लक्ष्मी ई–मोबिलिटी र जिओ अटोमोबाइल्सलाई अवार्ड

काठमाडौँ । लक्ष्मी ई–मोबिलिटी प्रालि र जिओ अटोमोबाइल्स प्रालिलाई केई मोटर्सको तर्फबाट ‘मोस्ट प्रमिसिङ पार्टनर’ अवार्ड प्रदान गरिएको छ । यी दुबै कम्पनी केई मोटर्सका लागि नेपालका आधिकारिक वितरक हुन् । चीनको यिबिन सहरमा सम्पन्न ‘केई अटो ग्लोबल बिजनेस कन्फरेन्स २०२५’ मा उक्त अवार्ड प्रदान गरिएको हो । सम्मेलनमा विश्वभरका ५० भन्दा बढी क्षेत्रीय वितरकहरूमध्ये लक्ष्मी ई–मोबिलिटी र जिओ अटोमोबाइल्स उत्कृष्ट वितरकका रूपमा पहिचान भएका हुन् ।

उक्त अवार्डले नेपालमा केई मोटर्सको प्रभावकारी उपस्थिति, उल्लेखनीय वृद्धिको सम्भावना र ग्राहक सन्तुष्टिका लागि गरिएको समर्पणलाई प्रतिबिम्बित गर्छ । हाल यी कम्पनीहरूले नेपाली ग्राहकका आवश्यकतालाई ध्यानमा राख्दै विशेष मोडेलहरू बजारमा ल्याउने तयारी गरिरहेका छन् । नयाँ सवारीसाधनहरूमा प्रविधियुक्त फिचर्स, मजबुत प्रदर्शन र मूल्यअनुसारको सन्तुलन हुनेछ । अवार्ड प्राप्तिपछि लक्ष्मी ई–मोबिलिटी र जिओ अटोमोबाइल्सले नेपालभर नवप्रवर्तनशील र भरपर्दो यातायात समाधान प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।

प्रतिक्रिया