काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बस्ने संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
संघीय संसद्ले जारी गरेको कार्यसूचीअनुसार दिउँस ३ बजे राष्ट्रपति पौडेलले संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । यसअघि बुधबार सत्तारुढ दलको बैठकपछि बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको थियो । प्रतिनिधिसभा तथा राष्ट्रियसभा नियमावलीअनुसार सरकारको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिले पढ्नुपर्ने प्रावधान छ । संघीय संसद् सचिवालयले पनि यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ ।
राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुतपछि बस्ने सदनका दुवै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा राष्ट्रपतिले सम्बोधन गरेको प्रति टेबुल गर्नेछन् भने सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको सम्बोधनप्रति धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रतिक्रिया