‘राईको सिङको भारी’

आजभोलि नेपालका भाषाभाषी र मातृभाषाका सम्बन्धमा केही दैनिक पत्रपत्रिकाम अपेक्षा गरेभन्दा बढी नै लेख रचनाहरू प्रकाशित भइरहेको देखिन्छ । जुन अनपेक्षित भए पनि मातृभाषी अगुवा र भाषिक अधिकारकर्मीहरूका लागि राम्रै मसला हुन सक्छ भने सम्बन्धित जातजाति, भाषभाषी र समुदायका सर्वसाधार जनले पनि यसरी प्रकाशित लेख रचनाहरूलाई राम्रै मान्नुपर्ने हुन्छ ।

यसै सन्दर्भमा भन्नु पर्दा गत भाद्र १७ गते एक दैनिकमा ‘मातृभाषा कसरी लेख्ने ?’ शीर्षकमा एक लेख प्रकाशित भएको थियो । जुन लेख तारामणि राईले लेखेका थिए । उक्त लेखमा लेखकले जानेर हो वा अन्जानमै ! सातौं हरफ (बुँदा) मा किरात राई समूहभित्रका भाषामा … भनी लेखेका छन् । लेखकले उल्लेख गरेको यो अंशले राई के हो ? भन्ने सम्बन्धमा चासो राख्नेहरूलाई प्रष्ट हुने आधार दिएको छ । प्रमाण दिएको छ ।

त्यसैले लेखकले लेखेको सो अंशलाई विगता राई भन्नाले कुनै जात वा जाति जनाउँथेन राई जात होइन भनी हालका दिनमा आआप्mनो जातीय स्वपहिचानले चिनिन चाहने कुलुङ लगायत जबरजस्ती राईकरणको घानमा परेका किरातीहरूलाई खुसी लाग्ने खालको समाचार वा जानकारीको रूपमा बुभ्mनुपर्ने हुन्छ ।

त्यसो त ‘मातृभाषा कसरी लेख्ने ?’ शीर्षकको तारामणि राईको सो लेखले म जस्तो अकिञ्चनलाई धेरै नै जानकारी दियो÷दिएको छ । खासगरी देवनागरी लिपि प्रयोगको इतिहास, नेपालका भाषाहरू, त्यसमा पनि मातृभाषा, मातृभाषाको लेख्य–परम्परा, मातृभाषामा लिपिको प्रयोग आदिका बारेमा राम्रो जानकारी भयो ।

फेरि पनि राईको प्रसंगमै जाऊँ ! किनभने, उक्त लेखको सातौं हरफको माथि उल्लेखित प्रसंगले धेरै अघिदेखि माथि नै उल्लेखित कुलुङलगायत किराँती समुदायभित्रका १६–१७ जातिले उठाउँदै आएको राई जात वा जाति होइन भन्ने आधारलाई धेरै हदसम्म समर्थन गरेको छ । वास्तवमै राई समुदाय वा जाति हुँदै होइन, लेखकले भनेझैँ राई समूह नै हो । त्यसैले तारामणि राई सरले ठीक लेखेका छन् ।

अरू लेखक वा भाषाविद् हौँ भन्नेहरूले गर्न नसकेको आँट गरेका छन् । किनभने, हालसम्म नेपालका मातृभाषा, मातृभाषामा पाठ्यक्रम हुनुपर्छ भनेर र, नेपालका भाषाभाषीहरूका बारेमा चिन्ता गरेर लेख्ने जुनसुकै लेखक वा भनौँ भाषाविद्हरूले राईको प्रसंग आयो कि राई एक जाति तर, राईको भाषाचाहिँ २२, २३, २४, २५, २६, २७, २८, २९ वटा छ-हो ! भनी लेख्ने गरेका थिए÷लेख्ने गर्छन् ।

तर, अचम्म के भने, त्यसरी राई एक जाति तर, राईको भाषाचाहिँ २२, २३, २४, २५, २६, २७, २८, २९ वटा छ÷हो ! भनी लेख्ने लेखकहरूले, भाषाविद्हरूले कहिल्यै पनि २२, २३, २४, २५, २६, २७, २८, २९ वटा राई भाषा बोल्ने कुनै राई मातृभाषीलाई उदाहरणका÷प्रमाणका रूपमा पेस गरेनन् । सायद उनीहरूले भविश्यमा पनि राई एक जाति तर, राईको भाषाचाहिँ २२, २३, २४, २५, २६, २७, २८, २९ वटा छ÷हो ! भनी प्रमाणका रूपमा त्यसरी २२-२३ देखि २८-२९ वटा राई भाषामा फरररर….. बोल्ने राई ! खोज्नेतिर लाग्ने

यदि राई जात वा जाति हुँदो हो त भुटानका गर्जबहादुर गुरुङ, बाँकेका मोहमद इस्तियाक राई जो हाल केन्द्रीय सरकारमा सहरी विकासमन्त्री नै भएका छन् भने उनी २०६४ को पहिलो संविधानसभामा बाँके–२ बाट प्रत्यक्षय सभासद निर्वाचित भएका थिए । उनी नाम सुन्दै मुसलमान हुन् भन्ने दुनियाँले थाहा पाउँछन् ।

