बुद्धलाई मान्नेहरूले नै बुद्धको दर्शन बिर्संदै गएको देखिन्छ । जसका कारण विश्वमा अशान्तिको वातावरण बनेको छ । हिन्दू धर्मभित्र महाभारत, वेद र पुराण जस्ता ग्रन्थहरू छन् । ती ग्रन्थहरू युद्ध साहित्यका ग्रन्थहरू हुन् । हिन्दू धर्मको इतिहासभरि युद्ध नै युद्ध छ ।
कतिपय विद्धानहरूले बौद्ध इतिहासको नयाँ तथ्यबारे मात्र बहस गरेका छन् । गहिराइमा पुगेर बौद्ध दर्शनको व्याख्या हुन सकेको छैन । बुद्धत्व प्राप्त गर्नु भनेको बुद्ध हुनु हो । विश्व मानव सभ्यताको विकास हुँदै गर्दा चीनमा बुद्धत्व प्राप्त गर्ने विद्धान्हरू थिए । उनीहरू अहिले पनि त्यो परम्परालाई धानिरहेका छन् । जब कि १० हजार वर्ष अगाडिदेखि नै चीनमा बुद्धको अस्तित्व रहेको कुरा विभिन्न प्राचीन धर्म ग्रन्थहरूमा पढ्न पाइन्छ ।
नेपालमा हिन्दू धर्मको जननी सनातन परम्परालाई मानिन्छ । ५ हजार वर्ष अगाडिदेखि हिन्दू धर्मको अस्तित्व रहेको दाबी गरिन्छ । गौतम बुद्धको सन्र्दभमा २५ सय वर्ष अगाडि देखिको इतिहास रहेको तथ्य उल्लिखित छ । बौद्ध मार्गीहरूको ग्रन्थ त्रिपिटक नेपाली, हिन्दी र अंग्रेजी जस्ता भाषामा अनुवाद गर्न नसक्दा र त्यसका तथ्यहरूलाई आमबौद्ध मार्गीसम्म पु¥याउन नसक्दा धेरै भ्रमहरू सिर्जना भएका छन् ।
बौद्ध दर्शन गुरु र चेला परम्परासँग आधारित छ । यो निरन्तर एक पुस्ताबाट अर्को पुस्तासम्म सहजै पुग्छ । चीनमा दलाई लामा परम्परा पनि पुस्ता हस्तारणसँग सम्बन्धित छ । दलाई लामा भनेको एक प्रकारको पदवी हो । बुद्धत्वको कुरा अलि फरक छ । जीवन र जगत््लाई आत्मिक ढंगले बुझ्ने मात्र होइन मुक्ति प्राप्त गर्ने कुरा बुद्धत्व हो । जीवन र जगत्लाई बुझ्दै मानवहितका लागि आफ्नो ज्ञान बाँड्न सक्नु बुद्ध बन्ने मार्ग हो ।
यसैले, जो कोहीले पनि साधना गर्न सक्यो भने बुद्धत्व प्राप्त गर्न सक्छ । शाक्यमुनी गौतम बुद्धभन्दा पहिला पनि बुद्धत्व प्राप्त गर्नेहरू थिए । गौतम बुद्धले सम्पूर्ण जगत्लाई व्याख्या गरेर र जीवनको मूल्य बोध गराए । बुद्धले भनेका धेरै कुरा विज्ञानले समेत प्रमाणित गरेको छ । आज संसारमा अन्धविश्वास र जडताले बास गरेको छ । स्वर्ग र नर्कका कथाहरू छन् तर जीवन कसरी जिउने विश्वका धर्महरू प्रस्ट छैनन् । विश्वभरि नै अशान्ति छ । अशान्तिको कारण धर्म पनि भएको छ । यसैले पनि अहिलेको सन्दर्भमा बुद्धलाई बुझ्नु र उनले देखाएको बाटो हिँड्नु अति आवश्यक भइसकेको छ ।
