काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्राडा विश्वनाथ पौडेल नियुक्त हुने भएका छन् । गभर्नन नियुक्तको विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबी सहमति भएको हो ।
आज मंगलबार प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्ने गरी सहमति भएको बताइएको छ । लामो रस्साकस्सीबीच मंगलबार उनीहरूबीच सहमति भएको हो ।
सहमतिसँगै आजै गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ भने लगत्तै मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय हुने बताइएको छ ।
प्रतिक्रिया