त्यस्तै मंगोलियामा सन् १९९६९८ सम्म पुन्त्सागिन÷पुन्स्टागिन जसराई भन्ने मान्छे त्यहाँको प्रधानमन्त्री भएका थिए । जो सन् २००७ मा बितिसके । त्यस्तै अफ्रिका महादेशको जिम्बाबे भन्ने देशमा मोर्गान च्याङ्गी÷सुभांगी राई भन्ने मान्छे सन् २००९ देखि २०१३ सम्म प्रधानमन्त्री भएका थिए । अनि सन् २००६ मा बेलायतबाट नेपालीहरूलाई अंग्रेजी साहित्यबारे लेक्चर दिन बाली राई भन्ने बेलायती पनि नेपाल आएका थिए ।

अझ भन्ने नै हो भने, भारतीय सिने उद्योगमा ऐश्वर्य राई पनि चल्तापूर्जा कलाकारका रूपमा स्थापित भएकी छिन् । नेपालकै अरू सन्दर्भमा भन्ने हो भने, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, कास्की, लमजुङ, नवलपरासी (नवलपरासीको चित्रे गाऊँमा ‘राईकोट’ नामक ठाऊँछ) लगायत धेरै जिल्लामा बाहुन, क्षेत्री, मगर, गुरुङ, माझी, कुमाल, नेवार लगायत विभिन्न जात वा जातिहरू पनि राई भएका छन्
तर, पनि ‘हालसम्म राई जातै हो, जसले राई होइन भन्दैछ, उनीहरूको नागरिकता, स्कूलको प्रमाणपत्र, जग्गा–धनी प्रमाणपूर्जा र तीनपुस्तेमा समेत राई छ !’ भन्ने र कथित् राई ! जातिको आधिकारिक संस्था मान्ने राई यायोक्खा नामक गैर सरकारी संस्था (समाज कल्याण परिषद् दर्ता न् २६५६) का हर्ताकर्ताहरूले बलीउडकी अभीनेत्री ऐश्वर्य रायलाई अहिलेसम्म हाम्रो-राईको चेली हो, उनले राईहरूको कीर्तिलाई विश्वमा ख्याति दिलाइन् ! भनेर सम्मानपत्र वा कदरपत्र दिएको अहिलेसम्म थाहा भएको छैन ।

त्यसैले तारामणि राई सरलगायत लेखक र भाषाविद्हरूले आगामी दिनमा कथित् राई भाषा वा राई जातिबारे आफ्नो लेखमा प्रसंग आउँदा वा पूरै लेख कथित् राई जाति वा राई भाषा बारे लेख्दा ‘राई ’को अगाडि ‘किरात’ नझुन्ड्याउने÷नलेख्ने हो कि ?

हुन पनि राई पद वा पगरी पनि खालखालको हुन्थ्यो । जस्तो हाल काठमाडौंमा मुकारुङ खलक भनेर चिनिनेहरू ५२ पगरीको राईको सन्तान वा खलकहरू हुन् । त्यस्तै, संखुवासभा पाङमाका ५२ पगरीकोठूलो राई गंगाप्रसाद राईको जेठो छोरो (यहाँ जेठो छोरो किन भनिएको हो भने, राजाको शेषपछि जेठो छोरो नै राजा भए जस्तै राईको शेषपछि राईका जेठो छोरो नै राई हुने प्रचलन थियो ।) भवानी लोहोरुङ र धुपुका अमाली जुद्धबहादुर राईको जेठो छोरो डम्बर लोहोरुङलाई हाल काठमाडौमै भेट्न सकिन्छ । त्यसैले यो केही नजान्ने अकिञ्चन निनाम कुलुङ ‘मंगले’ भन्ने मान्छेको कुरोलाई नै सही मान्नु पर्छ भन्ने छैन, उनीहरूले पनि राई के हो ? कसो हो ? वास्तविकता बताउन सक्छन् । सोधखोज गर्दा भइहाल्छ ।

हुन त लेखक तारामणि राई सरले साँच्चै एक जाति राई ! २२÷२४ वा २८ भाषी राई ! भेट्नु-देख्नु भएको छ ? (किनभने भाषाविद् वा भनौं विषय विज्ञपिच्छे यति भाषी राई, उती भाषी राई भनेर फरक–फरक आँकडा दिने गरेको देखिन्छ ।) कोही त्यस्तो राई भए आम पाठक लगायत जिज्ञासुहरूलाई जानकारी गराउनु हुन विनम्र अनुरोध छ । किनकि, यो कथित् राई जात वा जातिको ‘सिङ’ ! को भारी जबरजस्ती टाउकामा बोक्नुपर्ने वर्तमान अवस्थाले नेपालका अन्य जात वा जातिसरह स्वतन्त्र जातीय अस्तित्व र जातीय स्वपहिचान भएका कुलुङलगायत किराँतीहरूको जातीय स्वपचिान र अस्तित्व गुमेको वा गुम्ने अवस्था रहेको छ । त्यसैले यो अनुरोध केवल तारामणि राई सरसँग मात्रै गरेको नभएर भाषाका सम्बन्धमा डाक्टर गरेका वा विज्ञता हासिल गरेकासँग गरेको हो है !

प्रतिक्रिया