ओप्पोको सुपर भोक चार्जिङ प्रविधि लोकप्रिय

काठमाडौं । ओप्पोले सन २०१४ मा सार्वजनिक गरेको ‘प्रोप्राइटरी ¥यापिड चार्ज’ प्रविधि, भोक फ्ल्यासचार्ज १० करोडभन्दा बढी फोनमा प्रयोग भएको छ । साधारण ५ भी÷१ ए चार्जरका तुलनामा भोक फ्ल्यासचार्जले चार गुणा तीव्र गतिमा चार्जिङ सुविधा दिने क्षमताका कारण ओप्पोको यो प्रविधिले निकै लोकप्रिय भएको कम्पनीले जनाएको छ ।

सन् २०१६ मा कम्पनीले भोकको परिस्कृत भर्जन सुपर भोक प्रविधि सार्वजनिक गरेको थियो । अहिले विश्वबजारमा स्मार्टफोनका लागि यो नै सर्वाधिक तीव्र गतिमा चार्जिङ सुविधा उपलब्ध गराउने प्रविधिका रूपमा विद्यमान रहेको कम्पनीले दाबी गरेको छ ।

प्रतिक्रिया