नेपालमा सनातन परम्पराको विषयमा अनेकन बहस छ । हिन्दू शब्दको उत्पत्ति सिन्धु घाँटी सभ्यता, सिन्धु घाँटी उपत्यका र नदीसँग सम्बन्धित छ । त्यही नदी वरिपरि बसोबास गर्ने मानिसहरूले त्यो समयमा हिन्दू धर्मको आविष्कार गरेको हुन सक्ने मान्यता छ । त्यति वेलासम्म चीनमा मान्छेहरूको एक प्रकारको विकास भइसकेको थियो । त्यहाँको इतिहासलाई मान्ने हो भने बुद्धत्वको विकास त्यहाँ भइसकेको थियो । हिन्दू धर्म पहिला मुस्लिम धर्मको प्रभाव परेको इतिहास छ । केही विद्धान्हरू भागेका, हेपिएका, थिचिएका मान्छेहरू हिन्दू बनेकी भन्ने विश्वास गर्छन् । यो विश्वासको कुरा विवादित भए पनि अविश्वास गर्ने कारण देखिँदैन ।
बुद्ध परम्परालाई बुझ्न बुद्धका अनेकन रूपहरूलाई बुझ्नुपर्छ । थाइल्यान्ड, जापान, चीन, म्यानमार जस्ता देशहरूमा पनि ससानाबौद्ध परम्पराहरू रहेका छन् । त्यहाँको मौलिकतामा बुद्धको दर्शन विकास भएको एक खालको बुझाइ छ । नेपालमा बुद्धलाई मान्ने तरिका र त्यहाँ मान्ने तरिका निकै फरक छ । बुद्धले मुक्ति पूजाको विरोध गरे । ईश्वर आफूभित्र खोज्न आह्वान गरे ।
अनेकन तवरले व्याख्या गरेर जीवनको सुन्दरतालाई प्रस्ट बनाए । शान्तिको आविष्कार बुद्ध दर्शनको सबैभन्दा ठूलो पाटो हो । आज विश्वले सबैभन्दा बढी सम्झिने पात्र गान्धी, बुद्ध र क्राइस हुन् । त्यसपछि मात्र मानिसहरूले माक्र्सलाई सम्झिएका छन् । यसको कारण हो । बुद्धको दर्शन मानव सभ्यताकै अग्रणी दर्शन हुन् । सबैलाई भलो गर । कसैको पनि नोक्सान हुने काम नगर । समाजमा मिलेर बस जीवनलाई सुखको बाटोतिर मोड जस्ता दार्शनिक अभिव्यक्तिहरूले बुद्ध दर्शन भरिएको छ ।
बुद्धलाई मान्नेहरूले नै बुद्धको दर्शन बिर्संदै गएको देखिन्छ । जसका कारण विश्वमा अशान्तिको वातावरण बनेको छ । हिन्दू धर्मभित्र महाभारत, वेद, पुराण जस्ता ग्रन्थहरू छन् । ती ग्रन्थहरू युद्ध साहित्यका ग्रन्थहरू हुन् । हिन्दू धर्मको इतिहासभरि युद्ध नै युद्ध छ । यसैले पनि नेपाललाई शान्तिको बाटोमा हिँडाउनका लागि बुद्ध दर्शनले अहम् भूमिका खेलेको कुरा बिर्सनु हुँदैन । विश्वभरि नै बुद्धलाई शान्तिका अग्रदूतको रूपमा मान्ने चलन छ ।
इतिहासले २५ सय वर्ष अगाडि मात्रै बुद्ध दर्शनको बारेमा व्याख्या गरे पनि यसको ऐतिहासिकता खोज्न चिनियाँ समाजको अध्ययन गर्नुपर्छ । नेपालकै तराईमा पनि मानिसको इतिहास कति पुरानो हो खोजिनुपर्छ । त्रिपिटकलगायत धर्म ग्रन्थहरूलाई इतिहासको कडीमा राखेर त्यसको व्याख्या गर्न सकिन्छ । इतिहास भनेको लेखिएका कुरा मात्र होइनन्, इतिहास भनेको खोजिएको कुरा मात्र पनि होइन, लेख्न बाँकी र खोज्न बाँकी विषय पनि इतिहास हो । इतिहास निरन्तर अध्ययन तथा अनुसन्धानको विषय हो । धर्मको इतिहास पनि कतै कथा, कतै वीरता, कतै उडन्ते विषयले घेरेको छ । यसैले, यसको खोजी गर्नु सामान्य विषय होइन ।
जबसम्म बौद्धमार्गीहरू धर्मलाई डलरको खेती गर्ने, पैसा कमाउने र गुम्बा बनाउने विषयबाट वास्तविक इतिहासको खोजीतिर लाग्दैनन्, बौद्ध परम्पराको वास्तविकता आगामी पुस्ताका लागि झन्झन् रहस्यको विषय बन्दै जान्छ ।
प्रतिक्रिया