जिशिका संघीय मन्त्रालयअन्तर्गत राखिने

काठमाडौं । सरकारले प्रमुख जिल्ला अधिकारीको मातहतमा संचालित शिक्षा विकास तथा समन्वय इकाइलाई संघीय शिक्षा मन्त्रालय अन्र्तगत राख्ने भएको छ । मन्त्रालयको शिक्षा विकास कार्यालयका नाममा राख्ने भएको हो ।
शिक्षा कार्यलयलाई प्रशासन तहअन्र्तगत राख्दा धेरै गुनासा आएको भन्दै शिक्षा इकाइलाई मन्त्रालयको मातहतमा ल्याइएको हो । गत चैत्र २७ गते तत्कालिन जिल्ला शिक्षा कार्यलयलाई सिडियोमार्फत राख्ने घोषणा गरेको थियो ।

शिक्षामन्त्रालयका प्रवक्ता वैकुन्ठ अर्यालले शिक्षाका कार्यालय प्रशासन तह अन्र्तगत राख्दा अमिल्दो देखिएको भन्दै बढ्दो गुनासो सम्बोधन गर्न शिक्षा इकाइलाई मन्त्रालय अन्र्तगत राख्न लागिएको जानकारी दिएका छन । ‘शिक्षक, स्रोतव्यक्ति लगायत सबैपक्षबाट यस निर्णयप्रति असन्तुष्टि व्यक्त गरिएको थियो । हाल, यसप्रक्रियाबारे छलफल भैरहेको छ । प्रशासन तहमा राख्दा दैनिक काम कारबाही गर्न असहज भएको गुनासो आउँने गरकोले संघीय मन्त्रालय अन्र्तगत राख्ने छलफल गरिएको उनले बताए ।

उनले निर्णय सार्वजनिक भैनसकेको बताउँदै जिल्लाका इकाइलाई सिधै संघीय मन्त्रालय अन्र्तगत रहने गरी जिल्लामा सानो आकारको संरचना राख्ने निर्णय भएको जानकारी दिए । स्थानीय तहका जनप्रतिनीधीहले संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरेपछि जिल्ला शिक्षा कार्यालयले गर्दै आएका काम स्वतः आफू मातहत राख्नुपर्ने माग गरेका थिए। तर, सरकारले शिक्षकका विवरण लगायतका तथ्याङ्क जिशिकामा रहेको भन्दै सिडियो मातहत भए पनि राख्ने निर्णय गरेको थियो ।

संघीय सरकारले स्थानीय सरकारलाई कमजोर मानिएको भन्दै उक्त निर्णयको कडा आलोचना गरेको थियो । उक्त आलोचना पछि शिक्षा इकाइलाई प्रदेश सरकार मातहत राख्ने गरी शिक्षा मन्त्रालयले आन्तरिक तयारी गरेको थियो । यद्यपी, हाल शिक्षा इकाल्इलाई पुन संघीय सरकारको मातहतमा राख्ने तयारी भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भएका शिक्षाका २३ वटा काम बाहेकका काम सम्पादन गर्न आवश्यक रहेको जनाउँदै जिप्रका अन्र्तगत इकाइ राख्ने निर्णय गरिएको थियो । नयाँ निर्णय सँगै सबै ७७ वटै इकाइ अब शिक्षा विकास कार्यालयका रुपान्तरित हुने छन् ।

प्रतिक्रिया