फोटोमा देखाइएकी केटी प्रतक्ष्य भेट्दा ‘पंगेनी’ मख्खै

काठमाडौँ । माघको महिना सुरु हुन लागेपछि लोकप्रिय गायक बद्री पंगेनीले पञ्चेबाजा गीत ‘गुन्द्रीमा दरी’ सार्वजनिक गरेका छन् । गायक पंगेनी र स्वास्तिका तिम्सिनाको आवाजमा रहेको उक्त गीत केहि दिन अघि सार्वजनिक भएको हो ।

बिशेष माघ महिनालाई लगनको महिनाको रुपमा लिइने र भागि बिवाह भन्दा केटीको घरमै गएर मागी बिवाह गर्ने पुरानो परम्परालाई समर्पित गर्दै उक्त पञ्चेबाजा गीत बजारमा ल्याएको पंगेनीले बताए । शिव तिम्सिनाको प्रस्तुतिमा रहेको सोही गीतमा गीतकार एकनारायण भण्डारीको शब्द सृजना रहनुका साथै उनैले संगीत भरेका छन् ।

राग स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियोमा शंकर बिसीले निर्देशन गरेका छन् भने दुर्गा पौडेलले छायांकन गरेका हुन् । त्यस्तै नविन घर्ति मगरले भिडियोको छायांकन गरेका छन् भने शंकर बिसी, महेन्द्र गौतम र रश्मी तामाङले अभिनय गरेका छन् । सोहि गीतको म्युजिक भिडियो गायक बद्री पंगेनीको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

नयाँ प्रविधि र युट्युबको विकासले फड्को मारेसँगै लोकगायक पंगेनीले पनि आफ्नो युट्युब च्यानल स्थापना गरेर गीत सार्वजनिक गरेको बताए । नयाँ पुस्तामा पुर्खेउली पनलाई सम्झना दिलाउने मौलिक गीत भएकाले आफ्ना पहिलाका गीतहरुले जस्तै यस पञ्चबाजा गीतले पनि सबैको मायाँ पाउनेमा कुनै दुईमत नभएको पंगेनीले बताए ।

प्रतिक्रिया