि बन्द धान्न सकिदैनः हिलारी

वासिंगटन । अमेरिकाका पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले अब अमेरिकाले थप एक दिनपनि आंशिक बन्द धान्न नसक्ने चेतावनी दिएकी छन् ।

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पराजित क्लिन्टनले शनिबार ट्विट गर्दै सो चेतावनी दिएकी हुन् । अमेरिकाको आंशिक बन्द आइतबारबाट २३ दिन पुगिसकेको छ । यति लामो समयसम्म अमेरिका बन्द भएको यो पहिलो पटक हो । बन्दका कारण संघीय कर्मचारीहरूले तलब पाउन सकेका छैनन् भने अमेरिकाका पार्कहरू फोहोरले भरिएका छन् ।

यसअघि हिलारीका पति बिल क्लिन्टन राष्ट्रपति भएको बेलामा सन् १९६६मा २१ दिन सम्म अमेरिका बन्द भएकोमा अहिले त्यतिबेलाको रेकर्ड ब्रेक भएको हो । अमेरिकी तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने बजेट स्वीकृत नगरेका कारण यो बन्द हुँदै आएको छ । ट्रम्पले देशमा संकटकाल लगाएर भएपनि पर्खाल लगाएरै छोड्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया